नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

राजेन्द्र वीरविक्रम शाह

गीर्वाणयुद्ध विक्रम शाहको जेठ सुपुत्रका रूपमा वि.सं. १८७० मा जन्मेका श्री ५ राजेन्द्र तीन वर्षको उमेरमा वि.सं. १८७३ मा नेपालका राजा भए। यिनको पालामा सत्ता प्राप्तिका लागि सङ्घर्षको स्थिती चरम उत्कर्षमा पुगेको थियो। यिनकै पालामा भिमसेन थापाले आत्महत्या गर्नुपर्ने बाध्यता, माथवर सिंह थापा र गगन सिंहको हत्या भएको थियो। दरबारिया भाइ-भारदारहरू बीचको सत्ता सङ्घर्षको चरमोत्कर्षले यसै समयमा कोत पर्व, भण्डारखाल पर्व, अलौ पर्व जस्ता घटनाहरू भए र कैयौँ निर्दोष मानिसहरू मारिए। यी राजा आफ्नो जीवनको लामो समयसम्म (वि.सं. १९०४ देखि १९३८ सम्म) शाही बन्दीका रूपमा जेलमा रहन पुगे। जंगबहादुरको विरोध गरेका कारण नै

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ १,३८९ शब्द · ८ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

गीर्वाणयुद्ध विक्रम शाहको जेठ सुपुत्रका रूपमा वि.सं. १८७० मा जन्मेका श्री ५ राजेन्द्र तीन वर्षको उमेरमा वि.सं. १८७३ मा नेपालका राजा भए। यिनको पालामा सत्ता प्राप्तिका लागि सङ्घर्षको स्थिती चरम उत्कर्षमा पुगेको थियो। यिनकै पालामा भिमसेन थापाले आत्महत्या गर्नुपर्ने बाध्यता, माथवर सिंह थापा र गगन सिंहको हत्या भएको थियो। दरबारिया भाइ-भारदारहरू बीचको सत्ता सङ्घर्षको चरमोत्कर्षले यसै समयमा कोत पर्व, भण्डारखाल पर्व, अलौ पर्व जस्ता घटनाहरू भए र कैयौँ निर्दोष मानिसहरू मारिए। यी राजा आफ्नो जीवनको लामो समयसम्म (वि.सं. १९०४ देखि १९३८ सम्म) शाही बन्दीका रूपमा जेलमा रहन पुगे। जंगबहादुरको विरोध गरेका कारण नै त्यसो हुन गएको थियो। यिनि काशी बस्दा जंगबहादुर विरोधी काम गरेको अभियोगमा राज्यच्युत हुनुका साथै वि. सं. १९०४ देखि १९३८ सम्म शाही बन्दीका रूपमा हनुमानढोकामा थुनिइ बन्दी अवथामा नै पछि १९३८ वि.सं.मा बिते।

राजेन्द्र विक्रम शाह बुद्धिले कुशाग्र, हृदयले महान्, भावनाले राष्ट्रिय भए तापनि भाग्यले एक अभागी राजा थिए । करीव ३१ वर्षको उनको राज्यकाल (वि. सं.१८७३ - १८०४ ) मा नेपालमा जति अमानवीय घटनाहरू घटित भए र साथै देशभक्तहरूको इहलीला जुन बबर तरीकाबाट समाप्त गरियो त्यति कुनै पनि राजाको राज्यकालमा नेपालको इतिहासले प्रस्तुत गर्न सकेको छैन । दरवार भित्रका तत्कालीन स्वार्थी भारदारहरूको देश बेचुआ राजनीति, ईस्ट इण्डिया कम्पनीका पदाधिकारीहरूको नेपाल हड्पने कूटनीति र केही सीमित व्यक्तिका व्यक्तिगत स्वार्थ र दुराकांक्षा नै ती अमानवीय घटनाहरूका मूल कारण हुन् । जसले गर्दा नेपालको इतिहाससम्म भांडिन र राष्ट्र आफ्नो राष्ट्रिय चरित्र,मर्यादा, गौरव र संस्कृतिसम्मलाई प्रश्नवाचक चिह्नले हेर्ने स्वभावले प्रेरित भयो ।

राजा राजेन्द्र विक्रम शाह
राजा राजेन्द्र विक्रम शाह

भीमसेन थापाको मुख्तियारी तथा पतन

गीर्वाणयुद्धको राज्यकालमा नै भीमसेन थापा नेपालको अधिनायक भएर उदाएका थिए। राजा राजेन्द्रको शासनको प्रारम्भमा भीमसेन थापाले आफ्ना भतिजी ललितत्रिपुरासुन्दरीलाई राजा राजेन्द्रको संरक्षिका बनाएर शासन चलाएका थिए। ललितत्रिपुरासुन्दरीको मृत्यु पछि त्यो स्थानमा राजाका जेठी रानी साम्राज्यलक्ष्मी पुगिन्। त्यो भीमसेन थापाको पतनको सुरुवात थियो।

वि.सं १८९४ साउन ११ गते महारानी साम्राज्यलक्ष्मीदेवीको कान्छा छोराको बिरामी भई निधन भयो। त्यो कुरालाई षड्यन्त्रमा मुछी पाँडेखलकले भीमसेन थापाको निर्देशनमा एकदेव वैद्यले श्री ५ बडामहारानीका निम्ति तयार पारेको जहर मिलाएको जडिबुटी भूलले कान्छा राजकुमारलाई पर्दा मृत्यु भएको प्रचार गरियो। त्यही अपराधमा त्यस औषधि काण्डसँग सम्बन्धित भीमसेन थापाका समर्थकहरूलाई नेल हालियो।

भीमसेन थापाको पतन पछि रणजङ पाण्डे सैनिक प्रमुखको पदमा बसे। नेपालमा कम्पनी अङ्ग्रेज फिरङ्गी विरोधी धारणा खूब बढ्यो। त्यही बेला सोमेश्वर किल्ला गौँडा कुरेका नेपाली सिपाहीहरू बडो अधैर्यसाथ बृटिश भारत अधीनका रामनगरका ९१ गाउँहरू लुट गरी फर्के। रणजङ पाँडे नै सैनिक प्रमुखको पदमा बसेका हुनाले श्री ५ राजेन्द्रले बृटिश भारतीयको दबाबमा रणजङको भरदारी खारेज गराए।

माथवर सिंह थापा

मुख्य लेख : माथवर सिंह थापा

कोतपर्व

मुख्य लेख : कोतपर्व

कोतमा गगन सिंहको हत्यारा पत्ता लगाउन भारदारहरू जम्मा भएका थिए। रानीली वीरकिशोर पाण्डे माथि शंका गरी अभिमानसिंह राना मगरलाई काट्न आदेश दिएकी थिइन्। राजा राजेन्द्रले वीर किशोर पाण्डे दोषी प्रमाणित नभएको भनेर उनको बचाव गरेका थिए। र उनी प्रधानमन्त्री फत्तेजंग शाहलाई बोलाउने भन्दै कोतबाट बाहिर निस्के। उनको अनुपस्थितिमा कोतमा भारदारवीच काटमार चल्यो।

भण्डारखाल पर्व

कोत पर्वपछि जंगबहादुर रानी लक्ष्मीदेवीको मन जितेर प्रधान सेनापति बन्न सफल भए। रानी लक्ष्मीदेवीले माथवरसिंह थापालाई झैँ जंगबहादुरलाई पनि युबराज सुरेन्द्रको हत्या गरी रणेन्द्रलाई गद्दीमा राख्न आवश्यक प्रबन्ध गर्न दबाब दिईन्। रानीले जंगबहादुरबाट आफ्नो उद्देश्य पुरा हुनेविश्वास गरेकी थिइन् तर जंगबहादुरले पनि मामा माथवरसिंह थापाले झैँ रानीको आदेश उल्लंघन गरे। उनले "युबराजको हत्या गने प्रयास गरेको अपराधमा रानीमाथि कारबाही गर्न सकिने " व्यहोराको जबाफ पठाएकाले रानी रिसले चुर भइन् तर उनले बाहिर जंगबहादुरसंग रिसाएको भाव ब्यक्त नगरी भित्रभित्रै हत्याको षडयन्त्र गरिन्।

पण्डित विजयराज ले सो षड्यन्त्रको पोल खोलेर भण्डारखाल पर्वमा जंगबहादुरको हत्या गर्ने उनको योजना असफल भएपछि प्रधानमन्त्री जंगबहादुरले उनको सम्पूर्ण राजकीय अधिकार खोसी उनलाई देशनिकाला गरिदिए।

भण्डारखालको नरसंहारलाई लिएर तत्काल नै जङ्गवहादुरले हनूमानढोका दरवारमा ठूलो भारादारी गराए। जसमा जङ्गी (निजामती थरघर आदि) सबै भाइ भारदारहरूको उपस्थिति थियो। कोत र भण्डारखालको हत्याकाण्ड गराउनाका साथै युवराज सुरेन्द्रविक्रमलाई मारी आफ्ना छोरा रणेन्द्रविक्रमलाई राजा बनाउने षडयन्त्र गरेको अभियोगमा महारानी राज्यलक्ष्मीदेवी सबै कुरावाट दोषी सावित भइन

। तसर्थ श्री ५ राजेन्द्रविक्रमका साथै युवराज सुरेन्द्रविक्रमको उपस्थितिमा भारदारीको सर्वसम्मतिले कान्छी महारानी राज्यलक्ष्मी देवीलाई शक्तिच्युत गरी देशनिकाला गर्नु उपयुक्त हुने ठहर सहितको फैसला गरयो। तत्पश्चात् १९०३ साले मार्गकृष्ण पञ्चमी आइतबारका दिन श्री ५ राजेन्द्रविक्रमबाट महारानी राज्यलक्ष्मीमा निहित रहेको सम्पूर्ण अधिकारका साथै राज्य सञ्चालन गर्नका लागि चाहिने विशेषाधिकारको लालमोहर युवराज सुरेद्रविक्रमलाई प्राप्त भयो।

काशीयात्रा र पदच्युत

राजा राजेन्द्र काशी जाने भएपछी जङ्गबहादुरका विरोधीहरू राजेन्द्रविक्रमको संपर्कमा आउन थालिसकेका थिए। राजेन्द्रविक्रम शाहको निर्वासित भारदारहरूसँग भेट्ने क्रममा अरू तीव्रता आउन थाल्यो । राजा राजेन्द्रको समुहमा चौतरिया गुरुप्रसाद शाह, काजी जगतराम पाँडे र रघुनाथ पण्डित आदि थिए । उनीहरूले जङ्गबहादुरलाई हटाएर शासन आफूले चलाउने योजना बनाएका थिए। यो योजना सफल भएमा गुरुप्रसाद शाहलाई प्रधानमन्त्री, जगतराम पाँडेलाई कम्यांडर इन्चीफ र रघुनाथ पण्डितलाई बडागुरुजुको पदमा आसीन गराउन राजेन्द्रविक्रम तयार थिए। यसै कुरालाई दृष्टिगत गरी आफ्ना विश्वस्त तीन सैनिकलाई भरिएको पिस्तोल सहित जङ्गबहादुरलाई जहां भेटे पनि मार्ने भन्ने लालमोहर गरी गोप्य रूपले काठमाडौँ पठाइयो। जङ्गबहादुरको हत्या गर्ने उद्देश्यले गुप्त भेषमा आएको उक्त सैनिकहरू किलागल स्थित एकजना उदासको घरमा लुकेर बसी अनुकुल समयको प्रतीक्षा गर्दै थिए। परन्तु जङ्गबहादुरका गुप्तचरहरूले शंकाका लागि उनीहरूको जीउ खानतलासी गर्दा लालमोहरसहित पिस्तोल बरामद भयो। तत्पश्चात् तिनीहरूलाई श्री ५ सुरेन्द्रविक्रमसमक्ष उपस्थित गराई केरकार गर्दा षड्यन्त्रको सारा भेद खुल्यो। षडयन्त्रको पर्दाफास भएपछि जङ्गबहादुरले बिगुल फुक्न लगाई भाइ–भारादार लगायत संपूर्ण कर्मचारीलाई टुडिखेलमा सामेल हुने आदेश दिए। उपस्थित भद्रभलाद्मी सहित जङ्गी तथा निजामती कर्मचारीका समक्ष राजेन्द्रविक्रमलाई अयोग्य घोषित गरी वर्तमान युवराजाधिराज सुरेन्द्रविक्रमशाह आजदेखि नेपाल अधिराज्यको श्री ५ महाराजाधिराज भएको घोषणा गरे। सेनाले जङ्गबहादुरको घोषणालाई सहर्ष स्वीकार गरी श्री ५ सुरेन्द्रको जय जयकार गर्यो। अतः तत्कालै राज्याभिषेकको तयारी भयो र सोही दिन अर्थात् संवत् १९०४ साल अधिक ज्येष्ठकृष्ण त्रयोदशी बुधबार राती करीव साढे आठ बजेको शुभ-मुहूर्तमा विधिपूर्वक सुरेन्द्रविक्रमको राज्याभिषेक गरियो। जङ्गी, निजामती र भाइ भारदारहरूले दाम राखी श्री ५ को दर्शन गरे। भारदारहरूले दोसल्ला सहित मान र खिलत पाउँदा जङ्गवहादरुले सन्तान दरसन्तान सम्मका लागि खोस मोस नहुने गरी सर्वाधिकार सम्पन्न मुख्तियारीको लालमोहर पाए। यसको भोलि पल्ट अर्थात् १९०४ साल अधिक जेठकृष्ण चतुर्दशी बृहस्पतिवार का दिन ३७० जना भाइ–भारादार र अफिसरहरूको हस्ताक्षर सहितको पत्र बृटिस लिगेसन मार्फत् इष्टइण्डिया कंपनीका गभर्नर जनरलका नाउमा पठाउने काम भयो। त्यसपछि अघिल्लो दिन पक्रिएका बागीहरूलाई सहर घुमाई विष्णुमती पारी खरीको रूखमा लगी दुईजनालाई झुण्ड्याउनाको साथै एकजना ब्राह्मणलाई जात पतित गर्दा किलागल स्थित उदासले पनि घर सर्वस्वको दण्ड भोग्नु परेको थियो।

अलौ पर्व

मुख्य लेख : अलौ पर्व

आफू छँदाछँदै आफ्ना छोरा सुरेन्द्रलाई राजा घोषित गरेको खबरले त राजा निकै क्रोधित भए। उनले एउटा सानो फौजको निर्माण गरे र केही भारदारहरूसहित नेपालको पर्सा अलौ सीमाभित्र प्रवेश गरे। केही दिनभित्रमा नै लगभग तीन हजार विद्रोही सेना सङ्गठित भैसके भन्ने खवर पाउनासाथै जङ्गबहादुरले शाहज्यादा उपेन्द्र विक्रमको नेतृत्वमा कप्तान सनकसिंहले हाँकेको गोरखनाथ पल्टन र जनरल बमबहादुरका मातहतमा पाँच रेजिमेण्ट सेना त्यसतर्फ पठाए । मकवानपुर हुँदै विसौलिया पुगेर पहिले देखि नै अलौमा धावा वोल्ने तयारीमा बसेका सनकसिंह उपयुक्त समयको प्रतीक्षामा थिए । बमबहादुरको आगमनको सूचना पाउना साथै संवत् १९०४ साल आषाढ शुक्ल पूर्णिमा अर्थात् श्रावण १४ गते बिहान चारवजे तिर सनकसिंहको मातहतमा आएका गोरखनाथ पल्टनले अलौ स्थित राजेन्द्रविक्रमको किल्लामा एक्कासि आक्रमण गर्यो । सुतिरहेको अवस्थामा अकस्मात् आक्रमण हुँदा शिविरमा हाहाकार भई भागदौड मच्चियो । तर पनि आक्रमणकारीहरूसँग राजेन्द्रका सेनाले एकछिन भए पनि डटेर युद्ध गरे । आखिर केही शीप नलागेपछि चौतरीया गुरुप्रसाद शाह, पण्डित रघुनाथ आदि केही भारादारहरू आ-आफ्नो ज्यान जोगाउन कुलेलम ठोकी सीमापार पुग्दा अलौस्थित शिविर पूरै ध्वस्त भयो । अब आफ्‌नो फौजले नभ्याउने देखेपछि हात्तीमा चढी भाग्ने तरखरमा लागेका राजेन्द्रविक्रमलाई पनि सेनाले पक्रेर आफ्नो कब्जामा लियो तत्पश्चात् बन्दी बनाईएका राजेन्द्रविक्रम शाहलाई मियानामा राखी सेना सहित कप्तान सनकसिंह काठमाडौँका लागि प्रस्थान भए । यसरी यो आक्रमणमा सैनिक र गैह्र सैनिक समेत गरी लगभग तीनसय मानिसको ज्यान जानुका साथै नाटकीय ढङ्गवाट राजेन्द्रविक्रमको पतन भयो ।

राजा राजेन्द्र स्वयं कैदीको रूपमा काठमाडौँ ल्याइए।

अलौ पर्व मा हार भएपछि उनलाई बन्दि बनाई काठमाडौँ ल्याइयो र हनुमानढोका दरबारमा नजरबन्दमा राखियो।

नजरबन्द

१८४७ मा जंगबहादुरका सेनाले राजेन्द्रलाई पक्रेर भक्तपुर ल्याए र पछि उनलाई हनुमानढोका दरबारमा बस्न अनुमति दिइयो।

पूर्वराजा राजेन्द्रलाई जंगबहादुर राणाले उनको अनुमतिबिना कसैले भेट्न नपरोस् भन्ने व्यवस्था गरेका थिए। राजेन्द्रका दोस्रो छोरा राजकुमार उपेन्द्रले मन्त्रीको स्वीकृतिबिना राजेन्द्रलाई भेट्न नपाउने कुरामा उनले निश्चित गरेका थिए। राजा सुरेन्द्रले महिनामा एक पटक बाबुलाई भेट्न जान्थे। यद्यपि, जंगबहादुरले पूर्वराजा राजेन्द्रसँग कुनै पनि विदेशी र आन्तरिक मामिलामा परामर्श गर्न नसकिने र राजाको सहमतिबिना दरबार छोड्न अनुमति नदिने सुनिश्चित गरे। जीवनभर राजेन्द्र नजरबन्दमा बसे।

मृत्यु

पनाति पृथ्वीविक्रम शाहको शासनकालमा ६७ वर्षको उमेरमा १८८१ जुलाई १० मा भक्तपुर दरबारमा उनको निधन भएको थियो।

चलचित्र

चलचित्र बसन्ती मा बि.एस राणाले राजा राजेन्द्रको भूमिका खेलेका छन्।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q788541
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८९/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “राजेन्द्र वीरविक्रम शाह।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0_%E0%A4%B5%E0%A5%80%E0%A4%B0%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE_%E0%A4%B6%E0%A4%BE%E0%A4%B9। हेरिएको: १२ नोभेम्बर २०२६।