नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

वीर शमशेर जङ्गबहादुर राणा

वीर शमशेर जङ्गबहादुर राणा नेपालका राणा शासनका सातौँ तथा नेपालका ११ औँ प्रधानमन्त्री थिए। यिनी धीर शमशेरका जेठा छोरा थिए। उनलाई उनले गरेका महत्त्वपूर्ण सुधार र निर्माण गरेका दरबारहरूको कारणले चिनिन्छ।

अद्यावधिक: २ अक्टोबर २०२६ १,२११ शब्द · ७ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

वीर शमशेर जङ्गबहादुर राणा नेपालका राणा शासनका सातौँ तथा नेपालका ११ औँ प्रधानमन्त्री थिए। यिनी धीर शमशेरका जेठा छोरा थिए। उनलाई उनले गरेका महत्त्वपूर्ण सुधार र निर्माण गरेका दरबारहरूको कारणले चिनिन्छ।

वीर शमशेरका १७ जना भाइहरूलाई शमशेर खलक भनेर चिनिन्थ्यो। उनीहरूले जङ्ग र नरसिंह खलकलाई हत्या र निर्वासित गरी नपाउने शक्ति हत्याएका थिए। यिनी १९४२ मा ४२ सालको पर्व मच्चाएर, आफ्नै बडा बा श्री ३ रणोद्धिपको षड्यन्त्रपूर्वक हत्या गरी श्री ३ को पदमा विराजमान भएका थिए। रणोद्धिपको हत्याको लागि खडग शमशेर ज.ब.रा. ले विशेष सहयोग गरेका थिए ।

उनले भादगाँउ र काठमाडौँमा वीरधाराको व्यवस्था, पुलहरूको निर्माण, वीर अस्पताल (वि.स.१९४७), वीर पुस्तकालयको स्थापना, घण्टाघरको निर्माण आदी गरेका थिए ।

१९५३ को सम्झौता

वीरशमशेरले १९५३ मा अङ्ग्रेजसँग सम्झौता गरेपछि दक्षिण ब्रिटिस भारतबाट पनि नुन आउने बाटो खुलेको हो । त्यस भन्दा अघि नेपालमा नुनको स्रोत भनेकै  भोट (तिब्बत) थियो ।

आदर्श

माथवर सिंह थापाले भीमसेन थापालाई आदर्श व्यक्ति माने झैँ, यिनले पनि जंगबहादुरलाई आदर्श व्यक्ति मान्थे र उनको झैँ अनुशरण गर्थे । यिनी कम बोल्थे र बोलेका कुरा पुरा गरेरै छोड्थे ।

निर्माण गरेका दरबारहरु /भवन

  1. जावलाखेल दरबार वि.सं. १९४५
  2. लाल दरबार वि.सं. १९४७
  3. सेतो दरबार वि.सं. १९४२
  4. फोहोरा दरबार वि.सं. १९५२
  5. बहादुर भवन / चार बुर्जा दरबार वि.सं. १९५४
  6. केशर महल वि.सं. १९५२
  7. नारायणहिटी राजदरबार
  8. हीरापुर दरबार
  9. आनन्द निकेतन
  10. तोरण दरबार
  11. दरबार हाई स्कुलको भवन

व्यक्तिगत जीवन

वीर शमशेर र तोपकुमारी
वीर शमशेर र तोपकुमारी
वीर शमशेर र पत्नी र छोराहरू
वीर शमशेर र पत्नी र छोराहरू

श्री ३ वीर शमशेरको विवाह श्री ५ माहिला सहेबज्यूकी छोरी सँग भएको थियो । उनीबाट गेहेन्द्र शमशेर र धर्म शमशेर जन्मेका थिए । पछि वीर समशेरले दाइजोमा आएकी खञ्जनलाई अङ्गीकार गरी श्री ३ कान्छी महारानी घोषित गरी नाउँ तोपकुमारी राखिदिए । उनीतिरबाट चक्र शमशेर, रुद्र शमशेर, तेज शमशेर र प्रताप शमशेर जन्मेका थिए । वीर शमशेरले जेठी पत्नीलाई माया नगर्ने हुँदा नजरबन्दमा राखेका थिए। गेहेन्द्र शमशेरले वैज्ञानिक तरक्की गरेर बाबुलाई खुसी पारे। त्यहीँ खुसीयालीमा "के माग्छस् दिन्छु" भन्दा गेहेन्द्रले "मेरी मामुलाई नजरबन्दबाट मुक्त गरिपाऊँ" भनी मुक्त गराए।

सम्मान तथा उपाधी

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q2268145
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८४/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “वीर शमशेर जङ्गबहादुर राणा।” नेपाली विश्वकोश, २ अक्टोबर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B5%E0%A5%80%E0%A4%B0_%E0%A4%B6%E0%A4%AE%E0%A4%B6%E0%A5%87%E0%A4%B0_%E0%A4%9C%E0%A4%99%E0%A5%8D%E0%A4%97%E0%A4%AC%E0%A4%B9%E0%A4%BE%E0%A4%A6%E0%A5%81%E0%A4%B0_%E0%A4%B0%E0%A4%BE%E0%A4%A3%E0%A4%BE। हेरिएको: १२ नोभेम्बर २०२६।