| नेपालमा साम्यवाद |
|---|
|
सक्रिय दल
|
|
निस्क्रिय समूहहरू
|
|
राष्ट्रिय जनमोर्चा नेपालको एक राजनीतिक दल हो। यसको स्थापना वि.सं २०५१ सालमा नेपाल कम्युनिष्ट पार्टी (मसाल)को वैधानिक मोर्चाको रूपमा भएको थियो। पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी पार्टीको अध्यक्ष हुन्।
वि.सं २०६२ मा, जनमोर्चा नेपालबाट अलग्गिएर एर पुनः स्थापना भएको यो पार्टी मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल)को कानुनी मोर्चाको रूपमा रहेको थियो। यो पार्टी मुख्यतया बाग्लुङ र प्युठान जिल्लामा एक सशक्त राजनीतिक शक्तिको रूपमा रहेको छ।
पार्टीले पूर्वएकात्मक प्रणालीभित्र विकेन्द्रीकरणको वकालत गर्दछ। यो सङ्घीयता विरोधी पार्टी समेत हो।
स्थापना अगाडि (वि.सं २०४७–२०५०)
वि.सं २०४९ को स्थानीय निर्वाचनमा यस पार्टीले अखिल नेपाल किसान संघको रूपमा चुुनाव लडेको थियो । तर, आम निर्वाचन २०४८ यसको मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले २०४६ सालको जनआन्दोलनलाई सम्झौतामा टुंग्याइएको भन्दै सार्वभौमसत्ता जनतामा हस्तान्तरणको मागसहित आमनिर्वाचन २०४८ लाई सशक्त बहिष्कार गरेको थियो ।
विलय र विघटन (वि.सं २०५८–२०६४)
वि.सं २०५८ मा नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र)को वैधानिक मोर्चा संयुक्त जनमोर्चा नेपालसँग एकीकरण भई जनमोर्चा नेपाल गठन भएको थियो। जनमोर्चा नेपालले नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र–मसाल)को वैधानिक मोर्चाको रूपमा काम गरेको थियो। नेपालको जनआन्दोलन २०६३मा जनमोर्चा नेपाल सात दलीय गठबन्धनमा सामेल भएपछि चित्रबहादुर केसीले पार्टी परित्याग गरि राष्ट्रिय जनमोर्चाको नाम फिर्ता लिएका थिए। यस पार्टीले नेपालको अन्तरिम व्यवस्थापिका संसद्मा तीन सिट प्राप्त गरेको थियो।
संविधान सभा (वि.सं २०६४–२०७२)
२०६४ सालको संविधान सभाको निर्वाचनअघि यो पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो। यस पार्टीले चुनावमा चार सिट जितेको थियो।
वि.सं २०६६ पार्टीको अनुशासन तोडेको भन्दै महासचिव डिलाराम आचार्यलाई पार्टीबाट निष्कासित गरिएको थियो। निष्कासनपछि उनले अर्को पार्टी राष्ट्रिय जनमोर्चा (नेपाल) गठन गरेका थिए। संविधान सभा निर्वाचन, २०७०मा पार्टीले तीन सिट जितेको थियो।
सङ्घीय नेपाल (वि.सं २०७२–हाल)
नेपालको संविधान जारी भएपछि राष्ट्रिय जनमोर्चा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को साथ संयुक्त सरकारमा सामेल भएको थियो। प्रतिपक्षमा नरहेको यो पहिलो पटक थियो। यसपछि पार्टीका अध्यक्ष चित्रबहादुर केसी उपप्रधान तथा सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त भएका थिए।
यस पार्टीले स्थानीय तह निर्वाचन, २०७४मा भाग लिएको थियो र स्थानीय सरकारमा १८६ सिट जितेको थियो। बाग्लुङको बरेङ गाउँपालिका, प्युठानको झिमरुक र मालारानी गाउँपालिकाको अध्यक्षमा यसले विजय हासिल गरेको थियो। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, २०७४ अघि, यो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गठबन्धनमा सामेल भएको थियो। यस पार्टीले नेपालको सङ्घीय संसदमा एक सिट जितेको थियो तर राष्ट्रिय पार्टी बन्नका लागि तीन प्रतिशत थ्रेसहोल्ड पार गर्न सकेन। पार्टीले गण्डकी प्रदेशको प्रदेश सभामा तीन र लुम्बिनी प्रदेशको प्रदेश सभामा एक सिट जितेको थियो।
वि.सं २०७७ को राजनीतिक सङ्कटपछि राष्ट्रिय जनमोर्चा नेपाली काङ्ग्रेसनेतृत्वको गठबन्धनको समर्थनमा उभिएको थियो। यसले गण्डकी प्रदेशमा नयाँ सरकार गठनमा ठूलो भूमिका खेलेको थियो। यसले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय सरकारलाई बाह्य समर्थन र विश्वासको मत दिएको थियो। पार्टीलाई राष्ट्रिय सभामा एक सिट दिइएको थियो जसको माध्यमबाट यसले तुलप्रसाद विकलाई पार्टीबाट पहिलो राष्ट्रिय सभाको सदस्यको रूपमा निर्वाचित बनाउन सफल भएको थियो।
संसदीय निर्वाचन
| निर्वाचन | नेता | प्रत्यक्ष मत | समानुपातिक मत | सिट | स्थान | गठित सरकार | |||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
| क्र.सं | % | % परिवर्तन | क्र.सं | % | % परिवर्तन | क्र.सं | +/- | ||||
| आम निर्वाचन २०५६ | चित्रबहादुर केसी | १,२१,३९४ | १.४१ | ५ / २०५
|
पाँचौँ | प्रतिपक्ष | |||||
| संविधान सभा निर्वाचन, २०६४ | चित्रबहादुर केसी | ९३,५७८ | ०.९१ | ०.५० | १,०६,२२४ | ०.९९ | ४ / ५७५
|
१ | बाह्रौँ | प्रतिपक्ष | |
| संविधान सभा निर्वाचन, २०७० | चित्रबहादुर केसी | ६६,६६६ | ०.७४ | ०.१७ | ९२,३८७ | ०.९८ | ०.०१ | ३ / ५७५
|
१ | बाह्रौँ | प्रतिपक्ष |
| प्रतिनिधि सभा निर्वाचन, २०७४ | चित्रबहादुर केसी | ७०,०१४ | ०.७० | ०.०४ | ६२,१३३ | ०.६५ | ०.३३ | १ / २७५
|
२ | दसौँ | प्रतिपक्ष |
| प्रतिनिधि सभा निर्वाचन, २०७९ | चित्रबहादुर केसी | ४६,५०४ | ०.४४ | ०.२१ | १ / २७५
|
बाह्रौँ | प्रतिपक्ष | ||||
प्रदेश सभा निर्वाचन
गण्डकी
| वर्ष | मत | सिट | स्थान | गठित सरकार | |||
|---|---|---|---|---|---|---|---|
| # | % | % परिवर्तन | # | +/- | |||
| प्रदेश सभा निर्वाचन, २०७४ | १९,३७६ | २.०३ | ३ / ६०
|
चौथो | प्रतिपक्ष | ||
| प्रदेश सभा निर्वाचन, २०७९ | १४,९४० | १.५२ | ०.५१ | ० / ६०
|
३ | सातौँ | अतिरिक्त-संसदीय |
लुम्बिनी
| निर्वाचन वर्ष | मत | सिट | स्थान | गठित सरकार | |||
|---|---|---|---|---|---|---|---|
| # | % | % परिवर्तन | # | +/- | |||
| प्रदेश सभा निर्वाचन, २०७४ | ३२,५४६ | २.०२ | १ / ८७
|
छैटौँ | प्रतिपक्ष | ||
| प्रदेश सभा निर्वाचन, २०७९ | ३२,६४७ | १.७३ | ०.२९ | १ / ८७
|
दसौँ | ||
अध्यक्ष
- चित्रबहादुर केसी, वि.सं २०५६–२०५८ र वि.सं २०६२–हाल
महासचिव
- नवराज सुवेदी, वि.सं २०५६–२०५८
- डिलाराम आचार्य, वि.सं २०६२–२०६६
- सान्तबहादुर नेपाली, वि.सं २०६७–२०७२
- जनकराज शर्मा, वि.सं २०७२–२०७७
- मनोज भट्ट, वि.सं २०७७-हाल
संसद सदस्यहरू
| क्र.सं | नाम | प्रदेश | कोटा | नियुक्त मिति | अवकाश मिति |
|---|---|---|---|---|---|
| १ | तुलप्रसाद विक | लुम्बिनी | दलित | वि.सं २०७७ | वि.सं २०८२ |
प्रतिनिधि सभा सदस्य
| क्र.सं | नाम | निर्वाचन क्षेत्र | नियुक्त मिति |
|---|---|---|---|
| १ | चित्रबहादुर केसी | बाग्लुङ १ | २०७९ |
भातृ सङ्गठन
- अखिल नेपाल ट्रेड युनियन
- अखिल नेपाल महिला सङ्गठन
- अनेरास्ववियु (छैटौँ)
- अखिल नेपाल जनजाति परिषद्
- जातीय समता समाज
- अखिल नेपाल युवा सङ्गठन
- रक्तिम सांस्कृतिक परिवार
- अखिल नेपाल बुद्धिजीवी सङ्घ
- अखिल नेपाल शिक्षक सङ्घ
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q4589354
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६२/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “राष्ट्रिय जनमोर्चा।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF_%E0%A4%9C%E0%A4%A8%E0%A4%AE%E0%A5%8B%E0%A4%B0%E0%A5%8D%E0%A4%9A%E0%A4%BE। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). राष्ट्रिय जनमोर्चा. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF_%E0%A4%9C%E0%A4%A8%E0%A4%AE%E0%A5%8B%E0%A4%B0%E0%A5%8D%E0%A4%9A%E0%A4%BE
@misc{ne_487,
title = {राष्ट्रिय जनमोर्चा},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF_%E0%A4%9C%E0%A4%A8%E0%A4%AE%E0%A5%8B%E0%A4%B0%E0%A5%8D%E0%A4%9A%E0%A4%BE}},
year = {2026},
note = {Accessed 2026-11-12}
}