के.आई. सिंह अर्थात् कुँवर इन्द्रजीत सिंह (जन्म:वि.सं. १९६३) नेपाली क्रान्तिकारी तथा विद्रोही नेता हुन्। सिंह नेपालका २० औं प्रधानमन्त्री थिए। यिनी होमियोप्याथी सम्बन्धी डाक्टर थिए। उनी सात सालको क्रान्तिमा मुक्तिसेनाको पश्चिम तर्फको कमाण्डर थिए। उनले दिल्ली सम्झौता लाई मान्न स्वीकार गरेनन् र शसस्त्र आन्दोलन जारी राखे।
कलेज जीवन
डोटीमा वि. सं. १९६३ मा जन्मिएका कुँवर इन्द्रजित सिंह सानै छँदा परिवारसँगै बर्मा पुगेका थिए । उनले त्यहीँ विद्यालयबाट शिक्षा हासिल गरे । बर्मामै उनले आयुर्वेद सम्बन्धी अध्ययन गरेका थिए ।
चिकित्सक वा विद्यावारिधि नगरेको भए पनि औषधिमूलो गर्ने भएकाले डाक्टर भनिएको थियो । उनले त्यही आधारमा आफ्नो नाम डा.के.आई. सिंह लेख्न थाले ।
२००७ सालको क्रान्ति
२००७ सालको क्रान्तिमा मातृकाप्रसाद कोइराला मुक्ति सेनाका सभापति सर्वाेच्च कमान्डर थिए । के.आई. सिंह भैरहावा क्षेत्रका कमान्डर थिए।
क्रान्ति सुरु भए लगत्तै २९ कार्तिक वि. सं. २००७ मा सिंहको तर्फबाट बडाहाकिम कार्यलयमाथि पहिलो पटक आक्रमण भयो। चार घण्टा चलेको लडाइँमा सिंहको फौजले गोश्वारा (बडाहाकिम कार्यलय) बाहेक भैरहवाका अरू सबै कार्यलय माथी नियन्त्रण जमायो । तीन दिनपछि सरकारी फौजले २ मंसिर वि. सं. २००७ (१७ नोभेम्बर १९५०) मा केआई सिंहको अखडामाथि धावा बोल्यो । तर सिंह माथी सरकारी फौजले विजय हासिल गर्न सकेन । ठूलो क्षतिका साथ सरकारी सेना आफै फिर्ता हुनुपर्यो । भोलिपल्टै सिंहले फेरि आक्रमण गरे । यसपटक उनले अदालत र कारागार त कब्जामा लिए तर बडाहाकिम कार्यलय माथि कब्जा जमाउने धोको पूरा भएन ।
क्रान्तिपछि
२००७ सालको क्रान्तिमा पश्चिम तराईबाट सक्रिय रहेका यिनी दिल्ली सम्झौता धोका हो भनी आन्दोलन रोक्न तयार थिएनन्। प्रजातन्त्रको घोषणा भएको भोलिपल्टै अर्थात् फागनु ८ गते भैरहवामा आक्रमण गरे। आक्रमणमा नेपाली सेनाका चार र डा. सिंह नेतृत्वको मुक्ति सेनाका नौ जनाले ज्यान गुमाए। फागुन ९ गते डा. सिंहसहित तीन सय ५७ जना उनका समर्थकलाई भारतीय सैनिकले पक्रेर नेपाली सेनालाई बुझायो। त्यसरी पक्राउ परेका डा. सिंह र उनका समर्थकलाई भैरहवा जेलमा राखियो।
२००८ असार २५ गते उनी भैरहवा जेल तोडेर भाग्न सफल भए। त्यसरी भागेका डा. सिंहलाई पक्रिन २००८ साल साउनमा भारतीय सैनिक दोस्रो पटक नेपाल आए र डा. सिंह पाल्पाको ठाकुरबारीबाट पक्राउ परे। त्यसपछि उनलाई अड्डासार गर्दै काठमाडौँ जेल चलान गरियो।
प्रखर स्वभावका यिनलाई त्यसबेला सिंहदरवार भित्र रहेको बिजुली गारतको नियन्त्रणमा कैद गरिएको थियो।। प्रजातान्त्रिक सरकारमा पनि मोहन शमशेर नै प्रधानमन्त्री हुने भएपछि असन्तुष्ट बनेका कमान्डर केआई सिंह नै सिंहदरबार विद्रोहमा जोडिए।
सिंहदरबार विद्रोह
उनीहरूले हतियार बुझाउन मानेनन् र सशस्त्र हमला जारी नै राखे। उनलाई भैरहवामा समातियो र सिंहदरबारमा कैद गरिएको थियो। काठमाडौं ल्याइएका सिंह रक्षा दलमा परिणत भएको मुक्ति सेनाको सहयोग ८ माघ ०९ मा विद्रोह गरी मुक्त भए। त्यहाँ कार्यरत सिपाहीहरूलाई नै प्रभावमा लिई सिंहदरवार नै नियन्त्रण गरेर बिद्रोह गरे। सिंहदरवार बाहिर रहेको सेना र भित्र रहेको विद्रोही सेनाबीच गोली हानाहान भयो। अन्त्यमा दूत मार्फत यिनले आफूलाई सुरक्षित काठमाडौंं उपत्यका बाहिर जान दिने भए विद्रोह छोड्ने बताएपछि सोही अनुसार यिनलाई छोडियो।
त्यसपछि यिनी झण्डै १ वर्ष चीन सरकारको शरणमा गएर बसे।
स्वदेश फिर्ती
२०१२ भाद्र २७ गते उनले आत्मसमर्पण गरी माफी मागेकाले राजा महेन्द्रले उनको आरोपहरु खारेज गरी माफी बक्से ।
प्रधानमन्त्री
पछि नेपाल फर्केपछि २०१४ सालमा यिनी राजाद्वारा प्रधानमन्त्री बनाइए। यिनको मन्त्रिपरिषदमा शिक्षा मन्त्री लक्ष्मीप्रसाद देवकोटा थिए जो महाकवि पनि हुन्।
कडा स्वभावका यिनले त्यसबेला सचिव लगायत विभिन्न कर्मचारीहरूलाई हातपातसम्म गरेका थिए।
अत्यन्तै उद्दण्ड स्वभावका देखिएकाले यिनको सरकार ३ महिनासम्म पनि टिक्न सकेन। पछि यिनलाई हटाएर सुवर्ण सम्शेर राणाको नेतृत्त्वमा सरकार गठन भयो।
मन्त्रिमण्डल
- १. के.आई. सिंह - प्रधानमन्त्री, गृह र परराष्ट्र
- २. पुरेन्द्रविक्रम शाह - रक्षा मन्त्री
- ३. परशुरामभक्त माथेमा - उद्योग वाणिज्य मन्त्री
- ४. सी.बी. सिंह - अर्थ, मालपोत मन्त्री
- ५. डम्बर बहादुर सिंह - कानुन तथा संसदीय प्रबन्ध मन्त्री
- ६. रामाधीन महतो - वन मन्त्री
- ७. जीवराज शर्मा - योजना विकास मन्त्री
- ८. कुलबहादुर लिम्बू - स्वास्थ्य मन्त्री
- ९. भुपालमान सिंह कार्की - खाद्य कृषि मन्त्री
- १०. पद्यनरसिंह राणा - पब्लिक वर्कस तथा सञ्चार मन्त्री
- ११. लक्ष्मीप्रसाद देवकोटा - शिक्षा, स्वायत्तशासन मन्त्री
बहिर्गमन
यिनको राजा महेन्द्रलाई वि. सं. २००७ साल अघि बाबु-बाजे जस्तै थपनाका राजा बनाई प्राइममिनिस्टर भएर सर्वेसर्वा हुने योजना थियो तर जनरल नर शमशेरले भोलिपल्टै नारायणहिटी गए र राजालाई बेलिबिस्तार लगाए। सबै कुरा सुनिसकेपछि राजा महेन्द्रले भने, 'बदमास पो रहेछ, तिमी धन्दा नमान, म ओखती गर्छु (हेमन्तशमशेर राणा, जनरल नरशमशेर जंगबहादुर राणाको जीवनी, पृ ८८–९२) ।'
त्यत्तिकैमा कार्तिक २९ को दिन प्रधानमन्त्री सिंहलाई दरबारमा बोलाइयो । कुनै अप्रिय अवस्था सिर्जना होला भनेर दरबार भित्रका सेनालाई सतर्क राखियो । दरबारभित्रका कर्मचारीलाई कार्यलय बाहिर ननिस्किन आदेश दिइयो । त्यत्तिकैमा सिंह नारायणहिटी राजदरबार पुगे र राजा महेन्द्रसँग केही बेर 'वान-टु-वान टक' गरेर फर्किए । लगत्तै राजाले केआई सिंह नेतृत्वको मन्त्रिमण्डल विघटन गरेको समाचार सार्वजनिक भयो (माथेमा, पृ. २६९) ।
पञ्चायती राजनीति
यिनी पञ्चायती व्यवस्थामा पनि सांसदसम्म भएका थिए।
राजसभा स्थायी समितिका सभापति
कुँवर इन्द्रजीत सिंह प्रथम राजसभा स्थायी समितिका सभापति हुन्। सरकारले सिंहलाई राजसभा स्थायी समितिको सभापतिमा नियुक्त गर्यो तर उनी सपथ ग्रहणमा गएनन् ।
मृत्यु
यिनको सन् १९८२ मा घाँटीको क्यान्सरको उपचार गर्दागर्दै थाइल्याण्डको बैङ्ककमा निधन भएको थियो।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q2268118
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८६/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “कुँवर इन्द्रजीत सिंह।” नेपाली विश्वकोश, ३ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A5%81%E0%A4%81%E0%A4%B5%E0%A4%B0_%E0%A4%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0%E0%A4%9C%E0%A5%80%E0%A4%A4_%E0%A4%B8%E0%A4%BF%E0%A4%82%E0%A4%B9। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). कुँवर इन्द्रजीत सिंह. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A5%81%E0%A4%81%E0%A4%B5%E0%A4%B0_%E0%A4%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0%E0%A4%9C%E0%A5%80%E0%A4%A4_%E0%A4%B8%E0%A4%BF%E0%A4%82%E0%A4%B9
@misc{ne_416,
title = {कुँवर इन्द्रजीत सिंह},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A5%81%E0%A4%81%E0%A4%B5%E0%A4%B0_%E0%A4%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0%E0%A4%9C%E0%A5%80%E0%A4%A4_%E0%A4%B8%E0%A4%BF%E0%A4%82%E0%A4%B9}},
year = {2026},
note = {Accessed 2026-11-12}
}