नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

अलि मियाँ

अलि मियाँ (वि. स‌ं. १९७५ - वि. स‌ं. २०६३) नेपाली नेपाली लोकसंस्कृतिका सेवक थिए।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ २२४ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

अलि मियाँ (वि. स‌ं. १९७५ - वि. स‌ं. २०६३) नेपाली नेपाली लोकसंस्कृतिका सेवक थिए।

जीवनी

अलि मियाँको जन्म वि. स‌ं. १९७५ साल फागुन १५ गते बाबु दीन मोम्मद मियाँ र आमा जुहरन मियाँका सुपुत्रका रूपमा कुँडहर बजार, पोखरा, कास्कीमा भएको हो।

कृतिहरू

उनका प्रकाशित कृतिह रूः

  • विरक्ति लहरी (वि. सं. २००६)
  • महेन्द्र लहरी (वि. सं. २००९)
  • नेपाली झ्याउरे गीत सँग्रह (गीत, वि. सं. २०११)
  • न्याउलीको पुकारा (लोकगीत सँग्रह, वि.सं. २०११)
  • पहाडको उद्गार (कविता, वि. सं. २०१५)
  • सेतीको सुस्केरा (वि. सं. २०२९)
  • अलि मियाँ (आत्मकथा, वि. सं. २०३८)
  • उज्यालो भइसक्यो (कवितासँग्रह, वि. सं. २०३९)
  • सम्झनाको दीयो (कविता, वि. सं. २०५१)
  • अलि मियाँ (गीत, वि. सं. २०५८)

पुरस्कार

छ दशकभन्दा बढी समयदेखि लोकगीत गायन र काव्यसृजनाद्वारा नेपाली लोकसंस्कृति तथा नेपाली भाषालाई समृद्ध तुल्याउन निस्पृह, निर्लिप्त र निरन्तर योगदान गरिरहेबापत उनलाई वि.स‌ं. २०६० को जगदम्बाश्री पुरस्कार प्रदान गरियो। त्यसबाहेक उनले वि.सं. २०४७ को इन्द्रराज्यलक्ष्मी पुरस्कार पाएका थिए। भरतपुरमा राजा महेन्द्रले नेपाली भाषा सेवीका रूपमा पुरस्कृत गरेका थिए।

वि.सं. २०३४ मा राजा वीरेन्द्र, वि.सं. २०१५ मा राजा महेन्द्र, वि.सं. २०१२ मा भारत सरकार र वि.सं. २०२९ मा तत्कालीन गण्डकी अञ्चलाधिश दानबहादुर शाक्यबाट नगद पुरस्कार पाएका थिए।

लोककवि अलि मियाँलाई मरणोपरान्त २०७५ सालको हेमराज पहारी स्मृति पुरस्कार प्रदान गरिएको थियो। उक्त पुरस्कारको राशी १ लाख रुपैयाँ र ताम्रपत्र छ।

निधन

मियाँको वि.स‌ं. २०६३ साल साउन १८ गते निधन भएको थियो। मियाँको समाधिस्थल पोखराको जयकोट वनमा बनाइएको छ।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q13179094
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७१/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “अलि मियाँ।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%85%E0%A4%B2%E0%A4%BF_%E0%A4%AE%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%81। हेरिएको: १२ नोभेम्बर २०२६।