लोकेन्द्र बहादुर चन्द नेपालका राजनीतिज्ञ तथा नेपालका भूतपूर्व प्रधानमन्त्री हुन्। उनी साहित्यकारका रूपमा पनि परिचित छन्।
जीवनी
लोकेन्द्रबहादुरको जन्म बाबु महावीर चन्द र आमा श्रीमती लक्ष्मीदेवीका सन्तानका रूपमा वि.सं. १९९६ साल फागुन ३ गते कुरकुटिया गाउँ, बैतडी जिल्लामा भएको हो। १२ ठकुरी थर मध्येको एउटा थर चन्द हो।
प्रधानमन्त्री
उनी वि.सं. २०४०, वि.सं. २०४६, वि.सं. २०५३ र वि.सं. २०५८ मा गरि चार पटक नेपालको प्रधानमन्त्री बनेका थिए। तर पछिल्ला प्रधानमन्त्रीत्व धेरै लामो समय टिक्न सकेनन्।
वि.सं. २०५१- वि.सं. २०५६
वि.सं. २०५१ को मध्यावधि निर्वाचनमा राप्रपाले २० सिट जित्यो। डा. यादवप्रसाद पन्तको घरमा भएको गोप्य मतदानमा चन्दले सुर्यबहादुर थापालाई पछि पर्दै संसदीय दलको नेता बने। थापाको एक मत कम आएको थियो।
वि.सं. २०५३ मा शेरबहादुर देउवाको सरकार ढलेपछी चन्दले एमालेको समर्थनमा सरकार बनाए। एमालेको समर्थनमा बनेको यो गठबन्धन सरकारलाई खिसी गर्नेहरूले 'चमाले' (चन्द र एमाले) भन्ने गरेको सरकारमै भन्दथे।तर सरकारमै सहभागी भएका राप्रपाका केही मन्त्रीहरू सहभागी भएर अविश्वास प्रस्ताव ल्याएका थिए। कमल थापा सहितका मन्त्रीहरूले "मुसा प्रवृति" देखाएको भन्दै चन्दले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।
चन्दले राजीनामा दिएपछि कांग्रेसको सहयोगमा सूर्यबहादुर थापाको नेतृत्वमा सरकार गठन भयो। वि.सं. २०५४ साल पौष २४ मा प्रधानमन्त्री थापाले संसद् विघटनका लागि राजा समक्ष सिफारिस गरेका थिए। पौष २९ मा राजाले संसद विघटन र विशेष अधिवेशनको समावेदन मध्ये कुनले प्राथमिकता पाउने भनेर सर्वोच्च अदालतसँग राय मागे। २०५४ माघ २२ मा सर्वोच्च अदालतले विशेष अधिवेशन बोलाउने प्रावधानलाई मान्यता दिनु पर्ने राय पेस गरेको थियो। राजाले संसद विघटन रद्द गरेका थिए। संसद विघटनको मुद्दालाई लिएर राप्रपा पार्टी फुट्यो र लोकन्द्रबहादुर चन्दले राप्रपा (चन्द) गठन गरेका थिए।
२०५४ चैत्र २८ मा सुर्यबहादुर थापाले राजीनामा दिए।
वि.सं. २०५६- २०५९
वि.सं. २०५६ सालको आम निर्वाचनमा राप्रपा (चन्द)को पत्तासाफ भयो। चन्द राप्रपामा फर्किए।
मदन पुरस्कार
उनले विसर्जन (कथासङ्ग्रह) नामक ग्रन्थका लागि वि.सं. २०५४ को मदन पुरस्कार प्राप्त गरेका थिए।
व्यक्तिगत जीवन
चन्दको चार छोरा र तीन छोरी छन्। छोराहरूमा: जयन्त चन्द, अरुण चन्द, विनोद चन्द र भुपेन चन्द। जयन्त चन्द राजनीतिमा छन् र दुई पटक मन्त्री भएका थिए र अहिले राप्रपामा सअक्रिय छन्। अरुण चन्द व्यवसायी हुन्। बिनोद चन्द कम्प्युटर इन्जिनियर हुन्। भुपेन चन्द कलाकार तथा परोपकारी हुन् जो अहिले अमेरिकामा बसोबास गर्छन्।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q2628548
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ९५/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “लोकेन्द्रबहादुर चन्द।” नेपाली विश्वकोश, ६ अक्टोबर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B2%E0%A5%8B%E0%A4%95%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0%E0%A4%AC%E0%A4%B9%E0%A4%BE%E0%A4%A6%E0%A5%81%E0%A4%B0_%E0%A4%9A%E0%A4%A8%E0%A5%8D%E0%A4%A6। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). लोकेन्द्रबहादुर चन्द. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B2%E0%A5%8B%E0%A4%95%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0%E0%A4%AC%E0%A4%B9%E0%A4%BE%E0%A4%A6%E0%A5%81%E0%A4%B0_%E0%A4%9A%E0%A4%A8%E0%A5%8D%E0%A4%A6
@misc{ne_547,
title = {लोकेन्द्रबहादुर चन्द},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B2%E0%A5%8B%E0%A4%95%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0%E0%A4%AC%E0%A4%B9%E0%A4%BE%E0%A4%A6%E0%A5%81%E0%A4%B0_%E0%A4%9A%E0%A4%A8%E0%A5%8D%E0%A4%A6}},
year = {2026},
note = {Accessed 2026-11-12}
}

