| नेपालमा साम्यवाद |
|---|
|
सक्रिय दल
|
|
निस्क्रिय समूहहरू
|
|
| Part of the Politics series on |
| माओवाद |
|---|
|
आधारभूत अवधारणाहरू मार्क्सवाद-लेनिनवाद · संशोधन विरोधी तीन संसार सिद्धान्त सामाजिक-साम्राज्यवाद Mass line जनयुद्ध · सांस्कृतिक क्रान्ति नयाँ लोकतन्त्र · कृषि समाजवाद |
|
प्रमुख माओवादीहरू माओ त्सेतुङ Chen Boda · Abimael Guzmán İbrahim Kaypakkaya · Lin Biao चारू मजुमदार · Siraj Sikder Pierre Mulele · Huey P. Newton Prachanda · Jiang Qing Jose Maria Sison · Yao Wenyuan Zhang Chunqiao · Samir Amin Li Minqi · Charles Bettelheim Bob Avakian · Faiz Ahmad |
|
अन्तर्राष्ट्रिय Conference of Marxist-LeninistParties and Organizations Revolutionary InternationalistMovement |
|
देश अनुसार दलहरू Afghanistan · Argentina · Bangladesh · Bolivia Bhutan · Canada · Colombia · Ecuador · India · Iran · Italy · Japan · Nepal · Norway · Peru · Philippines · Portugal · Sri Lanka · Turkey · United States |
|
मुख्य पुस्तकहरू On Contradiction · Quotations from Chairman Mao · On Guerrilla Warfare · On Protracted War |
|
सम्बन्धित विषयहरू Communist Party of China Cultural Revolution Naxalism |
|
Communism Portal Politics portal |
|
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संक्षिप्तमा नेकपा (माओवादी केन्द्र) वा नेकपा (माके), नेपालको एक प्रमुख राजनीतिक दल थियो। केन्द्रीय समितिले आठ अन्य कम्युनिस्ट पार्टी र समूहहरूसँग एकता गरी नेपाली कम्युनिस्ट पार्टी बनाउने घोषणा गरेपछि यो दल स्वतः विघटित भएको थियो। अर्कोतर्फ, पार्टीका सह-महासचिव जनार्दन शर्माको नेतृत्वमा रहेको र राम कार्की, अञ्जना विशङ्खे र सुदन किराँती सम्मिलित एउटा समूहले पार्टी नेतृत्वले आफ्नो वैचारिक आधार छाडेर "नेतृत्वको म्युजिकल चेयर" मा लागेको आरोप लगाउँदै प्रगतिशील अभियान, नेपाल गठन गरेका थिए।
पुष्पकमल दाहालले यसको स्थापनादेखि नै पार्टीको नेताको रूपमा रहेका थिए। प्रतिनिधि सभा निर्वाचन, २०७९मा ३२ सिट जितेर यो दल तेस्रो ठूलो संसदीय दलको रूपमा रहेको थियो। दाहालले वि.सं. २०७९ को प्रतिनिधि सभा निर्वाचनपछि सत्तारुढ गठबन्धनको तर्फबाट वि.सं. २०८१ असारसम्म करिब १.५ वर्ष नेपालको प्रधानमन्त्रीको रूपमा कार्य गरेका थिए। यसअघि पार्टीले वि.सं. २०६५ र २०७३ मा दाहालको नेतृत्वमा र वि.सं. २०६८ मा बाबुराम भट्टराईको नेतृत्वमा गरी तीन पटक सरकारको नेतृत्व गरिसकेको छ।
यो दल वि.सं. २०५१ मा यसको माउ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र) को नाममा स्थापना भएको थियो; वि.सं. २०५२ मा यसको नाम परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राखिएको थियो। वि.सं. २०६५ मा नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र–मसाल) र यसको चुनावी मोर्चा जनमोर्चा नेपालसँग एकता भएपछि एकीकृत पार्टीलाई एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नामले चिनिन थालेको थियो। विभिन्न टुक्रिएका समूहहरूसँगको एकता पछि वि.सं. २०७३ मा यो पार्टी हालको अवस्थामा आएको थियो।
वि.सं. २०७५ जेठ ३ मा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) सँग मिलेर नेपाल कम्युनिस्ट पार्टी गठन भएपछि यो दल विघटित भएको थियो; यद्यपि, नेपाल कम्युनिस्ट पार्टी नामको दाबी गर्ने ऋषि कट्टेलको पक्षमा सर्वोच्च अदालतले फैसला गरेपछि वि.सं. २०७७ फागुन २३ मा यो दल पुनर्जीवित भएको थियो। वि.सं. २०७८ मङ्सिर सम्ममा पार्टीले ७,५०,००० सदस्यहरू रहेको दाबी गरेको थियो, जसले गर्दा यो सदस्यताका आधारमा नेपालको तेस्रो ठूलो पार्टी बनेको थियो।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q506537
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ५७/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2_%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A8%E0%A4%BF%E0%A4%B8%E0%A5%8D%E0%A4%9F_%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%9F%E0%A5%80_(%E0%A4%AE%E0%A4%BE%E0%A4%93%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A5%80_%E0%A4%95%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0)। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र). In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2_%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A8%E0%A4%BF%E0%A4%B8%E0%A5%8D%E0%A4%9F_%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%9F%E0%A5%80_(%E0%A4%AE%E0%A4%BE%E0%A4%93%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A5%80_%E0%A4%95%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0)
@misc{ne_485,
title = {नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2_%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A8%E0%A4%BF%E0%A4%B8%E0%A5%8D%E0%A4%9F_%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%9F%E0%A5%80_(%E0%A4%AE%E0%A4%BE%E0%A4%93%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A5%80_%E0%A4%95%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0)}},
year = {2026},
note = {Accessed 2026-11-12}
}