
रणजंग पाँडे वि. सं. १८९४ साउनमा मुख्तियार (प्रधानमन्त्री) भिमसेन थापालाई पदच्युत गरिएपछि मुलुकको केन्द्रीय राजनीतिमा पकड बनाउन सफल भएका थिए। मुलुकको मुख्तियारी पण्डित रङ्गनाथ पौडेलले पाएका भएपनि उनको अधिकार क्षेत्र मुलुकी बन्दोवस्त र परराष्ट्र विभागमा मात्र सिमित थियो। रणजंग पाँडेले त्यसबेला जंगी विभागको जिम्मेवारी पाएका थिए। त्यसपछि तत्कालीन राजा राजेन्द्रको निर्देशन अनुसार उनको जफत भएको पारिवारिक जमीन फर्काइयो र उनका दाजु रणदल पाँडेलाई काजी बनाएर पाल्पा पठाइएको थियो।
मुख्यमन्त्री
वि. सं. १९९५ भाद्रमा रंगनाथ पण्डितले राजीनामा दिएपछि चौतारीया पुष्कर शाहलाई मुख्तियारी दिइयो र सोही वर्षको पुस महिनामा रणजंग पाँडे मुख्यमन्त्री बनाइए।
मुख्तियार
तत्कालीन जेठी रानी साम्राज्य लक्ष्मीको दबाबका कारण वि. सं. १८९७ साल माघ (इसं १८४० फेब्रुअरी १४)मा राजा राजेन्द्रविक्रम शाहले उनलाई मुख्तियार नियुक्त गरे। भीमसेन थापाको पतन पछि रणजङ पाण्डे सैनिक प्रमुखको पदमा बसे । नेपालमा कम्पनी अङ्ग्रेज फिरङ्गी विरोधी धारणा खूब बढ्यो । त्यही बेला सोमेश्वर किल्ला गौँडा कुरेका नेपाली सिपाहीहरू बडो अधैर्यसाथ बृटिश भारत अधीनका रामनगरका ९१ गाउँहरू लुट गरी फर्के। रणजङ पाँडे नै सैनिक प्रमुखको पदमा बसेका हुनाले श्री ५ राजेन्द्रले बृटिश भारतीयको दबाबमा रणजङको भरदारी खारेज गराए। वि.सं. १८९८ साल कात्तिक (इसं १८४० नोभेम्बर १)मा उनलाई सो पदबाट हटाइयो।
वि.सं. १९०० वेशाख ६ मा रणबम पाँडे , करवीर पाँडे , रणदल पाँडे लगायत पांच जना पाँडेहरूलाई काठमाडौँमा काटियो र त्यही ह्दयविदारक दृश्य काजी रणजंग पाँडेले देख्नासाथ तत्काल उनको ह्दयगति वन्द भई मृत्यु भयो ।
साम्राज्यलक्ष्मीको मृत्यु
१८९९ भदौमा हेटौंडामा जेठी महारानी साम्राज्यलक्ष्मीको मृत्यु भयो। उनको अक्स्मात मृत्युपछि उनको कृपापात्र भएको पाण्डे गुट अनाथ जस्तै भयो। जेठी महारानीको मृत्युपछि कान्छी महारानीका मनमा अर्कै पापमति पलाउन थाल्यो। उनी युवराज सुरेन्द्रलाई हटाएर आफ्ना छोरा रणेन्द्रलाई राजा बनाउन चाहन्थे। उनले दरबारिया भारदार र कर्मचारी, जंगी र निजामतीका मानिसलाई बिस्तारै आफ्नो गुटमा सामेल गर्न थालिन्।बुनी भित्र भित्र थापा गुट प्रति कृपाभाव राख्तथिन्। उनको अध्ययनमा माथवरसिंह थापा नै त्यस प्रकारको योग्य व्यक्ति थिए।
माथवर सिंह थापाको आगमन
राजा राजेन्द्रकी कान्छी रानी लक्ष्मीदेवीले भारतको सिमलामा निर्वासित जीवन बिताइरहेका माथवर्सिंह थापालाई बोलाउने निर्णय गरिन्। र विसं १९०० वैशाख ६ मा माथवर सिंह थापा काठमाडौंमा उत्रिए। राजधानी काठमाडौंमा उत्रिए पछि "सबैभन्दा पहिले मेरो थापा परिवार माथी लागेको विष मुद्धाको कलङ्कलाई नपखाली म आफ्नो घर पस्दिनँ।" भनी काठमाडौं सहरको पुछारमा रहेको एक सत्तलमा मुकाम गरि बसिरहे।
विषमुद्दा
दुई महिना जति पछि राजा राजेन्द्र र महारानी राज्य लक्ष्मी दुवैको सल्लाह अनुसार राजधानी काठमाडौं मा भारदारी बैठक पुनः डाकियो र थापा परिवार माथी लागेको पुरानो विषमुद्दाको सम्बन्धमा पुनर्विचार गर्ने भन्ने एउटा नाटकको पनि मञ्चन भयो। राजा र रानी दुवैको उपस्थितमा भएको यस भारदारीसभाले थापा परिवारलाई निर्दोष ठहर्याइदियो, पहिले पेस भएका सबै कागजात जाली ठहरिए र मुद्दाको जितापत्रका साथै जफत भएका आफ्ना घरजग्गा पनि सबै यिनीहरूले फिर्ता पाए।
भीमसेन थापामाथि लागेको कीर्ते मुद्दा दोहोर्याई रणजङ, रणदल, रणबम, करवीर, इन्द्रवीर पाण्डे र कनकसिंह महत लगायतका ३२ जनालाई ४७दिनसम्म खानतलासी गरी छानबिन गरियो। तदनुसार ८ जनालाई ज्यान सजाय, १ जना मुडिए, १ को नाक काटियो, १ को जिब्रो झिकियो, १ लाई ३००० सजाय र १ लाई दरबार प्रवेश निषेध गर्नुका साथै सर्वस्वहरण भयो। निर्वासनमा पर्नेमा ४० जना भन्दा धेरै भए।
काला पाँडेको दमन
यस मुद्दामा काला पाँडेहरू नै कसुरदार मानिए र जनरल भिमसेन थापा लाई आत्महत्या गर्न विवश तुल्याउने पनि यिनिहरू नै ठहरिन आए। पाँडे परिवारका कुलराज पाँडे, करवीर पाँडे , रणदल पाँडे तथा दलबहादुर पाँडे र यिनीहरूकै पक्षका रणबम थापा समेत पहिले नै कैद थिए। अनेकौं अफिसर थापा परिवार मानिई बिना अपराध खोसिए।
'न्याय' को यस नाटक मञ्चनमा थापा तथा पाँडे गुट दुवै तर्फबाट तटस्थ रहँदै आएका चौतारा फत्यजङ शाह आदि अन्य भाइ भारदार पनि रानी राज्यलक्ष्मीका डरले गर्दा चुपचाप जितापत्रको यस फैसलालाई समर्थन गर्न विवश थिए। यसै भारदारीसभामा जनरल माथवरसिंह थापाले लेखाएर ल्याएको जितापत्रको फैसलामा राजा राजेन्द्र तथा सभामा उपस्थित अन्य सबै भारदारले वि.सं १९०० आषाढ ३१ मा आआफ्ना सहमतिका छाप बाध्यतापूर्वक लगाइदिए।
हत्या
आफ्नै मानसिक कमजोरीले गर्दा जनरल भीमसेन थापाले आत्महत्या गरेका थिए। यसमा खास दोष कसैको थिएन। तर "अपराध अनुसारको सजाय गर्ने" निहुँ मा माथवर्सिंह थापाले पाँडे खलकको दमन गरे। करवीर पाँडे, रणदल पाँडे, कुलराज पाँडे, रणबम थापा तथा कनकसिंह बस्नेत आदि थापा बिरोधी भारदार एवम् यिनका परिवारलाई पनि यसै दिन मसानघाट लगी कटाइयो। यिनका परिवारका दुई वर्षका अबोध बालकहरूसम्मले पनि वचन पाएनन्।
विक्षिप्त भएर रोगशैय्यामा सुतिरहेका भूतपूर्व काजी रणजङ्ग पाँडेलाई पनि निर्दयतापूर्वक बेरुप गराई काठमाडौं सहरका गल्लीगल्लीमा घुमाएर अन्त्यमा विष खुवाई मराइयो।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q3930660
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८९/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “रणजङ्ग पाँडे।” नेपाली विश्वकोश, १७ अगस्ट २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B0%E0%A4%A3%E0%A4%9C%E0%A4%99%E0%A5%8D%E0%A4%97_%E0%A4%AA%E0%A4%BE%E0%A4%81%E0%A4%A1%E0%A5%87। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). रणजङ्ग पाँडे. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B0%E0%A4%A3%E0%A4%9C%E0%A4%99%E0%A5%8D%E0%A4%97_%E0%A4%AA%E0%A4%BE%E0%A4%81%E0%A4%A1%E0%A5%87
@misc{ne_505,
title = {रणजङ्ग पाँडे},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B0%E0%A4%A3%E0%A4%9C%E0%A4%99%E0%A5%8D%E0%A4%97_%E0%A4%AA%E0%A4%BE%E0%A4%81%E0%A4%A1%E0%A5%87}},
year = {2026},
note = {Accessed 2026-11-12}
}

