नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
इतिहास

वि.सं २०१७ सालको शाही कदम

२०१७ पुस १ गते राजा महेन्द्रले प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरी दलहरूमा प्रतिबन्ध लगाए र निर्दलीय पञ्चायती व्यवस्था लागू गरेका थिए । यही आधारमा उनलाई प्रजातन्त्र विरोधी, निरङ्कुश, तानाशाह जस्ता आरोपहरू लाग्ने गरेको छ। महेन्द्र एक महत्त्वाकांक्षी राजा थिए। आफैँले प्रत्यक्ष शासन चालाउने मोह उनमा रहेको थियो।

अद्यावधिक: १७ अगस्ट २०२६ १,२०४ शब्द · ७ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

२०१७ पुस १ गते राजा महेन्द्रले प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरी दलहरूमा प्रतिबन्ध लगाए र निर्दलीय पञ्चायती व्यवस्था लागू गरेका थिए । यही आधारमा उनलाई प्रजातन्त्र विरोधी, निरङ्कुश, तानाशाह जस्ता आरोपहरू लाग्ने गरेको छ। महेन्द्र एक महत्त्वाकांक्षी राजा थिए। आफैँले प्रत्यक्ष शासन चालाउने मोह उनमा रहेको थियो।

राष्ट्रिय

तत्कालीन सरकारका उप-प्रधानमन्त्री सुवर्ण शमशेरले कलकत्ताबाट राजाको कदमको भत्सर्ना गरे। शमशेरले "प्रजातन्त्रलाई समाप्त गरिएको कारण देशको गौरवमाथि ठूलो चोट लागेको छ। प्रजातन्त्रका कारणले नै हाम्रो देश गौरवान्वित भएको थियो । राजा पनि आखिर यस गौरवका अधिकारी थिए। यस्तो कदम चालेर भने उनी प्रतिष्ठित र लोकप्रिय बन्न सक्छन् भन्ने सोच्नु उनको ठूलो भूल हो।" उल्लेख गरेका थिए ।

प्रमुख प्रतिपक्षी दलको नेताको भरत शमशेर गिरफ्तार गरिएको थियो, तर उनले राजाको समर्थन गरेपछि अर्को वर्ष रिहा गरियो।

कतिपय स्थानमा भने दीपावली गरेर स्वागत गरे ।

संसदको तेस्रो ठूलो दल संयुक्त प्रजातन्त्र पार्टीका अध्यक्षा केआई सिंह निर्वाचित सरकार विरुद्ध शाही कदमलाई स्वागत गर्ने पहिलो राजनीतिज्ञहरू मध्ये एक थिए। उनी बहुदलीय व्यवस्थाको पतन र पञ्चायत शासनको आगमनको बारेमा खुसी र आशावादी थिए। सिंहले संसदीय प्रणालीलाई 'अशुभ' ठान्थे। शाही कदममा पक्राउ परे पनि आठ दिनपछि उनलाई रिहा गरियो। पञ्चायत शासनलाई समर्थन गरेकोमा, राजा महेन्द्रले उनलाई राजसभा स्थायी समिति (राजसभा स्थायी समितिको कार्य राजा नाबालक भएमा, देश बाहिर भएमा, बहुलाएमा वा मृत्यु भएमा राज्य सञ्चालनमा सहयोग गर्नु थियो।) सभापतिको रूपमा मनोनित गरे।

टङ्कप्रसाद आचार्य ले राजा महेन्द्रलाई आफूले सीमित अवधिका लागि मात्र उनको प्रत्यक्ष शासनलाई समर्थन गर्न सक्ने, अनिश्चित कालसम्मलाई होइन भनेका थिए। उनले राष्ट्रिय निर्देशन परिषद्‍बाट राजीनामा दिए। पञ्चायती व्यवस्था शुरू गरेपछि राजनीतिक रूपमा निष्क्रिय देखिए । उनले पञ्चायती व्यवस्थालाई कहिल्यै समर्थन गरेनन्।

अन्तर्राष्ट्रिय

२३ जनवरी १९६१ मा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु महेन्द्रलाई पाँच पेज लामो पत्र पठाए। पत्रमा नेपालमा भएको गैर प्रजातान्त्रिक कदमले आफूलाई गम्भीर आघात पुगेको उल्लेख गरेका नेहरूले निकासका लागि संसद् पुनर्स्थापना गर्न र त्यो हुन नसके ताजा निर्वाचनमा जान सुझाएका छन्। पत्रमा नेहरूले आफू कसरी प्रजातन्त्रमा विश्वास राख्ने बन्न पुगे र यो कुरामा किन प्रतिबद्ध छन् भन्ने कुरा सैद्धान्तिक, दार्शनिक र अनुभवका आधारमा प्रष्ट्याउन खोजेका छन्। पत्रमा नेपालमा भएको गैर प्रजातान्त्रिक कदमले आफूलाई गम्भीर आघात पुगेको उल्लेख गरेका नेहरूले निकासका लागि संसद् पुनर्स्थापना गर्न र त्यो हुन नसके ताजा निर्वाचनमा जान सुझाएका छन्। पत्रको अन्तिममा भनिएको छ– 'विश्व जनमतले पनि आजका मितिमा प्रजातान्त्रिक प्रक्रियालाई पूर्ण रूपमा उल्ट्याउने कुरा स्वीकार्न सक्दैन।'

सन् १९६० मा राजा महेन्द्रको कार्यप्रति संयुक्त राज्य सरकारको प्रारम्भिक प्रतिक्रिया मिश्रित थियो। संविधान निलम्बन र निर्वाचित सरकारको बर्खास्तमा चिन्ता व्यक्त गर्दा उनीहरुले भ्रष्टाचार र कम्युनिष्ट प्रभावबारे राजाको चासोलाई पनि स्वीकार गरे । अमेरिकाले नेपालसँग कूटनीतिक सम्बन्ध कायम राखेको थियो र आर्थिक सहयोगलाई निरन्तरता दिएको थियो। नेपालमा आउने अमेरिकी सहयोगले तत्कालीन राजा महेन्द्रलाई उनको पञ्चायती व्यवस्था टिकाउन सघाएको आरोप लाग्ने गरेको छ ।

इजरायलाले राजाको शासनलाई सहयोग गर्‍यो । शाही शासनलाई बलियो बनाउन, विरोधका आवाज दबाउन र मानव अधिकार हनन गर्न इजरायलले सहयोगी भूमिका खेल्यो। इजरायलले सैन्य प्रशिक्षण कार्यक्रम मार्फत नेपालसँग आफ्नो संलग्नता थप बढायो। व्यवस्थाको विरोध दबाउने क्षमता बलियो बनाउन त्यस्तो तालीम डिजाइन गरिएको थियो। नेपालमा इजरायली संलग्नताको सार्वजनिक तस्वीरमा प्याराट्रूप तालीम र सैन्य सहायता हावी देखिए पनि यस अवधिमा नेपालमा इजरायली गुप्तचर संस्था मोसाद समेत सक्रिय थियो। मोसादले नेपालमा राजनीतिक निगरानी, सैन्य समन्वय र शासन विरोधी संघर्षलाई मत्थर पार्ने प्रयासमा ध्यान केन्द्रित गरेको थियो। नेपालको आन्तरिक सुरक्षा उपकरणलाई बलियो बनाउन उसले काम गरेको थियो। त्यस क्रममा इजरायलले निरंकुश शासनलाई समर्थन गरेर यस क्षेत्रमा प्रभाव कायम राख्न सकिन्छ भनेर सजिलै अनुमान गर्‍यो।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q107535325
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७९/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “वि.सं २०१७ सालको शाही कदम।” नेपाली विश्वकोश, १७ अगस्ट २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B5%E0%A4%BF.%E0%A4%B8%E0%A4%82_%E0%A5%A8%E0%A5%A6%E0%A5%A7%E0%A5%AD_%E0%A4%B8%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B_%E0%A4%B6%E0%A4%BE%E0%A4%B9%E0%A5%80_%E0%A4%95%E0%A4%A6%E0%A4%AE। हेरिएको: १२ नोभेम्बर २०२६।