नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
धर्म र दर्शन

नरदेवी मन्दिर

नरदेवी मन्दिर वा न्यतभुलु अजिमा काठमाडौँ महानगरपालिका वडा नं. १८ मा अवस्थित श्वेतकाली भगवतीलाई भनिन्छ। न्यतभुलु अजिमालाई शक्तिस्वरूपिणी कालीहरू मध्ये सबैभन्दा शान्त स्वभावकी मानिन्छ। न्यतभुलु अजिमाको आराधना गर्नाले सुख, समृद्धि र मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ।

अद्यावधिक: ७ नोभेम्बर २०२६ १९० शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास
नरदेवी मन्दिर
नरदेवी मन्दिर

नरदेवी मन्दिर वा न्यतभुलु अजिमा काठमाडौँ महानगरपालिका वडा नं. १८ मा अवस्थित श्वेतकाली भगवतीलाई भनिन्छ। न्यतभुलु अजिमालाई शक्तिस्वरूपिणी कालीहरू मध्ये सबैभन्दा शान्त स्वभावकी मानिन्छ। न्यतभुलु अजिमाको आराधना गर्नाले सुख, समृद्धि र मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ।

नामाकरण

यस देवीले पहिले नर अर्थात् मानिसहरूको बलि लिने हुनाले यस देवीलाई नरदेवी भनेको मानिन्छ। हाल यसरी नरबलि दिने चलन भने छैन। नरदेवीलाई न्यतपाच्वः वा नेटपाचो अजिमा पनि भनिन्छ।

स्थान

काठमाडौँ महानगरपालिका वडा नं. १८ मा नरदेवी टोलको चैबाटोमा यो मन्दिर अवस्थित छ। यसको पूर्वपट्टि किलागः त्वा, दक्षिणमा यतखा टोल, पश्चिममा दल्लु र रक्तकाली तथा उत्तरमा क्षेत्रपाटी टोल पर्दछ।

सांस्कृतिक पक्ष

प्रत्येक वर्ष चौलागा औंशीका दिन न्येतभुलु अजिमाको तान्त्रिक नृत्य प्रस्तुत गर्ने गरिन्छ। तर, प्रत्येक १२ वर्षा स्वेतकालीका देवीगणलाई ५ दिन अगाडि नै रातभर नगर परिक्रमा गराइन्छ। त्यसै अनुरूप गत बिहीबारदेखि जात्रा शुरु भएको थियो। स्वेतकालीको तान्त्रिक नृत्यमा अष्टमात्रृका गण लगायत १२ देवीको सहभागिता रहने गर्दछ। जात्रामा पञ्चवली पनि दिने गरिन्छ। वंशावली का अनुसार कलिगत संवत् ३८२५ मा काठमाडौँ नगर निर्माण गर्दा राजा गुणकामदेवले देशरक्षार्थ नगरको चारैतिर लुमडी अजिमा, कङ्ग अजिमा, म्हेपी अजिमा, मैती अजिमा, तकती अजिमा, ङेतमरु अजिमा, बछला अजिमा, लुती अजिमा स्थापना गरी खटजात्रा चलाएका हुन्।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q25620593
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७२/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “नरदेवी मन्दिर।” नेपाली विश्वकोश, ७ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A4%B0%E0%A4%A6%E0%A5%87%E0%A4%B5%E0%A5%80_%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BF%E0%A4%B0। हेरिएको: १२ नोभेम्बर २०२६।