नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
इतिहास

नेपाल –तिब्बत /चीन युद्ध

नेपाल तिब्बत चिन युद्ध (चिनियाँ: 廓爾喀之役) नेपालले तिब्बत तथा चीन सँग लडेको युद्ध थियो। यो युद्ध सन् १७८८ देखि १७९२ सम्म चलेको थियो। नेपाल भोट सम्बन्ध व्यपारको विषयले चिसो भएको थियो ।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ २,१७३ शब्द · १२ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास
नेपाली विरुद्धको दोस्रो अभियान
चित्र:Battle of Betrawati.jpg
बेत्रावती, पहिलो नेपाल-तिब्बत युद्धको दोस्रो चरणको युद्ध
मिति१७९१ - ९२
स्थान
परिणाम तिब्बत-चीनको विजय
नेपालको पराजय, बेत्रावती सन्धि
योद्धा
किंग साम्राज्य नेपाल अधिराज्य
सेनापतिहरू
कियानलोंग
फुकागन
रणबहादुर शाह
बहादुर शाह
दामोदर पाँडे
शक्ति
७०००० २००००-३००००
मृत्यु र क्षति
अज्ञात

नेपाल तिब्बत चिन युद्ध (चिनियाँ: 廓爾喀之役) नेपालले तिब्बत तथा चीन सँग लडेको युद्ध थियो। यो युद्ध सन् १७८८ देखि १७९२ सम्म चलेको थियो। नेपाल भोट सम्बन्ध व्यपारको विषयले चिसो भएको थियो ।

बहादुर शाहको नेतृत्वमा नेपाली सेनाले छिङ संरक्षित राज्य तिब्बतलाई लुट मच्चायो र तिब्बतीहरूले नेपाललाई वार्षिक जरिवाना दिन मेन्जुर गरी केरुङ सन्धिमा हस्ताक्षर गरे। यद्यपि, तिब्बतीहरूले चिनियाँ हस्तक्षेपको लागि अनुरोध गरे र फुक्आङ्गनको नेतृत्वमा चिनियाँ सेनाहरूलाई तिब्बत आए र १७९२ मा तिब्बती पठारबाट गोर्खाहरूसँग लडाइ सुरु भयो। तर बलियो नेपाली प्रतिआक्रमणको सामना गर्यो। नेपाल चीनले तय गरेको सर्त मान्न तयार भयो । यसरी दुवै देशले गतिरोधका रूपमा बेत्रावती सन्धिमा हस्ताक्षर गरे। नेपाल चीनको अन्तर्गत संरक्षित राज्य सरह बन्यो। नेपालले सन् १७९२, १७९४, १७९५, १८२३, १८४२ र १८६५ मा चीनलाई सौगात मण्डल पठायो।

यस युद्धलाई नेपाल र चीन दुवै देशले गौरवसाथ महत्व दिएको पाइन्छ । ल्हासास्थित पोताला दरबारको सामुम्ने रहेको एक शिलापत्रमा चीन बादशाहले यस युद्धलाई आफ्ना दश गौरवपूर्ण विजयहरूमध्ये एक भनी अंकित गरेकाछन् । साथै नेपालले पनि यस युद्धलाई एक महत्वपूर्ण विजय ठहराएको छ।

पहिलो युद्ध

नेपालले हमला गर्दै गयो र ल्हासा समेत कब्जा गर्यो । नेपाली फौजले तिब्बतमा पुरै लुट मच्चायो ।

आफुसँग अर्को कुनै उपाय नभएकाले तिब्बतीहरूले केरूंग सन्धी (खासा सन्धि )गरेका थिए दलाई लामाले समयमा कसैबाट कुनै पनि सहयोग पाउन नसकेकाले उनी अप्ठेरो पारगर्न वार्षीक ५०००० जरिवाना तिर्न राजी भएका थिए, त्यसैले त्यो रकम त्यो वर्ष तिरे पनि अर्को वर्ष तिरेनन नेपालले यसलाई आफ्नो अपमान ठान्यो त्यसैले राजकुमार नायब बहादुर शाह अर्को युद्धको तयारी गर्न लागे।

दक्खल

  • केरूङ्ग दख्खलः काजी अभिमान सिंह बस्नेतलाई केरूङ्ग मोर्चाको नेतृत्व दिइ क्यापटेन कालु पाण्डे, सरदार जसवन्त भण्डारी र सरदार रणजित कुँवरलाई अन्य कमान्डर नियुक्त गरियो। उनीहरूकोलाई दिइएको जिम्मवारी झुँगा कब्जा गरी काजी दामोदर पाण्डेलाई भेटी दिघर्चा कब्जा गर्न सघाउनु थियो।
  • कुती दख्खल: यो अभियानका कमान्डर काजी दामोदर पाँडे थिए क्यापटेन बम शाह, काजी जहर सिंह बस्नेत, सरदार प्रतिमन राना मगर, टकसारी नरसिंह गुरूङ उनका सहायक कमान्डर थिए, उनीहरूको काम कुती कब्जा गरी दिघर्चा कब्जा गर्न काजी अभिमान सिंहसँग भेटनु थियो।
  • खार्ता दख्खल: पूर्वी नेपालको संखुवासभाको चैनपुरबाट अगाडि बढेको यो सैन्य टोलीको नेतृत्व काजी कीर्तिमान् सिँह बस्न्यातले गरेका थिए भने उनका सहायक कमान्डर हरू सुब्बा पदम सिंह बस्नेत तथा सुब्बा मधु शाही थिए। यिनीहरू खार्ता कब्जा गरी कुतीमा दामोदर पाण्डेलाई भेटी दिघर्चा कब्जा गर्न खटिएका थिए।

दोश्रो युद्ध

रसुवा गढी र टिमुरे सैनिक सहयोग र रसद पानी का लागि महत्त्वपूर्ण मुकाम थिए त्यहा मल्ल काल देखि नै यौटा किल्ला बनाइएको थियो त्यसै गरी दुगुना गढी र लिस्ती नजीकैका लजिस्टीक ब्याकअप विन्दु थिए। नेपाली सैनिक नेपाल चिन तिब्बत सिमा नाघी त्याहा पुगे किन भनें की रक्षात्मक लडांइ का लागि तिठाउँ उपयुक्त थिए। सबै कमान्डरहरूले आफ्नो जिम्माका अभियान सजिलै सकि दिर्घाचा नराम्रो सँग हान्न पुगे र लामाहरू सबै पछाडी हट्न बाध्य भए नेपाली कमान्डर हरूले ५० धार्नी सुन र १ लाख रूपैया युद्धको क्षतिपूर्ति स्वरूप दिर्घाचामा रहेका तिब्बती अधिकारीहरूसँग माग गरे। लामा हरूले त्यो तिर्न अस्विकार गरे। नेपाली सेना नेपाल फर्के पछि दलाई लामा र तिब्बतमा रहेका चिनीया अम्बानले चिनीया बादशाहलाई नेपालीको आक्रमण तथा तुरून्तै सैन्य साहयताको जानकारी गराए।

केरुङ

केरुङको लडाइ ६ दिनसम्म चलेको थियो । नेपाली पक्षको नेतृत्व प्युवार लामा र शत्रुभञ्जन मल्लले गरेका थिए । नेपाली फौज बलियो मोर्चा बनाइ बसेका थिए र चिनिया सेना आउने बित्तिकै प्रहार सुरु गरे । चीनिया सैनिकले नेपाली सैन्यलाई तीन घेरा लाई लड्न सुरु गर्‍यो । ६ दिनको लडाइ पछि चीनिया फौजले नेपाली फौजको किल्लाको चारैतिर आगो लगाइदिए र नेपालीहरू रसुवातर्फ भागे ।

रसुवागढी

रसुवागढी कब्जा
रसुवागढी कब्जा
स्याफ्रू कब्जा
स्याफ्रू कब्जा

धैबुंग

लिस्ती र धुन्चेको चीनियाँ सेनापतिले संयुक्त रुपमा धैबुङ्गतर्फ बढी हमला गर्‍यो। चीनियाँ फौज धैबुङ पुगेको समाचारबाट परिस्थिति गम्भीर भएको महसूस गरी नेपालाले सुदूर पश्चिम्तिर लड्न बसेका आफ्ना सेनापतिहरूलाई तुरुन्त काठमान्डौँ आउन सूचित गरेको थियो। यस क्षेत्रबाट पनि हारेर फर्कन पर्‍यो बह्ने चीनियाँ फौज विना रोकटोक सरासर काठमाडौं पुग्ने भयो भन्ठानेर नेपालीहरूले आफ्नो सारा शक्ति एवम बुद्धि लगाएर लड्न थाले ।

फलस्वरुप चीनियाँ फौजले पछि हट्नुपर्‍यो। चीनियाँ फौज पछि हटेर धैबुङबाट चार कोस टाढा रामच्या भन्ने स्थानमा गै बसे । यसरी पछी हट्दा भीरबाट खसेर धेरै जवान क्षति भयो । चीनियाँहरू पछि हटे पनि नेपाली फौजले उनीहरूको पीछा गरेनन् । उनीहरू धैबुङ मै मोर्चा बलियो गरी बसी रहे ।

काठमाडौँमा त्रास

चिनियाँ सेना त्यस समयमा एसिया र विश्वको उत्कृष्ट सेना थियो । चिनियाँ सेना र तिब्बती सेनाले नेपाली सेनालाई पछाडी धकेल्दै गयो।

भोटे सेना त्रिशुली वेत्रावती, नुवाकोट सम्म आइपुगे पछि काठमाडौँमा त्रासको वातावरण सिर्जना भयो । उनीहरूले एक शक्तिशाली धक्का दिएर काठमाडौँ नेपाल खाल्डो राजधानी कब्जा गर्न सक्थे । त्यसकारण हतार हतार राजधानी नै मकवानपुर सार्ने काम पनि सुरु हुन लाग्यो ।

बेत्रावती

चीनिया सेनापतिले स्यामर्पा लामा मन्यो भनेर मात्र हाम्रो चित्त बुझ्दैन उनी मरेको हो होइन हाम्रो मानिसले जांच गर्ने छ तथा युद्धबन्दीको वार्ता चलाउन धैबुंग सांगुरो हुँदा नुवाकोटमा आएर बस्न चाहन्छौं भन्न सन्देश पठाए । साथै वार्तामा भाग लिन स्वयं श्री ५ रणबहादुर शाह अथवा चौ. बहादुर शाहले आउनुपर्छ भन्ने पनि समाचार पठाए। यो समाचार राजधानीमा पनि पठाइयो । चीनिया सेनापतिको यस्तो रुख भएबाट यिनीहरूको युद्ध बन्द गर्ने चाहना रहेन छ, नुवाकोट पुगी त्यहाँबाट काठमाडौंसम्म पुग्ने रहेछ भन्ने ठानी नेपालले पनि युद्ध जारी नै गर्ने निधो गयो । साथै दृटिश कम्पनी सरकारसित सहायतार्थ पत्र व्यवहार पनि गर्न थाल्यो । वृटिश सरकारले चीनको विरुद्ध नेपाललाई सहायता दिन इच्छा गरेन, तथापि युद्धको हाल बुझ्न भनी कर्नल विलियम कफेप्या- ट्रिकय को नेतृत्वमा एक फौजी मिशन पठायो । तर उनी आउन्जेलसम्ममा युद्ध बन्द भै सकेकोल वृटिश सैनिक मिशनले धेरै दिन नेपालमा बस्तु परेन । अन्तसम्म नै लड्ने निश्चित भएपछि नेपाली सेनापतिले जीनिया सेनापतिको उपर्युक्त सन्देशको प्रत्युत्तरमा युद्धबन्दीको वार्ता गर्ने भए धैबुंगमा नै गरिनुपदछ, नुवाकोट छोडन सकिदैन तथा कुराकानीमा भाग लिन पनि श्री ५ रणबहादुर शाह र चौ. वहादुर शाह दुवै आउने छैनन् भन्ने खबर पठाए । नेपाली पक्षबाट यस प्रकारको प्रत्युत्तर पाएपछि चीनिया सेनाले पुनः युद्ध जारी गयो तथा बेत्रावती नदीलाई पार गर्ने कोशिश गयो ।

नेपाली सेनाले पनि बहादुरीसाथ लडेर चीनियाको नदी तर्ने हर प्रयास विफल बनाइदियो । बेत्रावतीमा शुरू भएको यस लडाइँको दोस्रो दिन देउराली डांडा कब्जा गरी बसेका एक जना चीनिया अफिसरले केही सैन्य साथ नदी पार गर्ने ठूलो प्रयास गरे । नदीको साबिक पुलमा नेपाली सेना जबर्जस्त तैनाथ रहेको हुँदा उनले नया पुल हालरे पार गर्न खोजेका थिए । तर नेपाली सैनिकले उनको यो नया पुल हाल्ने प्रयासलाई पनि सफल हुन दिएन । पुलको निम्ति जडान गरिएका फल्याकहरू नेपालीहरूले भाँचेर नदीमा बगाइदिए । फलस्वरूप यस पुत्रबाट पारी तर्न खोजेका चीनिया निक जानहरू रै नदीमा खसेर मरे । बाँकी फौजले पछि हट्नपयो ।

यसरी पछि हट्दा चीनिया अफिसर को खुट्टा भाचियो र त्यही चोटले उनी तीन दिनपछि मरे । अनेक प्रयास गर्दा पनि बेत्रावती नदी तर्ने योजना विफल भएबाट चीनिया सेनापतिले नुवाकोट जाने आफ्नो विचार बदल्न कर पयो । बेत्रा- बतीमै बसी युद्ध बन्द गर्न वार्ता चलाउन उनी राजी भए, तथा वार्तामा भाग लिन श्रा ५ रण बहादर शाह अथवा चौ० बहादुर शाहले नै आउनु पर्छ भन्न जिकिर पनि छोडे। त्यसपछि चीनिया सेनापतिले केही शर्त अनुसार लडाई बन्द गर्न नेपाली सेनापतिलाई पत्र लेखे, तथा नेपाली पक्षबाट त्यसमा स्वोकृतिको सूचना गरेपछि यही पत्र व्यवहारद्वारा संवत् '१८४८ साल भाद्र सुदि ३ का दिन युद्ध बन्द गर्ने सुलह हुन गयो

सन्धि

जीत पछी चिनियाँ दरबारमा विजय समारोह
जीत पछी चिनियाँ दरबारमा विजय समारोह

मुख्य लेख: बेत्रावती सन्धि

नेपालीहरूले अकल्पनीय पराजय बेहोर्नु परेको कारण बहादुर शाहले चिनियाँ सेनापति फुकाङ्गसंग वार्ता गरे । वार्तामा चिनियाँ सेनापतिले नेपालले लुटेको सम्पत्ति फिर्ता गर्ने, बन्दी बनाइएका भोटका काजीहरूलाई रिहा गर्ने, स्यामार्पा लामालाई तिब्बत सरकारलाई बुझाउनु पर्ने ३ वटा शर्तहरू राखे । नेपालले २ वटा शर्तहरू स्वीकारे तापनि स्यामार्पा लामालाई सुम्पन्न चाँहदैनथे । ई. १७९२ मा स्यामार्पा लामाको मृत्यु भयो र वार्ताको ढोका खुल्यो । पुनः सेनापतिले ३ वटा शर्तहरू राखे । श्यामार्पा लामाको हाडखोर चिनियाँ सेनापति छेउ बुझाउने, दिगर्चामा लुटेको सम्पत्ति फिर्ता गर्ने, ई. १७८८ को सन्धिको सक्कल प्रति चिनियाँ सेनापतिलाई बुझाउने । परन्तु बहादुर शाहले यस बारेमा जवाफ पठाएनन् । यसरी वार्ताले सकारात्मक रूप लिन नसक्दा पुनः युद्ध चर्कने स्थिति देखेर बहादुर शाहले अंग्रेजसंग सहायता लिने निर्णय गरी ई. १७९२ मा अंग्रेजसंग एउटा वाणिज्य सन्धि गरे । चिनियाँ सेनापति फूकाङ्गले नेपाली फौजमाथि आक्रमण गर्ने आदेश दिए। यो आक्रमण नेपालको लागि घातक सिद्ध भयो । चिनियाँ फौज बेत्रावतीसम्म आइपुगेकाले काठमाडौंलाई खतरा भई ढुकुटी नै मकवानपुर सारिएका प्रसङ्गहरू उल्लेख छन् । नेपालमा त्रासको माहोल सिर्जना भएको र भोटे/ चीनियाँ सेना पनि आफ्नो मुकामबाट निकै टाढाको दुरी आइपुगेको हुँदा सन्धिको कुरा उठ्यो । यस युद्धमा नेपालको पराजय भएको हुँदा सन्धिमा नेपाललाई निकै तल पारियो । त्यसपछि नेपालले चिनियाँ शर्तहरू बाध्य भएर मान्नु पन्यो र ई. १७९२ मा नेपाल + तिब्बत + चीनका बीचमा बेत्रावतीमा सन्धि भई युद्धको अन्त्य भयो ।

यस सन्धिले नेपालले आदिकालदेखि प्राप्त गरेको हिमाली क्षेत्रको व्यापारमा एकाधिकार समाप्त गयो। तिब्वती बजारमा वर्षौंदेखि चालु रहँदै आएको नेपाली मुद्रा बाहेक नयाँ मुद्रालाई प्रतिबन्ध लगायो । तिब्बतमा नेपालको जुन स्थिति थियो । त्यो समाप्त भई चीनले प्राप्त गयो । कुती र केरूङ्गका क्षेत्रमा चिनियाँ अधिकारीले रेखाङ्कन गरेको सिमानालाई मान्न नेपाल बाध्य भयो । प्रत्येक पाँच वर्षमा एउटा शिष्टमण्डल नियमित रूपमा चीन पठाउनु पर्ने भयो । यो सम्झौता नेपालका लागि हानिकारक तथा घातक सिद्ध भए तापनि नेपालले यस सम्झौतालाई उल्लंघन गर्ने कोशिस गरेन । बरू प्रत्येक ५-५ वर्षमा एउटा शिष्टमण्डल नियमित रूपमा चीन पठाउने भयो । बेत्रावतीको सन्धिमा नेपाललाई चीनको अधिनता स्वीकार्नु पर्ने वा कुनै प्रकारको हानि हुने शर्त नरहेकाले नेपालले केही कुरा गुमाउनु परेन

सौगात मण्डल

यो युद्धको तत्काल पछि काजी देवदत्त थापा सैगात लिइ चीन गएका थिए । त्यस बखत नेपाल र पेकिङको बीच आवत जावत गर्ने यातायातको साधन कठिनतम हुनाले यो सौगात मण्डल प्रत्यक पाँच वर्षमा पठाउने चलन चल्न गयो। तथापि परिस्थिति अनुसार कहिले ८-१० वर्षको बीच पनि सौगात पठाउन्व गरिन्थ्यो । यो सम्बन्ध यस बेला देखी संवत १९६३ साल सम्म चीनमा शाही शासन रहुन्जेल रह्यो, तथा चीनमा गणतन्त्र स्थापित भएपछि यो सम्बन्ध टुट्न गयो । त्यसपछि श्री ५ महेन्द्रको समयमा बि.सं २०१२ मा नेपाल र चीनको बीच पञ्चशीलको सिद्धान्तको आधारमा नयाँ सम्झौता भई पुन: सम्बन्ध स्थापना हुन गयो ।

यसप्रकार शताब्दीयौं देखि रहेको नेपाल + तिब्बत सम्बन्धमा गतिरोध आउनुको बदला यस सन्धि पश्चात्चीनको संलग्नता पनि बढ्न गई नेपालको कूटनैतिक इतिहासमा नयाँ अध्यायको शुरूआत भएको पाइन्छ ।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q2270170
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६२/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “नेपाल –तिब्बत /चीन युद्ध।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2_%E2%80%93%E0%A4%A4%E0%A4%BF%E0%A4%AC%E0%A5%8D%E0%A4%AC%E0%A4%A4_%2F%E0%A4%9A%E0%A5%80%E0%A4%A8_%E0%A4%AF%E0%A5%81%E0%A4%A6%E0%A5%8D%E0%A4%A7। हेरिएको: १२ नोभेम्बर २०२६।