नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

ललित त्रिपुरा सुन्दरी

ललित त्रिपुरा सुन्दरी (जन्म: १८५० — मृत्यु: १८८८) रानी, राजमाता, शासक र समाजसेवी थिइन्। उनलाई साहित्यिक स्रष्टा तथा नेपाली साहित्यको प्रथम महिला स्रष्टाका रूपमा चिनिन्छ। उनी नेपालका राजा श्री ५ रणबहादुर शाह की कान्छी पत्नी हुन्। उनले संस्कृतबाट अनुवाद गरेको “राजधर्म” र उनका केही कविताहरू नै नेपालमा महिलाद्वारा रचित प्रथम प्रकाशित कृति मानिन्छन्। उनकै प्रेरणाले उनका सौतेनी छोरा गीर्वाणयुद्ध विक्रम शाह र नाति राजेन्द्र विक्रम शाहले पनि क्रमश: ३, ३ वटा पुस्तक लेखेको देखिन्छ। उनको पुस्तक राजधर्मको भाषा र शैलीलाई ईतिहासविदहरूले उत्कृष्ट भन्दै प्रशंसा गरेका छन्।

अद्यावधिक: १७ अगस्ट २०२६ १,३६४ शब्द · ८ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

ललित त्रिपुरा सुन्दरी (जन्म: १८५० — मृत्यु: १८८८) रानी, राजमाता, शासक र समाजसेवी थिइन्। उनलाई साहित्यिक स्रष्टा तथा नेपाली साहित्यको प्रथम महिला स्रष्टाका रूपमा चिनिन्छ। उनी नेपालका राजा श्री ५ रणबहादुर शाह की कान्छी पत्नी हुन्। उनले संस्कृतबाट अनुवाद गरेको “राजधर्म” र उनका केही कविताहरू नै नेपालमा महिलाद्वारा रचित प्रथम प्रकाशित कृति मानिन्छन्। उनकै प्रेरणाले उनका सौतेनी छोरा गीर्वाणयुद्ध विक्रम शाह र नाति राजेन्द्र विक्रम शाहले पनि क्रमश: ३, ३ वटा पुस्तक लेखेको देखिन्छ। उनको पुस्तक राजधर्मको भाषा र शैलीलाई ईतिहासविदहरूले उत्कृष्ट भन्दै प्रशंसा गरेका छन्।

त्रिपुरेश्वर मन्दिर

रानी ललितत्रिपुरासुन्दरीले काठमाडौँमा त्रिपुरेश्वर मन्दिरको स्थापना गराएकी थिइन्। त्यही मन्दिरको रानी ललितत्रिपुरासुन्दरीले सो मन्दिर संवत् १८७४ देखि बनाउन लगाएकी थिइन् र १८७७ सालमा सो मन्दिरको निर्माण भएको थियो।

बागमतीको पुल

संवत् १८६७ मार्ग शुक्ल एकादशी बिहीबार रानी आफैले बागमतीको पुलको शिलान्यास गरेकी थिइन्। यस पुलको निर्माण सम्पन्न चाहिँँ संवत् १८६८ चैत कृष्ण सप्तमी बिहीबारको दिन भएको थियो।

धरहरा

ललितत्रिपुरासुन्दरीले १८८२ सालमा गजुरसहितको धरहरा बनाएकी थिइन्। राजधर्म, जगदम्बा प्रकाशन -२०१९ का अनुसार ललितत्रिपुरासुन्दरीले बनाएको धरहराको अभिलेख यस प्रकार छ, "स्वस्तिश्री सम्वत् १८८२ साल मिति चैत सुदि १२ रोज ४ वैशाख महिनाका दिन ९ जांदा श्रीमन्महाराजाधिराज पट्टराज्ञी श्री श्री श्रीमल्ललित त्रिपुरासुन्दरी देवीले यो धरहरा बनाउनु भै तयार गरी गजुर चढाउनुभयाको हो।। शुभम्"

सुनधारा

सुन्धाराको निर्माण ललितत्रिपुरासुन्दरीले गराएकी हुन्। सुन्धाराको धातुको मकरमुखाकृतिमा यस्तो लेखिएको छः

स्वस्तीश्री सम्वत् १८८५ साल मिति फागुन वदि ७ रोज ५ का दिन श्री ५ महारानी ललितत्रिपुरासुन्दरी देवीले यो धारो बनाई श्रीकृष्णार्पण गर्नुभयो शुभम्।

बाह्य कडीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q7270526
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६६/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “ललित त्रिपुरा सुन्दरी।” नेपाली विश्वकोश, १७ अगस्ट २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B2%E0%A4%B2%E0%A4%BF%E0%A4%A4_%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A4%BE_%E0%A4%B8%E0%A5%81%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%B0%E0%A5%80। हेरिएको: १२ नोभेम्बर २०२६।