जनरल श्री चौत्तरिया फत्तेजङ्ग शाह नेपालका छैटौँ प्रधानमन्त्री हुन्। यिनको पिता रणबहादुर शाहको जीवनकालमा गठित मन्त्रीमण्डलमा चौतारा थिए। रणबहादुर शाहको हत्या भएपछि भीमसेन थापा मुलुकको सर्वेसर्वा भए। प्राण शाहको मृत्यु भएपछि फत्यजङ्ग शाहलाई नयाँ चौताराका रुपमा मन्त्रीमन्डलमा समिलित गराइएको थियो।
नियुक्ति
यिनले वि.सं. १८९७ देखि १८९९ सम्म नेपालको मुख्तियारको रूपमा कार्यहरू गरे। चौतारा पुष्कर शाहको मुख्तियारीमा भएको सैनिक विद्रोहलाई शान्त पार्न राजा राजेन्द्रले टुँडिखेलमा गएर कम्पु पल्टनका सैनिकलाई सान्त्वना दिँदा राजा राजेन्द्रले अधिराज्यको आम्दानीको स्रोत घटेको मात्र चर्चा गरेका थिए। तर ब्रिटिस कम्पनी सरकारका राजदुत बिएच हडसनले "राजा राजेन्द्र द्वारा टुँडिखेलमा रहेको परेडको मैदानमा कम्पनी सरकारका पदाधिकारी विरोधी वक्तव्य दिइएको थियो" भन्ने झुटो सन्देश पठाई कम्पनी सरकारका गभर्नर जनरल अक्ल्यान्डका तर्फबाट राजाको नाममा एउटा हप्कीको कडिकडाउ पत्र लेखाइदिए।
यस पत्रमा " नेपाल अधिराज्यमा वर्तमान कार्यरत मन्त्रीहरूलाई हटाई यिनीहरूको बदलामा नयाँ मन्त्रीहरू नियुक्त गरिनु पर्छ" भन्ने सल्लाह समेत दिइएको थियो। राजा राजेन्द्र यस्तो पत्र आएपछि सुरुसुरुमा त अडिएर बसिरहेका थिए। तर यसको निम्ति दोश्रो ताकिता पत्र आएपछि राजाले धर नै पाएनन् र कम्पनी सरकारका पदाधिकारीहरूकै सल्लाह अनुसार वि सं १८९७ कात्तिक १८ मा पुष्कर शाहालाई हटाई फत्यजङ्ग शाहलाई मुख्तियार नियुक्त गरियो।
बहिर्गमन
बि सं १९९० पुष ५ गते "मिनिस्टर एन्ड कमान्डर इनचिफ" भन्ने पदवीका साथ माथवरसिंह थापाले नेपाल अधिराज्यको मुख्तियारको अभिभारा सम्हाले। यस व्यवस्थाबाट फत्यजङ्ग शाह साविक भन्दा एक तह तल झरेर सामान्य मन्त्रीका रुपमा कायम भए।
माथवरसिंह थापाको मुख्तियारी
अब उप्रान्त नेपाल अधिराज्यका चौतारा तथा काजी लगायत सबै भाइ भारदारले कमान्डर इनचिफ माथवरसिंह थापाकै राय निर्देशन अनुसार काम गर्नु पर्ने भयो। चौतारा फत्यजङ शाहले आफ्नो यस अपमानलाई सहन गर्न सकेनन् र तीर्थ श्राद्ध गर्न गया जान्छु भनी भारत पलायन भै बिरामी भएको बाहाना गरि गोरखपुरको आसपासमै रोकिएर रहे। यसको प्रतिक्रिया स्वरुप यिनलाई १२ लाख रुपैयाँको बाँकी लाग्यो र यसैबापत बि सं १९०१ बैशाखको आरम्भमा यिनको सर्वस्व समेत हरण भयो।
वि.सं. १९०० देखि १९०२ सम्म भारतको गयामा निर्वासित रहे।
दोश्रो कार्यकाल
वि.सं. १९०२ मा नेपाल फिर्ती आउदा जनरल पदवीबाट सम्मानित भए र सोही वर्ष पुनः मुख्तियार नियुक्त भए। उनको मन्त्रीमण्डलमा गगनसिंह खवास, अभिमानसिंह राना, जङ्गबहादुर कुँवर र दलभञ्जन पाँडे थिए।
गगनसिंहको हत्या
फत्तेजङ प्रधानमन्त्री र गगनसिंह प्रधानसेनापति भएपनी फत्तेजंग सँग चार पल्टन र गगनसिंह सँग सात पल्टनको तैनाथी थियो। त्यहीँ भएर प्रधानसेनापती प्रधानमन्त्री फत्तेजङको आदेशलाई अटेर गरिदिन्थे। फत्तेजङ यसैमा गुनासो थियो।
यता गगनसिंह चुरीफुरी पनि निकै बढेको थियो। उनी सामान्य भारदारहरू भुसुना जति पनि गन्दैनथे। रानीका दुई जना छोरालाई पढाउन्र बाहानामा रानीसँग उनको सम्पर्क निकै बढेको थियो। त्यही भएर राजालाई कुरा लगाउने काम पनि भारदारहरूले गरे।
त्यही भएर अब गगनसिंहलाई मार्न हत्याराको खोजी हुन थाल्यो।
कोत पर्व
कार्यकालमै रहँदा कोत पर्वमा उनको हत्या भयो।
सन्तान
यिनका ३ छोराहरू थिए; खड्ग विक्रम शाह (खड्ग बाबुसाहेब), गुरू प्रसाद शाह र गुण बहादुर शाह।
मृत्यु
यिनको हत्या वि.सं. १९०३ भदौ ३२ (- असोज २ ) गते हनुमान ढोका दरबारको कोतमा मच्चिएको विभत्सकारी कोत पर्वमा भएको हो। सो बेला उनी कोतमा गएका थिएनन् तर राजा राजेन्द्र स्वयं ले आदेश दिएका हुनाले मन नलागि नलागि कोतमा गएका थिए। उनले रानीलाई शान्त रहन आग्रह गरेका थिए।
अभिमान सिंह राना मारिए पछि कोतको पटांगीमा जङ्गबहादुरका भाइ कृष्णबहादुर र यिनका छोरा खड्ग विक्रम शाह बीच भनाभन चल्यो र पछि तरबार हानाहान भयो। सो घटनामा यिनका जेठा छोरा खड्गविक्रम शाह मारिएका थिए। छोरा मारिए पछि गगनसिंहको हत्याको सबै कुरा रानीलाई भन्न शिशमहल तिर गए। जङ्गबहादुरले रानीलाई केही पनि कुरा नभन्न उनलाई लाख बिन्ति गरे। तर उनी छोराको मृत्युको बदला लिन रानीलाई सबै कुरा भनिदिने भन्दै शिशमहल तिर गए।
त्यसपछि जङ्गबहादुरको आदेशमा राम मेहर अधिकारीले गोलि प्रहार गरी हत्या गरेका थिए।
चलचित्र
सम्बन्धित
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q4216923
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८९/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “फत्तेजङ्ग शाह।” नेपाली विश्वकोश, ६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AB%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A5%87%E0%A4%9C%E0%A4%99%E0%A5%8D%E0%A4%97_%E0%A4%B6%E0%A4%BE%E0%A4%B9। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). फत्तेजङ्ग शाह. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AB%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A5%87%E0%A4%9C%E0%A4%99%E0%A5%8D%E0%A4%97_%E0%A4%B6%E0%A4%BE%E0%A4%B9
@misc{ne_530,
title = {फत्तेजङ्ग शाह},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AB%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A5%87%E0%A4%9C%E0%A4%99%E0%A5%8D%E0%A4%97_%E0%A4%B6%E0%A4%BE%E0%A4%B9}},
year = {2026},
note = {Accessed 2026-11-12}
}
