गीर्वाणयुद्ध विक्रम शाह नेपालका चौथो राजा थिए। वि.सं. १८५४ मा पिता रणबहादुर शाह र माता कान्तिमतिका सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए। वि.सं. १८५५ मा राजा भएका उनको अल्पायु मै २० वर्षको उमेरमा वि. सं. १८७३ मा निधन भएको थियो।
उनको राज्यकालमा त्रयी शासन, दामोदर पाँडेको मृत्युदण्ड, १८६२ मा विर्ताहरण, १८६३ मा रणबहादुर शाहको हत्या, १८६४ मा ६४ सालको पर्व, १८७०-७२ मा नेपाल अंग्रेज युद्ध, १८७२ मा सुगौली सन्धी जस्ता घटनाहरू भएका थिए।
गीर्वाणयुद्ध विक्रमलाई पठनपाठनको पाठ्यक्रम निर्माण गरी राजगुरु रङ्गनाथ पौडेलले राजविधानसार भन्ने ग्रन्थ तयार गरी पढाउने काम भएको थियो। उनले वि.सं. १८६९ मा प्रकाण्ड विद्वानहरूका सल्लाहले (राजगुरु रङ्गनाथ पौडेल लगायत) आर्य सनातन धर्मको नीतिनियम कर्म गर्दा हिन्दु परम्परागत शास्त्र विधि नछोडी कर्मको फल पाउनका निमित्त सत्कर्म-रत्नावली नामक ग्रन्थको रचना गरेका थिए। उनकाे पालामा सुगाैलि सन्धि भएकाे थियाे । उनकाे निधन सितला राेगका कारण१८७३ मा भएको थियोे ।
मुख्य घटनाहरू
यिनको पालामा नेपालको सिमाना, रणबहादुर शाहको हत्या र सुगौली सन्धी भएका थिए। बेलायती शक्ति र भोटर्फको शक्तिमा व्यापक रूपमा विस्तार भएको अवस्थामा पनि भीमसेन थापा जस्ता मुख्तियार भएको कारण यिनले शासन गर्न सके। यिनको शासनकालमा भएको सुगौली सन्धि नेपालको इतिहासमा प्रसिद्ध छ।
यिनले वीर विक्रमको उपाधि धारण गरेका थिए।
मृत्यु
यिनको मृत्यु अल्पायु मै २० वर्षको उमेरमा वि. सं. १८७३ मा विफरको कारणले भएको थियो।
उनको मृत्यु भएको १८ दिनसम्म नेपालको राजसिंसासन खाली राखियो र १८ दिन पछि मात्र उनको छोरा युवराज राजेन्द्रको राज्यरोहण गराइयो।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q2714587
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८५/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “गीर्वाणयुद्ध विक्रम शाह।” नेपाली विश्वकोश, १९ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%97%E0%A5%80%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%A3%E0%A4%AF%E0%A5%81%E0%A4%A6%E0%A5%8D%E0%A4%A7_%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE_%E0%A4%B6%E0%A4%BE%E0%A4%B9। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). गीर्वाणयुद्ध विक्रम शाह. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%97%E0%A5%80%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%A3%E0%A4%AF%E0%A5%81%E0%A4%A6%E0%A5%8D%E0%A4%A7_%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE_%E0%A4%B6%E0%A4%BE%E0%A4%B9
@misc{ne_564,
title = {गीर्वाणयुद्ध विक्रम शाह},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%97%E0%A5%80%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%A3%E0%A4%AF%E0%A5%81%E0%A4%A6%E0%A5%8D%E0%A4%A7_%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE_%E0%A4%B6%E0%A4%BE%E0%A4%B9}},
year = {2026},
note = {Accessed 2026-11-12}
}