जगदम्बाश्री पुरस्कार नेपालको एउटा प्रतिष्ठित साहित्यिक पुरस्कार हो । यो पुरस्कार मदन पुरस्कार गुठीले प्रदान गर्दछ। गुठीकी संस्थापिका रानी जगदम्बाकुमारीदेवी राणा को २०४५ साल साउन २९ गते निधन भएपछि गुठीकी संस्थापिकाको स्मृतिलाई चिरस्थायी राख्ने उद्देश्यले निधनको ४५ औँ दिन जगदम्बाश्री पुरस्कार विधिवत् स्थापना गरिएको हो ।
जगदम्बाश्री पुरस्कार मदन पुरस्कार गुठीबाट दिइने दोस्रो पुरस्कार हो । यो पुरस्कार गुठीको अक्षय कोषको वाषिर्क ब्याजबाट प्रत्येक वर्ष श्रव्य-दृश्य वा अरू किसिमका कृतित्वहरूबाट नेपाली वाङ्मयको श्रीबृद्धिमा उल्लेख्य योगदान पुर्याई देश-विदेशका प्रतिष्ठित विद्वान्, विद्वत-संस्था वा प्रतिष्ठानहरूबाट नाम प्रस्ताव गरी पठाएका नेपाली वाङ्मयका साधकहरूमध्येबाट छनौट समितिले आवश्यक छानबिन गरी सिफारिस गरेका वाङ्मय साधक वा संस्थालाई जगदम्बाश्री पुरस्कार प्रायः बडादशैँको नवमीमा प्रदान गरिन्छ । जगदम्बाश्री पुरस्कारका लागि नेपाली भाषाको (नेपाली वाङ्मय) सेवालाई नै एकमात्र आधार मानी पुरस्कृत प्रतिभाको छनौट हुन्छ
यस पुरस्कारको राशि मदन पुरस्कार सरह अर्थात् रु. २,००,०००।- (दुई लाख) नगद र प्रमाणपत्र प्रदान गरिन्छ ।बि. स. २०७५ बाट पुरस्कारको रकम रु. ४,००,००० निर्धारित गरिएको छ ।
यसका प्रथम विजेता हुनुहुथ्यो- स्व. नारायणगोपाल । उहाँलाई तीनदशकभन्दा बढी समयदेखि संगीतको माध्यमबाट नेपाली भाषाका गीतहरूलाई देश तथा विदेशमा समेत प्यारो बनाउन उल्लेखनीय योगदान गरेबापत २०४५ सालमा उक्त पुरस्कारद्वारा सम्मानित गरिएको थियो ।
बाहिरी लिङ्कहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q13181122
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ५९/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “जगदम्बाश्री पुरस्कार।” नेपाली विश्वकोश, ५ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9C%E0%A4%97%E0%A4%A6%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%BE%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%80_%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A4%B8%E0%A5%8D%E0%A4%95%E0%A4%BE%E0%A4%B0। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). जगदम्बाश्री पुरस्कार. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9C%E0%A4%97%E0%A4%A6%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%BE%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%80_%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A4%B8%E0%A5%8D%E0%A4%95%E0%A4%BE%E0%A4%B0
@misc{ne_607,
title = {जगदम्बाश्री पुरस्कार},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9C%E0%A4%97%E0%A4%A6%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%BE%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%80_%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A4%B8%E0%A5%8D%E0%A4%95%E0%A4%BE%E0%A4%B0}},
year = {2026},
note = {Accessed 2026-11-12}
}