नयाँ र अद्यावधिक लेखहरू
भर्खरै थपिएका वा अद्यावधिक गरिएका लेख, पछिल्लो मिति अनुसार।
-
नेपालको संविधान
नेपालको संविधान २०७२ नेपाल राज्यको विद्यमान मूल विधान हो, जसले शासनको आधार, अधिकार र संरचना निर्धारण गर्छ। यो २०७२ असोज ३ (सेप्टेम्बर २०, २०१५) देखि कार्यान्वित छ र अन्तरिम संविधान २०६३ स्वतः निष्क्रिय गर्यो। संविधान दोस्रो संविधानसभाबाट पारित भई राष्ट्रपति…
-
नेपाल
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल दक्षिण एसियाको भूपरिवेष्ठित देश हो, जसको उत्तरमा चीन र अन्य तीन दिशामा भारत सन्निहित छन्। हिमालयको प्रमुख अंशमा फैलिएको यस राज्यको राजधानी काठमाडौँ हो। तराई, पहाड र हिमालका भूरूपहरू सम्मिलित नेपालमा विश्वका १० मध्ये ८…
-
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वशासित तथा स्वतन्त्र स्वास्थ्य विश्वविद्यालय हो। यो कर्णाली प्रदेशमा पर्ने जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा वि.सं. २०६८ मा स्थापना भएको हो। यहाँ जनस्वास्थ्य, नर्सिङ र चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालित छन्।…
-
साझा पुरस्कार
साझा पुरस्कार साझा प्रकाशनद्वारा स्थापित पुरस्कार हो ।
-
हिरासिंह खत्री
हिरासिंह खत्री एक नेपाली मूलका चलचित्रकर्मी थिए, जसले नेपालमा निर्मित पहिलो चलचित्र मानिने आमा (वि.सं. २०२१) को निर्देशन गरी नेपाली चलचित्र जगतमा अग्रगामी भूमिका निर्वाह गरेका थिए। राजा महेन्द्रको निमन्त्रणामा यस परियोजनाको नेतृत्व सम्हालेका खत्रीले तात्कालिन…
-
सावित्रा भण्डारी
साबित्रा भण्डारी (जन्म: १० जेठ २०५४) एक नेपाली महिला व्यावसायिक फुटबल खेलाडी हुन्। उनी हाल फ्रान्सेली लिग प्रोमियरको अँ आभोँ गेँगोँ नामक फुटबल क्लब र नेपाल महिला राष्ट्रिय फुटबल टोलीमा अग्रपङ्क्तिको रूपमा खेल्दै आएकी छिन्। सावित्रा भण्डारीको बुबाको नाम फम…
-
सुशीला कार्की
सुशीला कार्की (जन्म:२००९ जेठ २५) नेपालकी पूर्वप्रधानमन्त्री तथा सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश हुन्। उनी नेपालको प्रथम महिला प्रधानन्यायाधीश र नेपालको पहिलो महिला प्रधानमन्त्री पनि हुन्। प्रधानमन्त्री खड्गप्रसाद ओलीको अध्यक्षताको संवैधानिक परिषद्ले…
-
सुवर्ण शमशेर राणा
सुवर्ण सम्शेर राणा नेपालका २०औं प्रधानमन्त्री [ मन्त्रिपरिषद्को अध्यक्ष ] बरिष्ठ राजनीतिज्ञ हुन्। यिनी २०१५ सालमा १ वर्ष नेपालको प्रधानमन्त्री बनेका थिए। राणा परिवारमा जन्मेका यिनी राणा शासन विरूद्धको आन्दोलनमा व्यापक रूपमा लागेका थिए। यिनी नेपाली कांग्रेसको…
-
हनुमान ढोका
हनुमान ढोका वा वसन्तपुर दरवार वसन्तपुर दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक दरबार हो। यो दरबार लगायत यस क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन तथा मन्दिरहरू राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्। त्यस क्षेत्रमा अन्य महत्त्वपूर्ण…
-
कोइरी
कुशवाहा (कोइरी) तराई मा वसोवास गर्ने एक उच्च जाति हो । नेपालमा कुशवाहा समुदायको जनसंख्या करिब १.२२% जति रहेको छ। यसको संख्या करिब ३ लाख ५५ हजार भन्दा बढी छ। यो समुदाय मुख्य रूपमा मधेश प्रदेश, कोशी प्रदेश, लुम्बिनी प्रदेश का जिल्लाहरूमा बढी बसोबास गर्छन् र…
-
नेपालको प्रवेशाज्ञा नीति
नेपालको प्रवेशाज्ञा नीतिले अधिकांश देशका नागरिकलाई अनलाइन पर्यटक प्रवेशाज्ञा वा अन अराइभल प्रवेशाज्ञा प्राप्त गर्न अनुमति दिन्छ भने भारतका नागरिकलाई आवतजावतको स्वतन्त्रता दिइएको छ। तर, अन्य मुलुकका नागरिकले भने नेपाली कूटनीतिक नियोगमध्ये कुनै एकबाट…
-
खिलराज रेग्मी
खिलराज रेग्मी नेपालका पूर्व प्रधानमन्त्री हुन्। सर्वोच्च अदालतको प्रधानन्यायाधीश बहाल रहेकै बेला यिनलाई संविधानको बाधा अड्काऊ फुकाउँदै प्रधानमन्त्रीको रूपमा नियुक्त गरिएको हो। २०६४ सालमा निर्वाचित संविधान सभाले संविधान बनाउन नसकेपछि अन्योगग्रस्त बनेको नेपालको…
-
रणजित मल्ल
रणजीत मल्ल, भक्तपुरका अन्तिम राजा थिए। उनका छोरा वीर नरसिंह, पृथ्वी नारायण शाहका मित रहेका थिए। उनकै पालामा पृथ्वीनारायण शाहले भक्तपुरमा कब्जा जमाएका थिए । उपत्यकाकै सबैभन्दा शक्तिशाली र वैभवशाली राज्य हातमा लिएपछि नै गोरखाली राजाको उपत्यका विजययात्रा…
-
शारदा शर्मा
शारदा शर्मा (अङ्ग्रेजी: Sharada Sharma जन्म सन् १९५८, अक्टोबर १९ विक्रम सम्बत्: २०१५, कार्तिक ०४) नेपाली भाषाकी साहित्यकार हुन् । उनी नेपाली साहित्यका कविता, कथा, उपन्यास, समालोचना, निबन्ध र यात्रा संस्मरण विधामा कलम चलाउने स्रष्टा हुन् ।
-
जयप्रकाश मल्ल
जयप्रकाश मल्ल नेपालको इतिहासमा मल्लकालका प्रसिद्ध तथा कान्तिपुरका (काठमाडौँका) अन्तिम मल्ल राजा थिए। जयप्रकाश मल्ल साहसी र वीर राजा थिए, तर शंकाधारी र क्रोधी पनि थिए। आफ्नो शासनकालको अधिकांश समय उनले भाइ-भारदार तथा बाह्य चुनौतीको सामना तथा शक्तिसङ्घर्षमा…
-
नरदेवी मन्दिर
नरदेवी मन्दिर वा न्यतभुलु अजिमा काठमाडौँ महानगरपालिका वडा नं. १८ मा अवस्थित श्वेतकाली भगवतीलाई भनिन्छ। न्यतभुलु अजिमालाई शक्तिस्वरूपिणी कालीहरू मध्ये सबैभन्दा शान्त स्वभावकी मानिन्छ। न्यतभुलु अजिमाको आराधना गर्नाले सुख, समृद्धि र मनोकामना पूरा हुन्छ भन्ने…
-
चण्डेश्वरी मन्दिर
चण्डेश्वरी मन्दिर बनेपामा मात्र हैन, पूरा काठमाडौँ उपत्यकामा भरि नै प्रख्यात रहेकोछ। धेरै नेवार समुदाय चण्डेश्वरीलाई कुलदेवी या इष्टदेवीको रूपमा पुज्ने गर्दछन।यी देवीलाई सनातन हिन्दू धर्मावलम्बीहरू चण्डेश्वरी भनेर मान्दछन् ,महायान बौद्धमार्गीहरू रक्षकको रूपमा…
-
तालबाराही मन्दिर
तालबाराही मन्दिर कास्की जिल्लाको पोखरा स्थित प्रसिद्ध मन्दिर हो । फेवातालको बिचमा रहेको यो मन्दिरमा हमेशा दर्शकको भीडभाड रहन्छ । हिन्दु धर्माबलम्बी को मन्दिर भएता पनि सबै धर्मका व्यक्तिहरु यहाँ प्रवेश पाउँदछन् ।
-
गोकर्णेश्वर मन्दिर
गोकर्णेश्वर महादेवको मन्दिर नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत वाग्मती अञ्चलमा पर्ने काठमाडौ जिल्लाको गोकर्ण गाविसमा अवस्थित छ । यो मन्दिर नेपालकै एक प्राचीन र महत्त्वपूर्ण मन्दिर हो । यो मन्दिर काठमाडौँको ५ माइल पूर्व गोकर्ण गाउँमा पवित्र वाग्मती…
-
चन्दननाथ दत्तात्रय
जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा स्थित चन्दननाथ मन्दिर जुम्लाकै प्रसिद्ध मन्दिर हो । यस मन्दिरलाई दत्तात्रय मन्दिर पनि भनिन्छ । यो मन्दिरमा पूजाआजा नगरे देशमा अनिष्ट हुन्छ भन्ने भनाइ छ । घटस्थापनाको दिन मन्दिरको लिङ्गो फेर्ने चलन छ । दशैंमा सामान्य घुइँचो…
-
यमबुद्ध
अनिल अधिकारी; (२०४४ जेठ १६ - २०७३ माघ २) एक नेपाली र्यापर थिए। उनलाई नेपाली हिपहपका सबैभन्दा प्रभावशाली र्यापरहरू मध्ये एक मानिन्छ र प्रायः "नेपहपको राजा" भनेर चिनिन्छ। उनका गीतहरू साथी, आमा, आउँदैछु छु मा, यो प्रसङ्ग, अन्त्यको सुरुवत आदि लोकप्रिय छन्। उनी…
-
रोविन तामाङ
रोविन तामाङ एक नेपाली गायक, सङ्गीतकार, अभिनेता र रक ब्यान्ड रोबिन र न्यु रिभोल्युसनका संस्थापक हुन्।
-
शम्भुजित बास्कोटा
शम्भुजित बास्कोटा नेपाली संगीतकार, गायक र गीतकार हुन्। उहाँलाई नेपाली सिनेमाको सबैभन्दा लोकप्रिय र प्रख्यात संगीत रचनाकार र गायकहरू मध्ये एक मानिन्छ। उनले ३५५ भन्दा बढी नेपाली चलचित्र, २,००० भन्दा बढी नेपाली आधुनिक गीत, लोकगीत र भजन (धार्मिक गीत) मा संगीत…
-
कोइलीदेवी
कोइलीदेवी माथेमा (वि. सं. १९८७- वि. सं. २०६४) प्रख्यात नाम कोइलीदेवी नेपाली गायिका हुन्।