नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
इतिहास

नेपाली काङ्ग्रेसको मुक्ति सेना

नेपाली काङ्ग्रेसको मुक्ति सेना नेपाली काङ्ग्रेसको लडाकू दस्ता थियो। मुक्ति सेनाको गठन बैरगनियामा रणनैतिक सम्मेलनबाट वि.सं. २००७ मा भएको थियो।

अद्यावधिक: १५ अक्टोबर २०२६ ४८१ शब्द · ३ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास
मातृकाप्रसाद कोइराला मुक्ति सेनाका सभापति सर्वाेच्च कमान्डर
मातृकाप्रसाद कोइराला मुक्ति सेनाका सभापति सर्वाेच्च कमान्डर

नेपाली काङ्ग्रेसको मुक्ति सेना नेपाली काङ्ग्रेसको लडाकू दस्ता थियो। मुक्ति सेनाको गठन बैरगनियामा रणनैतिक सम्मेलनबाट वि.सं. २००७ मा भएको थियो।

२००७

मुक्ति सेनाको गठन बैरगनियामा रणनैतिक सम्मेलनबाट वि.सं. २००७ मा भएको थियो। अहिंसात्मक आन्दोलनबाट जनताको सर्वोच्चता प्राप्त हुन नसक्ने परिस्थितिको मूल्याङ्कन गरी आन्दोलनलाई सशक्त बनाउन नेपाली काङ्ग्रेसले वि.सं. २००७ असोज १० र ११ (सन् १९५० सेप्टेम्बर २६ र २७)मा रौतहटको सीमानामा रहेको वैरगनियामा रणनैतिक सम्मेलन आयोजना गरेको थियो।

यस सम्मेलनले 'शसस्त्र क्रान्तिबाट मात्र देशमा परिर्वन सम्भव छ' भन्ने ठहर गरी सो क्रान्तिको सुप्रिम कमाण्डर पार्टी सभापति मातृका प्रसाद कोइरालालाई बनाउँदै भित्री रूपले त्यसको सञ्चालनको बागडोर विश्वेश्वरप्रसाद कोइराला र सुवर्ण शमशेर राणालाई जिम्मा लगायो। क्रान्ति सम्पन्न भएपछि मुक्ति सेनालाई दिल्ली सम्झौता अनुसार रक्षा दलमा परिणत भयो।

सिंहदरबार बिद्रोह

दिल्ली सम्झौता अनुसार मोहन शमशेर नै प्रधानमन्त्री हुने भएपछि कुँवर इन्द्रजित सिंह लगायतहरू असन्तुष्ट भए। उनीहरूले हतियार बुझाउन मानेनन् र सशस्त्र हमला जारी नै राखे। उनलाई भैरहवामा समातियो र सिंहदरबारमा कैद गरिएको थियो। काठमाडौँ ल्याइएका सिंह रक्षा दलमा परिणत भएको मुक्ति सेनाको सहयोगमा विद्रोह गरी मुक्त भएका थिए।

ज्यादती

काङ्ग्रेसको मुक्तिसेनाले गाउँगाउँमा आतंक मच्चाउँथे। प्रजातन्त्र ल्याउनका खातिर उनिहरूले शासकलाई मात्र हैन अन्यलाई पनि हत्या गर्थे। पूर्वी नेपालमा निकै लुटपाट मच्चाए। प्रजातन्त्र स्थापना पछि गाउँ गाउँमा काङ्ग्रेस चुरीफुरी निकै बढ्यो। झगडा पर्दा "तेरो घरमा काङ्ग्रेस पसोस्" भन्ने उक्ति नै त्यतिबेलाबाट चल्न थाल्यो।

२०१७-२०३३

राजा महेन्द्रले विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरेसँगै विसं २०१७ माघ १२ र १३ गते भारतको पटनामा भएको नेपाली कांग्रेसको सम्मेलनले सुवर्णशमशेर राणालाई कार्यकारी सभापति घोषणा गर्‍यो। त्यो सम्मेलनले प्रजातन्त्र पुनस्र्थापनाका लागि सशस्त्र सङ्घर्ष गर्ने निर्णय गरेको थियो। नेपाली कांग्रेसले दोस्रो पटक सशस्त्र सङ्घर्षको थालनी गर्‍यो । राणा शासनविरुद्धको २००७ सालको सशस्त्र सङ्घर्ष कात्तिक २६ गते सुरु गरिएकाले सोही दिन पारेर २०१८ साल कात्तिक २६ सङ्घर्ष सुरु गर्ने भनिएको थियो।

श्री सहिद जगत प्रकाश जङ्ग शाह संस्कृत स्कुल
श्री सहिद जगत प्रकाश जङ्ग शाह संस्कृत स्कुल

टिम्बरबोटे घटना, २०३१

कप्तान यज्ञबहादुर थापाको नेतृत्वमा भू.पू. सैनिकहरू लगायत ठूलो संख्यामा भारतको फारबिसगञ्ज, बथान बीरपुर र बनारसमा तलिम दिई लडाकूहरू तयार गरिएको थियो। तालीम प्राप्त लडाकुहरूको डरुड्ढाले पूर्वी पहाडी जिल्लाहरू कब्जा गर्दै स्थानीय सरकार गठन गर्दैअघि बढ्दै ओखलढुंगा पुग्यो। वि.सं. २०३१ पुष १ मा सीमावर्ती सोलुखुम्बु जिल्लाको तिङ्गला जंगल बासस्थान बनाई क्रान्ति गरेका यी समूह सरकारी पक्षद्वारा मारिए ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q5160809
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८८/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “नेपाली काङ्ग्रेसको मुक्ति सेना।” नेपाली विश्वकोश, १५ अक्टोबर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80_%E0%A4%95%E0%A4%BE%E0%A4%99%E0%A5%8D%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B8%E0%A4%95%E0%A5%8B_%E0%A4%AE%E0%A5%81%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%BF_%E0%A4%B8%E0%A5%87%E0%A4%A8%E0%A4%BE। हेरिएको: १२ नोभेम्बर २०२६।