विपक्षी दलको नेता नेपालको सङ्घीय संसद तल्लो सदनमा आधिकारिक विपक्षी दलको नेतृत्व गर्ने प्रतिनिधि सभा निर्वाचित सदस्य हुन्। विपक्षी दलका नेता भनेको सदनमा सबैभन्दा धेरै सिट भएको तर सरकार नभएको राजनीतिक दलको संसदीय दलको नेता हो। हाल यस पदमा भीष्मराज आङदेम्बे छन्।
प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न संविधानको धारा २८४ मा संवैधानिक परिषद्को व्यवस्था अनुसार विपक्षी दलको नेता संवैधानिक परिषद्का सदस्य रहने व्यवस्था छ। मर्यादाक्रममा विपक्षी दलको नेतालाई सरकारको मन्त्रीसरह स्थान दिइएको छ ।
सरकारी सुविधा
संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार प्रमुख प्रतिपक्षी दलको नेताले राज्यबाट पर्याप्त सुविधा पाउँछन् । मासिक पारिश्रमिक ६० हजार ९७० रुपैयाँ, विशेष भत्ता १०००, बैठक भत्ता १०००, सञ्चार सुविधा ३०००, आवास सुविधा २५ हजार ६०८ रुपैयाँ प्रतिमहिना, फर्निचर खर्च १५००० एकमुष्ट र निजी सचिवालय बन्दोबस्त १ हजार ७५० रुपैयाँ प्रतिमहिना पाउँछन् ।
सवारी इन्धनतर्फ प्रतिमहिना २३० लिटर पेट्रोल/डिजेल र ५ लिटर मोबिल पाउँछन् । बिजुली र धारा शुल्कतर्फ २०००, दैनिक भ्रमण भत्ता २५०० प्रतिदिन र अतिथि सत्कार खर्च २००० प्रतिमहिना पाउँछन् । कर्मचारी सुविधाअन्तर्गत एकजना राजपत्रांकित द्वितीय श्रेणीको स्वकीय सचिव, एकजना कम्प्युटर अपरेटर, दुईजना सवारी चालक र दुईजना कार्यालय सहयोगी पाउँछन् ।
सुरक्षातर्फ सहायक निरीक्षकस्तरको एकजना अंगरक्षक, एकजना बिल्लादार गार्ड र १० जना सैनिक जवानसहितको सुरक्षा दस्ता प्राप्त हुन्छ । संसद् सचिवालयले विपक्षी दलको नेताको कार्यालय र कर्मचारी उपलब्ध गराउँछ । सरकारले निवाससमेत उपलब्ध गराउँछ र सरकारी निवास नलिए निजी निवास मर्मतसम्भार खर्च पनि सरकारले बेहोर्छ ।
सूची
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q125923657
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६३/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “प्रतिपक्ष दलको नेता (नेपाल)।” नेपाली विश्वकोश, ३ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%AA%E0%A4%95%E0%A5%8D%E0%A4%B7_%E0%A4%A6%E0%A4%B2%E0%A4%95%E0%A5%8B_%E0%A4%A8%E0%A5%87%E0%A4%A4%E0%A4%BE_(%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2)। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). प्रतिपक्ष दलको नेता (नेपाल). In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%AA%E0%A4%95%E0%A5%8D%E0%A4%B7_%E0%A4%A6%E0%A4%B2%E0%A4%95%E0%A5%8B_%E0%A4%A8%E0%A5%87%E0%A4%A4%E0%A4%BE_(%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2)
@misc{ne_527,
title = {प्रतिपक्ष दलको नेता (नेपाल)},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%AA%E0%A4%95%E0%A5%8D%E0%A4%B7_%E0%A4%A6%E0%A4%B2%E0%A4%95%E0%A5%8B_%E0%A4%A8%E0%A5%87%E0%A4%A4%E0%A4%BE_(%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2)}},
year = {2026},
note = {Accessed 2026-11-12}
}