नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

सावित्रा भण्डारी

साबित्रा भण्डारी (जन्म: १० जेठ २०५४) एक नेपाली महिला व्यावसायिक फुटबल खेलाडी हुन्। उनी हाल फ्रान्सेली लिग प्रोमियरको अँ आभोँ गेँगोँ नामक फुटबल क्लब र नेपाल महिला राष्ट्रिय फुटबल टोलीमा अग्रपङ्क्तिको रूपमा खेल्दै आएकी छिन्। सावित्रा भण्डारीको बुबाको नाम फम बहादुर भण्डारी तथा आमाको नाम मुना भण्डारी हो।

अद्यावधिक: १० नोभेम्बर २०२६ ४,८४३ शब्द · २७ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

साबित्रा भण्डारी (जन्म: १० जेठ २०५४) एक नेपाली महिला व्यावसायिक फुटबल खेलाडी हुन्। उनी हाल फ्रान्सेली लिग प्रोमियरको अँ आभोँ गेँगोँ नामक फुटबल क्लब र नेपाल महिला राष्ट्रिय फुटबल टोलीमा अग्रपङ्क्तिको रूपमा खेल्दै आएकी छिन्। सावित्रा भण्डारीको बुबाको नाम फम बहादुर भण्डारी तथा आमाको नाम मुना भण्डारी हो।

उनले यस अघि सशस्त्र प्रहरी बल क्लबबाट पनि व्यावसायिक फुटबल खेलेकी थिइन्। उनी फुटबल मैदानमा अग्रपङ्क्तिबाट खेल्छिन्। नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले समेत परिचित साबित्रा नेपाली महिला टोलीका लागि हालसम्म ५० भन्दा बढी गोल गरिसकेकी छिन्। सावित्रा भण्डारी हाल नेपाली महिला फुटबल टोलीको सर्वाधिक उच्च गोलकर्ता हुन्। उनले अनु लामाको ३५ अन्तर्राष्ट्रिय गोलको किर्तिमान भङ्ग गर्दै यो सफलता हात पारेकी थिइन्। साथै साबित्रा कुनै पनि एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी हुन्। यसो त साबित्रा नेपाली राष्ट्रिय महिला टोलीमा आउनु भन्दा पहिले भलिबल खेलमा आबद्ध रहेकी थिइन्, भने उनी एथलेटिक्स खेलमा पनि उत्तिकै सक्रिय अनि सफल रहेकी थिइन्

सन् २०१९ मा भारतमा आयोजना भएको २०१९ हिरो महिला गोल्डकपमा नेपालले दोस्रो स्थान हासिल गर्दा सावित्राले प्रतियोगिताको सर्वाधिक उच्च गोलकर्ताको पुरस्कार जित्न सफल भएकी थिइन्। उनले उक्त प्रतियोगिता अन्तर्गत नेपालले इतिहासमै पहिलोपटक भारतलाई हराएउने क्रममा २ गोल गरेकी थिइन् भने बाँकी दुई गोल भने इरान विरूद्व गरेकी थिइन्। उनलाई हाल नेपाली राष्ट्रिय महिला टोलीको मुख्य अग्रपङ्क्तिको खेेलाडीको रूपमा लिइने गरिन्छ भने वर्तमानमा नेपाली टोलीका लागि उनलाई सदावहार गोल यन्त्रमा रूपमा पनि लिने गरिन्छ।

सावित्रा भण्डारी सन् २०१९ का लागि भारतीय महिला फुटबल लिगका लागि नेपाली अर्कि महिला खेलाडी अनिता बस्नेतसँग सेतु क्लबमा अनुबन्ध भएकी थिइन्। सेतुसँग अनुबन्ध पछि क्लबको पहिलो खेलमा अनिता बस्नेत भन्दा अगाडि नै प्रदापण गरेका कारण सावित्रा पहिलो अन्तर्राष्ट्रिय क्षेत्रमा आधिकारिक व्यवसायीक महिला फुटबल लिग खेल्ने प्रथम महिला बनेकी थिइन्। यस अघि उनले देशबाहिर माल्दिभ्स यरपोर्ट कम्पनी तथा माल्दिभ्स पुलिस क्लब क्लबबाट माल्दिभ्स महिला फुटसल लिगमा सहभागीता जनाए पनि उक्त प्रतियोगिता आधिकारिक फुटबल प्रतियोगिता भने थिएन। उनले सेथु क्लबको तर्फबाट २०१९ भारतीय महिला लिगको उपाधि जितेकी थिइन्। उनले उक्त प्रतियोगितामा कुल ७ खेलमा जम्मा १५ गोल गर्न सफल भएकी थिइन्।

सावित्रा भण्डारी २०७५ सालमा उत्कृष्ट प्रदर्शनी गरेको कारण नेपाली खेलकुद जगतको सर्वाधिक उच्च पुरस्कार पल्सर स्पोर्ट्स अवार्ड २०७५ उत्कृष्ट महिला वर्ष खेलाडीबाट सम्मानित भएकी थिइन्। यस्तै उनले पल्सर स्पोर्ट्स अवार्ड २०७५ अन्तर्गत पिपुल च्वाइस अवार्डमा दोस्रो भएकी थिइन्। उनले २०७६ सालको संविधान दिवसको अवसरमा राष्ट्रपति मार्फत जन सेवा श्री पञ्चम श्रेणी पदक प्राप्त गरेकी थिइन्। अन्तर्राष्ट्रिय फुटबलमा गरेको उत्कृष्ट प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल सरकारले २०५६ सालमा साबित्रा भण्डारीलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरेको थियो।

अन्तर्राष्ट्रिय खेलहरू

सङ्केत
सावित्रा भण्डारीले खेलेका अन्तर्राष्ट्रिय खेलहरूमा अन्तर्राष्ट्रिय गोल गर्न सफल खेलहरू
खेल नम्बर. मिति विपक्ष टोली नतिजा खेल अङ्क स्थान प्रतियोगिता गरेको गोल
१. १२ नोभेम्बर २०१४  भुटान जित ८-० जिन्ना खेलकुद रङ्गशाला २०१४ महिला साफ च्याम्पियनसिप १
२. १४ नोभेम्बर २०१४  पाकिस्तान जित २-० जिन्ना खेलकुद रङ्गशाला २०१४ महिला साफ च्याम्पियनसिप ०
३. १६ नोभेम्बर २०१४  पाकिस्तान जित ३-० जिन्ना खेलकुद रङ्गशाला २०१४ महिला साफ च्याम्पियनसिप ०
४. १९ नोभेम्बर २०१४  बङ्गलादेश जित १-० जिन्ना खेलकुद रङ्गशाला २०१४ महिला साफ च्याम्पियनसिप (सेमिफाइनल) ०
५. २१ नोभेम्बर २०१४  भारत हार ०-६ जिन्ना खेलकुद रङ्गशाला २०१४ महिला साफ च्याम्पियनसिप (फाइनल) ०
६. ५ फेब्रुअरी २०१६  बङ्गलादेश जित ३-० जवाहरलाल नेहरु रङ्गशाला दक्षिण एसियाली खेलकुद ०
७. ५ फेब्रुअरी २०१६  बङ्गलादेश जित ३-० जवाहरलाल नेहरु रङ्गशाला दक्षिण एसियाली खेलकुद ०
८. ७ फेब्रुअरी २०१६  माल्दिभ्स जित २-० जवाहरलाल नेहरु रङ्गशाला दक्षिण एसियाली खेलकुद ०
९. ११ फेब्रुअरी २०१६  भारत बराबर ०-० जवाहरलाल नेहरु रङ्गशाला दक्षिण एसियाली खेलकुद ०
१०. १३ फेब्रुअरी २०१६  श्रीलङ्का जित ४-० जवाहरलाल नेहरु रङ्गशाला दक्षिण एसियाली खेलकुद २
११. १५ फेब्रुअरी २०१६  भारत जित ०-४ जवाहरलाल नेहरु रङ्गशाला दक्षिण एसियाली खेलकुद (फाइनल) ०
१२. १७ डिसेम्बर २०१६  मलेसिया जित १-० एन्फा कम्प्लेक्स सातदोबाटो, ललितपुर, नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल १
१३. २६ डिसेम्बर २०१६  भुटान जित ८-० कञ्चनजङ्घा रंगशाला, सिलिगुरी, भारत २०१६ साफ महिला च्याम्पियनसिप ६
१४. २८ डिसेम्बर २०१६  माल्दिभ्स जित ९-० कञ्चनजङ्घा रंगशाला, सिलिगुरी, भारत २०१६ साफ महिला च्याम्पियनसिप ५
१५. ३१ डिसेम्बर २०१६  श्रीलङ्का जित १-० कञ्चनजङ्घा रंगशाला, सिलिगुरी, भारत २०१६ साफ महिला च्याम्पियनसिप ०
१६. २ जनवरी २०१७  भारत हार १-३ कञ्चनजङ्घा रंगशाला, सिलिगुरी, भारत २०१६ साफ महिला च्याम्पियनसिप (सेमिफाइनल) १
१७. २२ मे २०१७  मलेसिया बराबर १-१ लिकस रंगशाला, मलेसिया अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल १
१८. २४ मे २०१७  मलेसिया हार १-४ युएमएस रंगशाला, मलेसिया अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल ०
१९. ८ नोभेम्बर २०१८  भारत बराबर १-१ थुउन्ना रंगशाला, म्यानमार २०२० ओलम्पिक एएफसी छनोट - पहिलो चरण ०
२०. ११ नोभेम्बर २०१८  म्यानमार बराबर १-१ थुउन्ना रंगशाला, म्यानमार २०२० ओलम्पिक एएफसी छनोट - पहिलो चरण १
२१. १३ नोभेम्बर २०१८  बङ्गलादेश बराबर १-१ थुउन्ना रंगशाला, म्यानमार २०२० ओलम्पिक एएफसी छनोट - पहिलो चरण ०
२२. ९ फेब्रुअरी २०१९  म्यानमार हार ३-० कालिङ्गा रंगशाला, भुवनेश्वर, भारत २०१९ हिरो गोल्डकप ०
२३. ११ फेब्रुअरी २०१९  भारत जित २-१ कालिङ्गा रंगशाला, भुवनेश्वर, भारत २०१९ हिरो गोल्डकप २
२४. १३ फेब्रुअरी २०१९  इरान जित ३-० कालिङ्गा रंगशाला, भुवनेश्वर, भारत २०१९ हिरो गोल्डकप २
२५. १५ फेब्रुअरी २०१९  म्यानमार हार ०-३ कालिङ्गा रंगशाला, भुवनेश्वर, भारत २०१९ हिरो गोल्डकप ०
२६. १२ मार्च २०१९  भुटान जित ३-० सहिद रङ्गशाला, विराटनगर, नेपाल २०१९ साफ महिला च्याम्पियनसिप १
२७. १६ मार्च २०१९  बङ्गलादेश जित ३-० सहिद रङ्गशाला, विराटनगर, नेपाल २०१९ साफ महिला च्याम्पियनसिप १
२८. २० मार्च २०१९  श्रीलङ्का जित ४-० सहिद रङ्गशाला, विराटनगर, नेपाल २०१९ साफ महिला च्याम्पियनसिप (सेमिफाइनल) १
२९. २२ मार्च २०१९  भारत हार १-२ सहिद रङ्गशाला, विराटनगर, नेपाल २०१९ साफ महिला च्याम्पियनसिप (फाइनल) १
३०. ३ अप्रिल २०१९  म्यानमार हार १-३ मन्दलर्थीरी रंगशाला, म्यानमार २०२० ओलम्पिक एएफसी छनोट - दोस्रो चरण ०
३१. ६ अप्रिल २०१९  भारत हार १-३ मन्दलर्थीरी रंगशाला, म्यानमार २०२० ओलम्पिक एएफसी छनोट - दोस्रो चरण ०
३२. ९ अप्रिल २०१९  इन्डोनेसिया जित २-१ बहोट्टो रंगशाला, म्यानमार २०२० ओलम्पिक एएफसी छनोट - दोस्रो चरण २
३३. ०८ सेप्टेम्बर २०१९  किर्गिस्तान जित ८-२ कराकोल, किर्गिस्तान २०१९ नादेझ्दा कप ४
३४. ०९ सेप्टेम्बर २०१९  उज्बेकिस्तान हार ०-२ कराकोल, किर्गिस्तान २०१९ नादेझ्दा कप ०
३५. १० सेप्टेम्बर २०१९  ताजिकिस्तान जित १-१ कराकोल, किर्गिस्तान २०१९ नादेझ्दा कप १
३६. १२ सेप्टेम्बर २०१९  उज्बेकिस्तान हार २-३ कराकोल, किर्गिस्तान २०१९ नादेझ्दा कप (फाइनल) २
३७ ०३ डिसेम्बर २०१९  श्रीलङ्का जित १-० पोखरा रङ्गशाला, पोखरा, नेपाल दक्षिण एसियाली खेलकुद ०
३८ ०५ डिसेम्बर २०१९  माल्दिभ्स जित ३-० पोखरा रङ्गशाला, पोखरा, नेपाल दक्षिण एसियाली खेलकुद ३
३९ ०७ डिसेम्बर २०१९  भारत हार ०-१ पोखरा रङ्गशाला, पोखरा, नेपाल दक्षिण एसियाली खेलकुद ०
४० ०९ डिसेम्बर २०१९  भारत हार ०-२ पोखरा रङ्गशाला, पोखरा, नेपाल दक्षिण एसियाली खेलकुद फाइनल ०
४१. ०६ सेप्टेम्बर २०२२  भुटान जित ४-० दशरथ रंगशाला, काठमाडौं, नेपाल २०२२ महिला साफ च्याम्पियनसिप २
४२. १९ सेप्टेम्बर २०२२  बङ्गलादेश हार १-३ दशरथ रंगशाला, काठमाडौं, नेपाल २०२२ महिला साफ च्याम्पियनसिप(फाइनल) ०

०

४३ १५ फेब्रुअरी २०२३  भारत हार २-२ भारत मैत्रिपूर्ण खेल २
४३ १८ फेब्रुअरी २०२३  भारत बराबर ०-० भारत मैत्रिपूर्ण खेल ०
४४ ५ अप्रिल २०२३ ढाँचा:Country data VIT हार १-५ भारत ओलम्पिक गेम-छनोट चरण १

अन्य खेल विवरण

अन्तर्राष्ट्रिय मान्यता प्राप्त बाहेक अन्य टोलीसँग नेपालले प्रतिस्पर्धा गर्दा सावित्रा भण्डारीले नेपालका लागि सहभागी जनाएका खेलहरू :-

खेल नम्बर. मिति विपक्ष टोली नतिजा खेल स्कोर स्थान प्रतियोगिता
१. २९ अक्टोबर २०१८ बेइजिङ बिजी फोनीक्स एफसी हार १-४ छिन्नानोङ्टान, बेइजिङ्, चाइना मैत्रीपुर्ण खेल
२. ३० अक्टोबर २०१८ बेइजिङ खेलकुद विश्वविद्यालय जित ३-० छिन्नानोङ्टान, बेइजिङ्, चाइना मैत्रीपुर्ण खेल
३. ३१ अक्टोबर २०१ बेइजिङ बिजी फोनीक्स एफसी हार १-२ छिन्नानोङ्टान, बेइजिङ्, चाइना मैत्रीपुर्ण खेल

अन्तर्राष्ट्रिय गोलहरू

नम्बर. मिति स्थान विपक्ष गोल अवस्था अन्तिम नतिजा प्रतियोगिता
१. ६ सेप्टेम्बर २०१४ जीनाह स्पोर्ट्स रंगशाला, इस्लामावाद, पाकिस्तान  भुटान ८–० ८–० २०१४ साफ महिला च्याम्पियनसिप
२./३. १३ फेब्रुअरी २०१६ नेहरू रंगशाला, भारत  श्रीलङ्का २–०
३–०
८–० २०१६ दक्षिण एसियाली खेलकुद
४. १७ डिसेम्बर २०१६ एन्फा कम्प्लेक्स हल, सातदोबाटो, नेपाल  मलेसिया १–० १–० मैत्रीपूर्ण खेल
५./६./७./८./९./१०. २६ डिसेम्बर २०१६ कञ्चनजङ्गा रंगशाला, सिलिगुडी, भारत  भुटान १–०
२–०
३–०
४–०
५–०
६–०
८–० २०१६ साफ महिला च्याम्पियनसिप
११./१२./१३./१४./१५. २८ डिसेम्बर २०१६ कञ्चनजङ्गा रंगशाला, सिलिगुडी, भारत  माल्दिभ्स १–०
२–०
३–०
४–०
५-०
९–० २०१६ साफ महिला च्याम्पियनसिप
१६. २ जनवरी २०१७ कञ्चनजङ्गा रंगशाला, सिलिगुडी, भारत  भारत १-२ १–३ २०१६ साफ महिला च्याम्पियनसिप-सेमिफाइनल
१७. २२ मे २०१७ लिकास रंगशाला, सिलिगुडी, मलेसिया  मलेसिया १-१ १–१ मैत्रीपुर्ण खेल
१८. ११ नोभेम्बर २०१८ थुवान्ना रंगशाला, याङ्गोङ, म्यानमार  म्यानमार १-० १–१ २०२० ओलम्पिक छनोट-पहिलो चरण
१९./२०. ११ फेब्रुअरी २०१९ कालीङ्गा रङ्गशाला, भुबनेश्वर, भारत  भारत १-०
२-०
२-१ हिरो गोल्डकप
२१./२२. १३ फेब्रुअरी २०१९ कालीङ्गा रङ्गशाला, भुबनेश्वर, भारत  इरान २-०
३-०
३-० हिरो गोल्डकप
२३. १२ मार्च २०१९ सहिद रङ्गशाला, विराटनगर  भुटान २-० ३-० २०१९ साफ महिला च्याम्पियनसिप
२४. १६ मार्च २०१९ सहिद रङ्गशाला, विराटनगर  बङ्गलादेश २-० ३-० २०१९ साफ महिला च्याम्पियनसिप
२५. २० मार्च २०१९ सहिद रङ्गशाला, विराटनगर  श्रीलङ्का ३-० ४-० २०१९ साफ महिला च्याम्पियनसिप
सेमिफाइनल
२६. २२ मार्च २०१९ सहिद रङ्गशाला, विराटनगर  भारत १-१ १-३ २०१९ साफ महिला च्याम्पियनसिप
फाइनल
२७./२८. ०९ अप्रिल २०१९ बाह्ट्ओ रङ्गशाला, मन्डेल्या, म्यानमार  इन्डोनेसिया १-०
२-०
२-१ २०२० ओलम्पिक छनोट-दोस्रो चरण
२९./३०./३१./३२. ०८ सेप्टेम्बर २०१९ किर्गिस्तान राष्ट्रिय रङ्गशाला  किर्गिस्तान १-०
२-१
४-२
७-२
८-२ २०१९ नादेझ्दा कप
३३. १० सेप्टेम्बर २०१९ किर्गिस्तान राष्ट्रिय रङ्गशाला  ताजिकिस्तान १-० १-० २०१९ नादेझ्दा कप
३४./३५. १२ सेप्टेम्बर २०१९ किर्गिस्तान राष्ट्रिय रङ्गशाला  उज्बेकिस्तान १-३
२-३
२-३ २०१९ नादेझ्दा कप (फाइनल)
३६./३७./३८. ०९ अक्टोबर २०१९ पोखरा रङ्गशाला, पोखरा, नेपाल  माल्दिभ्स १-०
२-०
३-०
३-० दक्षिण एसियाली खेलकुद २०१९
३९./४० ०६ सेप्टेम्बर २०२२ दशरथ रङ्गशाला, काठमाडौं, नेपाल  भुटान १-०
२-०
४-० २०२२ साफ महिला च्याम्पियनसिप

अन्तर्राष्ट्रिय तथ्याङ्क

वर्ष खेल गोल
२०१४ ५ १
२०१५ ० ०
२०१६ १० १४
२०१७ ३ २
२०१८ ३ १
२०१९ १८ २१
२०२० ० ०
२०२१ ० ०
२०२२ २ २
२०२३ २ ३
जम्मा ४४ ४३

प्रतियोगिता अनुसार गोल

प्रतियोगिता खेल गोल
साफ च्याम्पियनसिप १५ १९
सााग गेम १० ५
मैत्रीपूर्ण ४ ४
ओलम्पिक छनोट ७ ४
हिरो गोल्डकप ४ ४
२०१९ नादेझ्दा कप ४ ७
जम्मा ४४ ४३

विपक्ष विरुद्ध विवरण

सङ्ख्या विपक्ष खेल गोल पहिलो खेल
१.  भुटान ४ १० १२ नोभेम्बर २०१४
२.  पाकिस्तान १ ० १४ नोभेम्बर २०१४
३.  श्रीलङ्का ५ ३ १६ नोभेम्बर ?२०१४
४.  बङ्गलादेश ६ १ १९ नोभेम्बर २०१४
५.  भारत ११ ६ २१ नोभेम्बर २०१४
६.  माल्दिभ्स ३ ८ ७ फेब्रुअरी २०१६
७.  मलेसिया ३ २ १७ डिसेम्बर २०१६
८.  म्यानमार ४ १ ११ नोभेम्बर २०१८
९.  इरान १ २ १३ फेब्रुअरी २०१९
१०.  इन्डोनेसिया १ २ ०९ अप्रिल २०१९
११.  किर्गिस्तान १ ४ ०८ सेप्टेम्बर २०१९
१२.  उज्बेकिस्तान २ २ ०९ सेप्टेम्बर २०१९
१३.  ताजिकिस्तान १ १ १० सेप्टेम्बर २०१९
जम्मा कुल १३ राष्ट्र विरुद्ध ४३ ४२ डेब्यु १२ नोभेम्बर २०१४

 भुटान विरुद्ध

देश बाहिरका क्लबहरू

  • सावित्रा नेपाली महिला फुटबल जगतमा सधैं सशस्त्र प्रहरी बलको महिला टोलीबाट खेल्ने गर्दछन्, त्यस बाहेक नेपाल बाहिर रहेर सावित्रा सहभागीता जनाएको क्लब तथा खेलेका खेल तथा गोलका विवरणहरू :-
वर्ष टोली खेल गोल
२०१७ माल्दिभ्स महिला यरपोर्ट कम्पनी टोली ४ १३
२०१८ माल्दिभ्स महिला पुलिस क्लब ५ १५
२०१९ सेतु महिला फुटबल क्लब ७ १५
जम्मा २ देशका ३ क्लबहरू १६ ५३

नेपाल

  • नादेझ्दा कप
    • उपविजेता (१) : २०१९

क्लब

एपीएफ क्लब

एपीएफ क्लबबाट जितेका मुख्य उपाधिहरू:

  • राखेप च्याम्पियनसिप
    • स्वर्ण पदक (१):२०७४
  • प्रधान सेनापति कप
    • विजेता :-२०७२, २०७३, २०७४, २०७५
  • नेपाल राष्ट्रिय महिला लिग
    • विजेता :-२०७२, २०७४, २०७५, २०७७, २०७८

माल्दिभ्स पुलिस टोली

  • विमिन फुटसल फिस्टेल
    • उपविजेता :- २०१७-१८

सेथु क्लब

  • भारतीय महिला लिग
    • विजेता :- २०१९

व्यक्तिगत सम्मानहरू

  • २०१६ साफ महिला च्याम्पियनसिप सर्वाधिक गोलकर्ता,
  • प्रधानसेनापती अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता उत्कृष्ट खेलाडी २०७३,
  • सातौँ राष्ट्रिय खेलकुद २०७३ महिला फुटबल उत्कृष्ट खेलाडी,
  • सातौँ राष्ट्रिय खेलकुद २०७३ महिला फुटबल सर्वाधिक गोलकर्ता,
  • २०१७ विमिन फुटसल फिस्टेल क्वीन अफ द टुर्नामेन्ट,
  • २०१७ विमिन फुटसल फिस्टेल सर्वाधिक गोलकर्ता,
  • प्रधानसेनापती अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता उत्कृष्ट स्ट्राइकर २०७५,
  • महिला लिग फुटबल प्रतियोगिता २०७२ उत्कृष्ट खेलाडी,
  • प्रधान सेनापति अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता उत्कृष्ट स्ट्राइकर २०७२,
  • २०१८ विमिन फुटसल फिस्टेल क्वीन अफ द टुर्नामेन्ट,
  • २०१८ विमिन फुटसल फिस्टेल सर्वाधिक गोलकर्ता,
  • महिला लिग फुटबल प्रतियोगिता २०७४ उत्कृष्ट खेलाडी,
  • महिला लिग फुटबल प्रतियोगिता २०७४ उत्कृष्ट स्ट्राइकर,
  • महिला लिग फुटबल प्रतियोगिता २०७४ सर्वाधिक गोलकर्ता (६ खेल २९ गोल),
  • महिला राष्ट्रिय लिग २०७५ उत्कृष्ट खेलाडी,
  • एनएनआइपी उत्कृष्ट फुटबल खेलाडी २०७४,
  • २०१९ हिरो महिला गोल्डकप (भारत) सर्वाधिक गोलकर्ता,
  • २०१९ साफ महिला च्याम्पियनसिप सर्वाधिक गोलकर्ता,
  • प्लेयर अफ दि फाइनल २०१९ भारतीय महिला लिग
  • पल्सर स्पोर्ट्स अवार्ड २०७५ वर्ष उत्कृष्ट महिला खेलाडी
  • २०१९ नादेझ्दा कप सर्वाधिक गोलकर्ता
  • पल्सर स्पोर्ट्स अवार्ड २०७५६ वर्ष उत्कृष्ट महिला खेलाडी
  • महिला लिग फुटबल प्रतियोगिता २०७७ सर्वाधिक गोलकर्ता (१० खेल ४३ गोल),
  • महिला लिग फुटबल प्रतियोगिता २०७७ उत्कृष्ट स्ट्राइकर
  • मुख्यमन्त्री विवाइसी महिला गोल्ड कप फुटबल प्रतियोगिता २०८८ सर्वाधिक गोलकर्ता
  • पल्सर स्पोर्टस अवार्ड दशक उत्कृष्ट महिला खेलाडी अवार्ड(२०७८/२०२०)

व्यक्तिगत पदकहरू

  • राष्ट्रिय प्रतिभा पुरस्कार-२०७६

बाह्य कडीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q28062337
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७१/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “सावित्रा भण्डारी।” नेपाली विश्वकोश, १० नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B8%E0%A4%BE%E0%A4%B5%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BE_%E0%A4%AD%E0%A4%A3%E0%A5%8D%E0%A4%A1%E0%A4%BE%E0%A4%B0%E0%A5%80। हेरिएको: १२ नोभेम्बर २०२६।