झमक कुमारी घिमिरे (जन्म सन् १९८०, कचिडे, धनकुटा)प्रतिभावान नेपाली महिला स्रष्टा हुन। प्रति मष्तिस्क रोग(Cerebral palsy)द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुन। जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न चाहीँ सक्छिन। खुट्टाको ३ औला मात्र चल्ने उनले तिनै ३ औलाको सहयोगले धेरै रचना प्रकाशित गरिसकेकि छिन। औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र् लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्। उनको २०५३ सालदेखि लेखनमा रुचि बढेको हो। कान्तिपुर र ब्लास्ट टाइम्स पत्रिकामा उनका नियमित स्तम्भहरू पनि छापिन्छन्। झमकले प्रबल गोरखा दक्षिण बाहु, चौथोलगायत दर्जनौँ पुरस्कार एवं सम्मान प्राप्त गरेकी छन्।

कविताहरू
उनले धेरै कविताहरू लेखेकी छन् जसमध्ये केही यसप्रकार छन् ।:
- संकल्प
- आफ्नै चिता अग्नि शिखातिर
- मान्छे भित्रका योद्धाहरू
- झमक घिमिरेका कविताहरू
- क्वाँटी सङ्ग्रह
विविध
- अवसान पछिको आगमन (लघु कथा, कविता, दैनिक डायरी, गीत, निबन्ध आदि ।)
आत्मकथा
अवार्ड तथा पुरस्कार

झमक घिमिरेले प्राप्त गरेका केही प्रमुख पुरस्कारहरू निम्न छन् ।
- कविता राम बाल साहित्य प्रतिभा पुरस्कार २०५५
- अस्विकृत विचार साहित्य पुरस्कार २०५६
- मदन पुरस्कार २०६७
- लैनसिंह वाङ्देल पुरस्कार २०७२
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q3631705
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८३/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “झमक घिमिरे।” नेपाली विश्वकोश, १० अगस्ट २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9D%E0%A4%AE%E0%A4%95_%E0%A4%98%E0%A4%BF%E0%A4%AE%E0%A4%BF%E0%A4%B0%E0%A5%87। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). झमक घिमिरे. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9D%E0%A4%AE%E0%A4%95_%E0%A4%98%E0%A4%BF%E0%A4%AE%E0%A4%BF%E0%A4%B0%E0%A5%87
@misc{ne_585,
title = {झमक घिमिरे},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9D%E0%A4%AE%E0%A4%95_%E0%A4%98%E0%A4%BF%E0%A4%AE%E0%A4%BF%E0%A4%B0%E0%A5%87}},
year = {2026},
note = {Accessed 2026-11-12}
}
