नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

बहादुर शाह

बहादुर शाह (जन्म: १८१४ वि.सं. - मृत्यु: १८५४ ) वि.सं.पृथ्वीनारायण शाहका माहिला छोरा र राजनीतिज्ञ थिए। (राजा रणबहादुर शाहले उनलाई लेखेको पत्रमा माहिला काका भनी सम्बोधन गरेका छन्।) उनले आफ्ना पिताले सुरु गरेको नेपाल एकिकरणको अभियानलाई तीव्र गतिले अघि बढाए। चौतारिया बहादुर शाहको नायाबीकालमा पश्चिम नेपालका राज्य रजौटाहरूलाई नेपाल राज्यमा मिलाएर राज्य विस्तारको कार्य गरिएको थियो। भाउजू राजेन्द्रलक्ष्मी र भतिजा रणबहादुर शाहको अनेकौ षड्यन्त्र र दाउपेचको शिकार बन्नुपरे तापनि राजेन्द्रलक्ष्मीको मृत्यु (वि.सं. १८४२) पश्चात् निर्वासनबाट फर्केर नेपाल एकीकरण अभियानमा योगदान दिए।

अद्यावधिक: ४ नोभेम्बर २०२६ ३,७१४ शब्द · २१ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

बहादुर शाह (जन्म: १८१४ वि.सं. - मृत्यु: १८५४ ) वि.सं.पृथ्वीनारायण शाहका माहिला छोरा र राजनीतिज्ञ थिए। (राजा रणबहादुर शाहले उनलाई लेखेको पत्रमा माहिला काका भनी सम्बोधन गरेका छन्।) उनले आफ्ना पिताले सुरु गरेको नेपाल एकिकरणको अभियानलाई तीव्र गतिले अघि बढाए। चौतारिया बहादुर शाहको नायाबीकालमा पश्चिम नेपालका राज्य रजौटाहरूलाई नेपाल राज्यमा मिलाएर राज्य विस्तारको कार्य गरिएको थियो। भाउजू राजेन्द्रलक्ष्मी र भतिजा रणबहादुर शाहको अनेकौ षड्यन्त्र र दाउपेचको शिकार बन्नुपरे तापनि राजेन्द्रलक्ष्मीको मृत्यु (वि.सं. १८४२) पश्चात् निर्वासनबाट फर्केर नेपाल एकीकरण अभियानमा योगदान दिए।

तर उनले आफ्ना पिताले स्थापित गरेका केहि नियमहरूलाई उल्लङ्घन गरे। कुनै पनि भारदारलाई नमार्नु भन्ने पृथ्वीनारायण शाहको दिव्योपदेशको विपरित उनले सर्वजीत राना मगरलाई मारी भारदारको हत्याको प्रचलन सुरु गरे। भारदारको हत्या गर्ने प्रचलन भीमसेन थापाको शासनमा चरममा पुगेको थियो।

३८ वर्षको उमेरमा नेपालका एक सशक्त निर्माता बहादुर शाहको दुर्भाग्यपूर्ण अवसान भयो र नेपालको एकीकरणको महत्वपूर्ण अभियान एकाएक बीचैमा रोकियो। उनको हत्याकाण्ड पछि नेपालको राज्यव्यवस्थामा ठूलो आतंक फैलियो। नेपालको राजदरबार भित्र षड्यन्त्र तथा हत्याकाण्डका शृङ्खला चल्न थाले र नेपाली नागरिक अनेकौं किसिमको विपत्तिको सामना गर्न विवश रहे। राजा रणबहादुर शाह र चौतारा शेरबहादुर शाहीहरूको डरले गर्दा कुनै पनि भारदार पनि यस हत्याकाण्डको सम्बन्धमा चुँसम्म पनि गर्न समर्थ थिएनन् भने सर्वसाधारण नागरिकको त झन् कुरै भएन।

आफ्ना विशिष्ट योगदानहरूले गर्दा सुयोग्य पिताका योग्य पुत्रका रुपमा मात्र होइन, नेपाल अधिराज्यका निर्माताका वास्तविक उत्तराधिकारीका रुपमा पनि यिनी लामो समय सम्म नेपालीहरूबीच गर्वका साथ सदा सम्झीईदै रहनेछन्।

अर्थतन्त्र

उनले प्रथमतः पहिले जितिएको सांगापूर्व दूधकोशी पश्चिमको पहाडी प्रदेशमां नापी गराउने र मालपोत ठेग्ने काम गरे। यो उनको देशको आम्दानी बढाउने प्रथम प्रयास थियो। २० मुरी माटाको प्रवल जग्गामा रू. ४,दोयममा रू.३ सिममा रू.२ रकम लाइएको छ। लालमोहर स्याहामोहरमा नदेखिएका त्यसै मयावी खाइरहेका जग्गाहरू जफत गरेर लिने र सरकारी गराउने यसमा मुख्य कुरा किटिएका थिए।

सैन्य

चीन युद्धताका उनले नेपाली सैनिकलाई तीव्ररूपमा बढाउन थालेका थिए। विदेशबाट विशेषज्ञ झिकाई आफ्ना सैनिकलाई तालीम दिने, हातहतियार गोली गट्ठाहरूको कारखाना खोल्ने काम पनि गरेका थिए। मेगजिन बारुदखाना आदिमा काम गर्नेहरूको तलव भत्ताको पनि व्यवस्था बाँधेका थिए। विशेष कुरा त्यस्ता कामदार कुल्लीहरूको कामको समय तोकिदिएका र विदाका दिनपनि निश्चित गरिदिएका थिए। विदाका दिन पर्वते (खस क्षेत्री )हरूका र नेवारहरूका छुट्टाछुट्टै गरिदिएका थिए। नेवारहरूका स्थानीय चाडपर्व र जात्रामालामा गरी विदाका दिन वढीपरेका थिए। यसरी उनी देशको आर्थिक स्थिति बढाउने सैनिक शक्तिलाई तीव्र पार्दै लैजाने, शस्त्रास्त्रका नयाँ नयाँ कारखाना खोल्ने, नयाँ नयाँ सैनिक भर्ना गर्ने, देशको न्याय व्यवस्थामा सुधार ल्याउने आदि काममा दत्तचित्त हुँदै थिए।

  1. श्री देवीदत्त गण बि. सं. १८४० बैशाख १८
  2. श्री श्रीजङ्ग गुल्म बि. सं. १८४० बैशाख १९
  3. श्री रणभीम गुल्म बि. सं. १८४० बैशाख १९
  4. श्री श्रीनाथ गुल्म वि. सं. १८४० श्रावण ७
  5. कालिदल गल्म बि. सं. १८४० श्रावण ७
  6. श्री दर्गाबक्स गल्म बि. सं. १८४० भाद्र १५
  7. श्री बरख गल्म बि. सं. १८४० माघ १७ गते
  8. श्री भवानीबक्स गल्म बि. सं. १८४१ आश्विन १
  9. श्री भ्ैरवीदल गल्म बि. सं. १८४२ बैशाख २३
  10. श्री ज्वालादल गल्म बि. सं. १८४२ बैशाख ८ गते

वहादुर साहले पल्टनहरु खडा गरेर दलजित साह, नरू साही अभिमानसिंह बस्त्यात, सरुपसिंह कार्की, पारथ भंडारी, अमरसिंह थापा. प्रतिमन राता मगर, बिलोचन खवासेलाई महारानी राजेन्द्रलक्ष्मीको अध्यक्षता र नायबीमा वहादुर साहले खटाएको देखिन्छ । वहादुर साह गोरखा दरबारमा बसेर ASAT गएका सैनिंकका निग्रानी गर्दै सञ्चालक बनेको देखिन्छन्‌

विदेश सम्बन्ध

चीन

ब्रिटिस

नेपाल –तिब्बत /चीन युद्ध मा नेपालीहरूले अकल्पनीय पराजय बेहोर्नु परेको कारण बहादुर शाहले बहादुर शाहले अंग्रेजसंग सहायता लिने निर्णय गरी ई. १७९२ मा अंग्रेजसंग एउटा वाणिज्य सन्धि गरे। पृथ्वीनारायण शाहद्वारा निष्कासित केपुचिन पादरीहरूसँग बहादुर शाहले मित्रता कायम गरे तथा भारतस्थित कम्पनी सरकारसित व्यापारिक सम्झौता गरेर बृटिश फौजी मण्डलालाई बोलाएर बृटिश शक्तिसित विशेष सम्पर्क कायम राखे। तर बहादुर शाहको यस अंग्रेज समर्थक नीतिलाई नेपालका भारदारहरूले स्वागत गरेनन्।

पद त्याग

राजा रणबहादुर शाह अठार वर्ष पुगेका हुनाले दरबारका चाटुकार एकीकरण विरोधी भारदारहरूले बहादुर शाहका विरुद्ध राजालाई उचाल्न थाले। रणबहादुर शाह, बहादुर शाहका विरुद्ध कारबाही गर्न आफैँले शासन चलाउनु पर्ने कुरा भारदारको मतानुसार सोच्न थाले। रणबहादुर शाह आफ्नो पुनः राज्याभिषेक गराउन चाहन्थे। गुल्मी राज्यलाई स्वतन्त्रता दिई साला सिद्धिप्रताप शाहलाई राजा बनाउने, विदुर शाही र शेरबहादुर शाहीलाई चौतारिया पद दिने, कान्तिवतिलाई सकार्ने जस्ता कुरामा विवाद हुँदा बहादुर शाह र रणबहादुर शाहको मनमुटाव भयो। परिणामस्वरूप बहादुर शाहले आफ्नो नायब पद त्याग गरी धर्मकार्यपट्टी लाग्न थाले। त्यसपछि रणबहादुर शाह नेपालको सर्वेसर्वा भए।

मृत्यु

बहादुर शाह जस्ता वीर र सुझबुझ पूर्ण नेतृत्व क्षमता भएकालाई रणबहादुर शाहको लहडबाजीमा जेलमा हाली मृत्यु गराइयो। बहादुर शाहलाई बिष्णुमतिको छेउमा बन्दी बनाइएको थियो। उनले बहादुर शाहको टाउकोमा उमालेको तेल खनाउन लगाए। बहादुर शाहकी पत्नीलाई दुर्ववहार गर्न लगाए। उनलाई भए नभएका कुरा सुनाएर दिक्क पारिएको थियो। उनलाई राजेन्द्र लक्ष्मीलाई खानामा विष मिसाएर हत्या गरेको जस्ता आरोप लागिएको थियो। यस बखत नवयुवक राजा रणबहादुर शाहले राजकुमार बहादुर शाह माथी मुख्य रूपमा निम्न लिखित आरोप लगाएका थिए:

  1. कान्छा चौतारा दलमर्दन शाहसँग मिली बुबाज्यू महाराज प्रतापसिंह शाहको हत्या गरि टाउको लुकाउने र ढाड झ्यालबाट खसाउने योजना गरेको
  2. मुमामहारानी राजेन्द्रलक्ष्मीलाई भए-नभएको बात लगाई नेल हाली सर्वजित रानालाई कटाएको र मलाई पनि मारी दाखचोकको इनारमा पुर्ने योजना गरेको
  3. मथुरा नामकी एउटी केटीलाई लगाई मेरी मुमालाई बीस खुवाई मार्ने उद्योग गरेको
  4. विवाह गर्न भनी बहादुर शाह गोरखा जाँदा बोर्लाङघाटमा वास परेको दिन मलाई मारी गण्डकी नदीमा बगाउने योजना गरेको
  5. "राजालाई (मलाई) घरबाट निस्कन किन दिइस्" भनी बन्धु रानालाई गाली गरेको
  6. मलाई मार्न मसानको प्रयोग गरेकाले दक्षिण कालीको दर्शन गरेर फर्किदा बाटामा तीन पटकसम्म झाडापखाला तथा बमन भएको
  7. कुकर्मी बहादुर शाहले रातको बीचमा मलाई खोज्दै आएको, यसैबीचमा कुकुरले झम्टन जाँदा अकारण नै कुकुरलाई काटिदिएको
  8. मेरो अनुपस्थितिमा आफ्नो मनखुसीसँग आफ्नै हातले लालमोहरका छाप लगाउने गरेको
  9. मलाई मार्न भनी आधारातमा आएको, "पुनी" नामक धाईले थाहा पाई ढोकामा चुकुल हालेको र यसै रिसले तरबारले ढोकामा हानी फर्किई गएको।
  10. मलाई तीन सलाम गर्ने नगरेको
  11. राजा राम शाहका पालादेखी चलिआएको मैत्रीसम्बन्धको उपेक्षा गरि तिब्बतसंग अनावश्यक युद्ध गरेर झन्डै देशलाई नै डुबाइदिएको। चीनसँग युद्ध गर्न भनी अंग्रेजहरूसँग मित्रता बढाएको।

उनले बन्दी अवस्थामा खान, सुत्न, मनमा लागेको कुरा भन्न र आफन्तलाई भेट्न पनि पाएनन्।

वि सं १८५४ आषाढ १४ गते शनिबार को रात राजकुमार बहादुर शाहको गुप्त रूपमा हत्या गरियो। हत्या सम्भवतः गलामा पासो लगाएर गरिएको थियो। तर "कालगतिले नै यिनको मृत्यु भएको हो" भन्ने भान पारी बिहान उज्यालो नहुँदै पशुपति आर्यघाटमा पुर्याएर यिनको भौतिक शरीरको दाहसंस्कार सम्पन्न गरियो।

वि सं १८५४ आषाढ १५ गते बहादुर शाहको मृत्यु भएको घोषणा गरियो। चीनमा उनको मृत्युबारे खबर गर्दा छेरौटीले मरेको, भारतीय कम्पनीलाई लेख्ता सिकिस्त बिरामी परेको जस्ता प्रतिवेदन गरेका थिए।

बहादुर शाहको मृत्यु सार्वजनिक गरिएन। उनको दाहसंस्कार राजकीय ढाँचाबाट समेत गरिएन। बहादुर शाहका पक्षधरलाई नेपाल असुरक्षित भूमी हुन लाग्यो।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q4842257
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७०/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “बहादुर शाह।” नेपाली विश्वकोश, ४ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AC%E0%A4%B9%E0%A4%BE%E0%A4%A6%E0%A5%81%E0%A4%B0_%E0%A4%B6%E0%A4%BE%E0%A4%B9। हेरिएको: १२ नोभेम्बर २०२६।