| यो लेख नेपालको सरकार र राजनीतिको एक शृङ्खला हो |
|
कार्यकारी:
न्यायपालिका: |
|
सम्बन्धित बुँदाहरू |
| नेपाल पोर्टल |
|
नेपालको प्रशासनिक विभाजन नेपालका उपराष्ट्रिय प्रशासनिक एकाइहरू हुन्। नेपालको पहिलो तहका विभाजन भनेको प्रदेशहरू हुन् । प्रत्येक प्रदेशलाई जिल्ला, प्रत्येक जिल्लालाई नगरपालिका वा गाउँपालिका र ती प्रत्येक गाउँपालिका वा नगरपालिकालाई वडामा विभाजन गरिएको छ। वि.सं २०७२ अघि प्रदेशहरूको सट्टा नेपाललाई विकासक्षेत्र र प्रशासनिक क्षेत्रमा (अञ्चल) मा विभाजन गरिएको थियो।
वि.सं २०७२ मा नेपालको नयाँ संविधानको आवश्यकता पूरा गर्दै सबै पुराना नगरपालिका र गाउँ विकास समितिहरू (३९०० भन्दा बढी) लाई ७५३ नयाँ नगरपालिका र गाउँपालिकामा पुनर्संरचना गरिएको थियो। पूर्व ७५ जिल्ला विकास समितिहरूलाई पनि ७७ नयाँ जिल्ला समन्वय समितिहरूले प्रतिस्थापन गरेका थिए जसमा जिल्ला विकास समितिको तुलनामा धेरै कम शक्ति छ। हाल ६ महानगर, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका रहेका छन् ।
| सङ्घीय सरकार | |||||||||||||||||||||||||||||||||||
| ७ प्रदेश (उदाहरण कर्णाली) | |||||||||||||||||||||||||||||||||||
| ७७ जिल्ला (उदाहरण नुवाकोट) | |||||||||||||||||||||||||||||||||||
| ६ महानगरपालिका (उदाहरण भरतपुर) | ११ उपमहानगर (उदाहरण धरान) | २७६ नगरपालिका (उदाहरण रत्ननगर) | ४६० गाउँपालिका (उदाहरण इच्छाकामना) | ||||||||||||||||||||||||||||||||
नगरपालिका
नगरपालिका जनसङ्ख्या र पूर्वाधारको कम्तीमा केही न्यूनतम मापदण्ड भएका र सरकारद्वारा नगरपालिकाको रूपमा घोषणा गरिएका ठाउँहरू हुन्। नेपालमा २९३ वटा नगरपालिकाहरू रहेका छन् ।
सहरी नगरपालिकालाई ३ तहमा विभाजन गरिन्छ:
- महानगरपालिका
- उपमहानगरपालिका
- नगरपालिका
नेपालमा ६ वटा महानगरपालिकाहरू रहेका छन् जसमा राजधानी सहर अर्थात् काठमाडौँ, भरतपुर, विराटनगर, ललितपुर, वीरगञ्ज, पोखरा रहेका छन्। नेपालमा ११ उपमहानगरपालिका र २७६ नगरपालिका रहेका छन्।
गाउँपालिका
गाउँपालिका नेपालमा २०७३ सालमा स्थापना गरिएका थिए जसले गाउँ विकास समितिलाई प्रतिस्थापन गरेको थियो।
गाउँपालिकाको मुख्य उदेश्य गाउँ विकास समितिको जस्तो छ तर राजश्व सङ्कलन र कर सङ्कलनमा यसको बढी अधिकार रहेको छ र यसको वार्षिक बजेट गाउँ विकास समितिको भन्दा उच्च रहेको छ। थुप्रै गाउँ विकास समितिलाई प्रायः प्रत्येक नयाँ गाउपालिकामा गाभिएको थियो। नेपालमा ४६० गाउँपालिकाहरु छन्।
पूर्व विकास क्षेत्र र अञ्चल
२०७२ भदौ २४ अघि नेपाललाई पाँच विकास क्षेत्र र चौध वटा प्रशासनिक क्षेत्र अर्थात् अञ्चलमा विभाजन गरिएको थियो। २०६८ को जनगणनाको समयमा यसलाई अझ पचहत्तर जिल्लामा विभाजन गरिएको थियो। जिल्लालाई गाउँ विकास समिति र नगरपालिकामा विभाजन गरिएको थियो। २०५८ को जनगणनामा नेपालमा ३,९१५ वटा गाउँ विकास समिति र २८ वटा नगरपालिकाहरू रहेका थिए।
विकास क्षेत्र:
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q3976646
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ५७/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “नेपालको प्रशासनिक विभाजन।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B6%E0%A4%BE%E0%A4%B8%E0%A4%A8%E0%A4%BF%E0%A4%95_%E0%A4%B5%E0%A4%BF%E0%A4%AD%E0%A4%BE%E0%A4%9C%E0%A4%A8। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). नेपालको प्रशासनिक विभाजन. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B6%E0%A4%BE%E0%A4%B8%E0%A4%A8%E0%A4%BF%E0%A4%95_%E0%A4%B5%E0%A4%BF%E0%A4%AD%E0%A4%BE%E0%A4%9C%E0%A4%A8
@misc{ne_516,
title = {नेपालको प्रशासनिक विभाजन},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B6%E0%A4%BE%E0%A4%B8%E0%A4%A8%E0%A4%BF%E0%A4%95_%E0%A4%B5%E0%A4%BF%E0%A4%AD%E0%A4%BE%E0%A4%9C%E0%A4%A8}},
year = {2026},
note = {Accessed 2026-11-12}
}