नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
समाज र जीवनशैली

थापा

थापा एक नेपाली पहाडी समुदायको थर हो । थापा थरका व्यक्तिहरू क्षेत्री र मगर हुन्छन्। यिनीहरूलाई नेपालका समुदायहरूमा एउटा भारदारी जातिको रूपमा लिइन्छ। ऐतिहासिक रूपमा थापा ६ पुस्त्यौनी काजी परिवारहरू मध्ये एक हो। अन्य पाँच परिवारहरू पाँडे वंश, कुँवर परिवार, बोहोरा वंश र बस्न्यात वंश हुन्। राजनीतिक थापा खलकको पाँडे खलकसँग ऐतिहासिक दुस्मनी छ। नेपालभरि सर्वत्र बसोबास गर्ने थापाहरू नेपालको ठूलो जनसङ्ख्यामा पाइन्छन्। फोरबियर्स वेबसाइटको अनुसार सन् २०१४ मा थापा नेपालको दोस्रो ठूलो थर थियो।

अद्यावधिक: ६ नोभेम्बर २०२६ १,३८७ शब्द · ८ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

थापा एक नेपाली पहाडी समुदायको थर हो । थापा थरका व्यक्तिहरू क्षेत्री र मगर हुन्छन्। यिनीहरूलाई नेपालका समुदायहरूमा एउटा भारदारी जातिको रूपमा लिइन्छ। ऐतिहासिक रूपमा थापा ६ पुस्त्यौनी काजी परिवारहरू मध्ये एक हो। अन्य पाँच परिवारहरू पाँडे वंश, कुँवर परिवार, बोहोरा वंश र बस्न्यात वंश हुन्। राजनीतिक थापा खलकको पाँडे खलकसँग ऐतिहासिक दुस्मनी छ। नेपालभरि सर्वत्र बसोबास गर्ने थापाहरू नेपालको ठूलो जनसङ्ख्यामा पाइन्छन्। फोरबियर्स वेबसाइटको अनुसार सन् २०१४ मा थापा नेपालको दोस्रो ठूलो थर थियो।

नेपालमा क्षेत्रीहरू थापा भनी थर लेख्ने गर्छन् र थापा मगरहरू चाहिँ थापा मगर लेख्ने गर्छन्। त्यसैले विभाजन गर्दा क्षेत्रीहरूलाई थापा काजी भनिन्छ र थापा मगरहरूलाई मगर भनिन्छ।

नेपालमा थापा खलकहरूको विशेष राजनितिक पहुँच पनि रहि आएको छ। आधुनिक नेपालको निर्माणसँगै प्रधान सेनापति, भारदार र मन्त्रीहरू क्षेत्री थापा थिए। नेपालको हुकुमी व्यवस्थामा प्रमुख शक्तिमा बस्नेत र पाण्डेहरूसँग प्रतिस्पर्धा हुनु अगाडि नै बोहराहरू पश्चात थापा क्षेत्रीहरू एक शक्तिशाली भारदारी परिवार बन्न पुगेका थिए। भिमसेन थापा नेपालको सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री भएका थिए जो थापा नै थिए। बडाकाजी अमरसिंह थापा नेपालको महानायकमा गनिन्छन्। त्यस्तै सरदार भक्ति थापा पनि नेपालका राष्ट्रिय विभूतिहरूमध्ये एक हुन्।

हुकुमी शासनकालमा मात्र नभई पञ्चायतकालमा पनि सुर्यबहादुर, विश्वबन्धु, चिरण शम्शेर, सुशिला, निराजन र कमल थापाहरूको वर्चस्व रहेको थियो। यसको नाइके भने पाँच पटकसम्मका प्रधानमन्त्री सुर्यबहादुर नै हुन्। त्यस्तै एक समयमा सन् २००३ मा नेपाली सेनाका प्रधान सेनापति धर्मपालवरसिँह थापा, नेपाल प्रहरीका महानिरीक्षक श्यामभक्त थापा र सशस्त्र प्रहरी प्रमुख सहवीर थापा तथा प्रधानमन्त्री सूर्यबहादुर थापा रहँदा एकैपटक ४ सर्वोच्च पदमा शासनसत्ता सम्पूर्ण थापाहरूको नियन्त्रणमा भएको थियो। यसले प्रजातान्त्रिक व्यवस्थामा पनि थापा क्षेत्रीहरूको शासकत्व वर्णन गर्दछ।

क्षत्रिय थापा काजी

क्षत्री थापाहरू प्राचिन खस राज्य तथा नेपालका सेनापती तथा योद्दाहरू हुन्। क्षेत्री थापाहरू भारतीय आर्यन भाषिक गण र क्षत्रिय वर्णभित्र पर्दछन्। क्षेत्री थापाहरू हिन्दू क्षत्रिय धर्म निर्वाह गर्छन्। यस क्षेत्री थापाभित्र पनि थुप्रै कुलघरानहरू रहेका छन् - जसमध्ये पनि बगाले थापा, गोदार थापा,खुलाल थापा लामिछाने थापा, सुयल (थापा), पुँवर थापा, ऋक्सेन थापा, गाम्ले थापा, कालिकोटे थापा, छन्।

खुलाल थापा : खुलाल थापाको गोत्र धनन्जय गोत्र हो । पुर्ख्यौली थलो पश्चिम भयको र हाल नेपाल का विभिन्न ठाउँमा बसोबास गर्दै आयका छन । काठमाण्डौँ खुलाल टार, खोटाङ चुइचुम्बा , कुलागाँउ,उदयपुर, मोरङ,धनकुटा सिधुवा,आदि ठाउँमा ठूलो संख्यामा रहेका छन।

पुँवर थापा

पुँवर थापाहरू कपिल गोत्रका हुन् । सरदार भक्ति थापा लमजुङ जिल्लाका कुलीन पुँवर थापा थिए। पुँवर थापा क्षेत्री समाजले उनीलाई सहिद घोषणा गराउने माग राखेको छ । सार्क महासचिव अर्जुन बहादुर थापा सरदार भक्ति थापाका आठौँ पुस्ता हुन् ।

लामिछाने थापा

जनकवि केशरी धर्मराज थापा, एक लामिछाने थापा क्षत्री
जनकवि केशरी धर्मराज थापा, एक लामिछाने थापा क्षत्री

लामिछाने थापाहरू गर्ग गोत्रका हुन्। । धनकुटा मूलघर भएका नेपालको सर्वाधिक ५ पटकको प्रधानमन्त्री सूर्यबहादुर थापा, जनकवि केशरी धर्मराज थापा, नगेन्द्र थापा र सुनिलबहादुर थापा शेरबहादुर थापा लामिछाने थापा हुन्।

गोदार थापा

गोदार थापा क्षेत्री थापा अर्थात् थापा काजीहरूको एक कुलघरान हो । गोदार थापा क्षेत्री थापाहरूको कैरन वा कुलघरान हो । कश्यप गोत्रका हुन्। गोदार थापा सर्वत्र पाईने सत्तारूढ सामन्त वर्गका थापा हुन्। स्वास्थ्य मन्त्री तथा प्रबल युवा नेता गगन थापा पनि गोदार थापा हुन्। हालका प्रधान सेनापती पुर्ण चन्द्र थापा गोदार थापा हुन ।राणा प्रधानसेनापति खड्ग, रण तथा राणा प्रधानमन्त्री महाराजाहरू देव, चन्द्र र भीम सहित ५ भाइ छोराकी माता तथा धीर शमशेर राणाका पत्नी रानी नन्दकुमारी थापा गोदार थापा हुन् । उनका पिता काजी हेमदलसिंह थापा तथा भाइ काजी कर्णेल केशरसिंह थापा यस गोदार थापा कुलका हुन् । गोदार थापा सर्वत्र पाईने सत्तारूढ सामन्त वर्गका थापा हुन् मल्लकालमा बनेपाका गोदार थापा खलक भक्तपुरका शक्तिशाली खलक भएको । स्वास्थ्य मन्त्री तथा प्रबल युवा नेता गगन थापा पनि गोदार थापा हुन् । प्रधान सेनापती पुर्ण चन्द्र थापा गोदार थापा हुन ।

गोदार थापा वंशावली

नेपालमा गोदार तथा गोदार थापाका रुपमा चिनिने वंशको उत्पत्तिस्थल गोबद्र्धन गिरि मानिन्छ । गोवद्र्धन गिरि इरान, इराक र आर्मेनियाको बीचमा पर्दछ । यसलाई केदार पर्वत पनि भनिन्छ । गोवद्र्धन गिरि र त्यसको आसपासको मूमिमा गोदार जातिका पूर्वजहरु वैदिककाल (करिव ६ हजार वर्ष) पूर्व नै अस्तित्वमा रहेको बुझिन्छ । मानव सृष्टिको इतिहासमा गोदार वंश अत्यन्तै प्राचिन पहिचान भएको एउटा महत्वपूर्ण वंश हो । गोवद्र्धन गिरिमा रहने गोदारवंशजका पूर्वजहरुको मुख्य पेशा गाईको सेवा गर्नु थियो । गाईका सेवाक र रक्षक भएकाले गोदार वंशको उत्पत्तिलाई कामधेनु गाईसँग जोड्ने गरेको प्रसङ्ग पनि पाइन्छ । यस वंशमा गाईलाई माता समान मानिन्छ । गाईका रक्षक भएकाले गोदार वंश तेजस्वी रह्यो र गाईका सेवक भएकोले यस वंशमा क्षेत्रिय स्वाभावको विकास भएको हो । गोदार वा गोदार थापा थर भएका यस जातिको गोत्र काश्यप हो । यिनीहरु बाह््र मष्टलाई आफ्नो कुलदेवता मान्दछन् । यिनीहरु क्षेत्री हुन् । वैदिक युगको चातुर्वष्यमा गोदार वंश पनि पर्दछ । इमान्दार, कर्तब्यनिष्ठ र भक्तिभावले युक्त गोदार वंशका पूर्वजमा क्षेत्रिय धर्मका गुणहरु थिए । त्यसैले गोदार वंशले वैदिक युगदेखि नै क्षेत्रिय धर्मलाई पालना गर्दै आए र वर्तमानसम्म यिनीहरुले आफ्नो धर्मलाई कायम राखेका छन् । गोदार तथा गोदार थापाहरु हिन्दू धर्मका अनुयायी हुन् । मानव इतिहासको लामो कालखण्ड पार गरिसक्दा पनि आफ्नो वंश धर्म र संस्कारलाई एकनासले जीवन्त राख्न सक्नु यस वंशको एउटा महत्वपूर्ण विशेषता हो । गोदार थापा वंशको इतिहास गौरव लायक छ । हजारौ वर्षको समयावधिमा कैयौ वंशहरु अज्ञात गर्भमा बिलाए । कैयौ वंशले आफ्नो धर्म र परम्परालाई भुलेर अनेत्र मिसिन पुगे । संसारमा सधै अमर रहन सक्छु भन्ने घमण्डले चुर हुने वंश पनि विनाश भए । संसारको इतिहास निर्माण गर्न कसिएको वंशले आफ्नो इतिहाससम्म कायम राख्न सकेनन् । कति वंशको उदय भयो कतिको अन्त । सबैको लेखाजोखा गर्न पुराना धार्मिक ग्रन्थहरुको अध्ययन गर्नुपर्दछ । तर गोदार थापा वंशले मानव विकासको इतिहासका पानामा सधैं आफूलाई सुरक्षित राखेको छ । आफू भलो त जगतै भलो भन्ने आदर्शलाई आफ्नो मूलमन्त्र ठान्ने गोदार थापाका पूर्वजहरुले कहिल्यै कसैको कुभलो गरेनन् । त्यसैले यस वंशले कहिल्यै खतराको सामना गर्नु परेन । हजारौं वर्षको इतिहासमा कैयौं कुराको हेरफेर भयो, तर यस वंशलाई केही फरक परेन । त्यसैले यो वंश सधै सुरक्षित रह्यो । राष्ट्र, राष्ट्रिया, धर्म, संस्कृति र सेवामा समर्पित रहनु गोदार थापा वंशको मुख्य विशेषता हो । प्राचिन ग्रन्थहरुमा उल्लेख भएको भारतवर्ष भन्नाले वर्तमान संसारको दक्षिण एसियालाई मान्नुपर्छ । त्यसकारण गोदार थापाका पूर्वजहरुको प्राचीन इतिहास खोज्न यिनै क्षेत्रभित्र चहार्नुपर्छ । गोदार थापाहरु रजपुत खलक भएको पनि पाइन्छ । नेपाल एकीकरण हुँदासम्म जुन नेपाली जहाँ पुगेका थिए, त्यही नै घुमन्ते जीवनको अन्त्य भएकाले पछिल्लो ठेगानालाई आफ्नो जन्मभूमिको रुपमा स्वीकार गरी आ–आफ्नो वंशावली निर्माण गर्ने प्रवृत्तिअनुसार नै गोदार थापाहरुको उत्पत्ति स्थलका बारेमा पनि गोर्खा, पाल्पा, जुम्ला, दैलेख, डोटी, कुमाउ, गढवाल तथा राजपुतनाको चितौड आदि स्थलहरुको प्रसङ्ग उठाउने गरिएको छ । माथि उल्लेख गरिएका सबै भूमिमा गोदार थापा वंशको पनि इतिहास गाँसिएको छ । समय जति अगाडि बढ्यो त्यति नै पुराना कुराहरु अज्ञात हुँदै गए । जसले जतिसम्मको इतिहास थाहा पाउन सक्यो त्यसै स्थानलाई गोदार थापा वंशको उत्पत्स्थिल मान्दै गए । त्यसैले गोदार थापाको उत्पत्तिका बारेमा माथि उल्लेख गरिएका सबै स्थलहरु गलत छैनन् । तर गोदार बंशको इतिहास निक्कै प्राचीन भएकोले अध्ययनको तह जति प्राचीनतातर्फ लम्बन्छ त्यति नै वास्तविकताको नजिक पुग्न लागिएको ठान्नुपर्छ ।

Godar Thapa Vamsāwali

ऋक्सेन थापा

यस थापाहरू भारद्वाज गोत्रका हुन् । प्रसिद्ध नाथ योगी राष्ट्र गुरु योगी नरहरिनाथ यस कुलघरानका थापा हुन् ।

सुयल थापा

सुयल (थापा)हरू वशिष्ठ गोत्रका हुन्। जहा सुयलहरूको सुरुवात् पान्थर भए पनि जिजु बाजे नै भारतको आसाम तर्फ लागेकाले गर्दा मध्य तिर कुनै नाम निशान नै नरहेको र समय सँगै केही पुस्ता पछि आएर सुनसरी, भोजपुर, शंखुवासभा र झापा जिल्लालाई प्रमुख् बास स्थान् बनाउदै आएका छन्।

मगर थापा

काजी विराज थापा मगर छातीमा खुकुरीसहित
काजी विराज थापा मगर छातीमा खुकुरीसहित

यस थापाहरू भोट-बर्मेली भाषिक जाति मगरभित्र पर्दछन् । उनीहरू मगर भाषा अर्थात् भोट-बर्मेली भाषा प्रयोग गर्छन् । यस जातिका थापाहरू योद्धा प्रवृत्तिका हुन्छन् । प्रायः पुरानो गोरख गणबाट लड्ने यिनीहरूले संसारका विभिन्न स्थानमा लडी युद्ध विजय गरेका छन् । यिनीहरूको रहनसहन सम्पूर्ण मगर जातिको जस्तै हुन्छ ।

विराज थापा मगर पृथ्वीनारायण शाहका पहिलो सेनापति हुन्। मगर सेना ले लिम्बुवानको योध मा लिम्बु सेना लाई सन्धी गर्नु मजबुर गरेकाथिए इ जाती लिम्बूवन जित्ने जात पनि भनिन्छ । लखन थापा मगर नेपालको पहिलो सहिद हुन्। कूलबीर थापा, नेत्रबहादुर थापा र लालबहादुर थापा भिक्टोरिया क्रस विजेता हुन् । सहबिर थापा , ससस्त्र महा निरीक्षक ससस्त्र प्रहरि बल । उप रथी प्रेम प्रकाष थापा ,नेपाली सेना ।

उल्लेखनीय थापाहरू

सरदार भक्ति थापा, लमजुङका पुँवर थापा
सरदार भक्ति थापा, लमजुङका पुँवर थापा
प्रधानमन्त्री माथवरसिंह थापा, एक बगाले थापा काजी
प्रधानमन्त्री माथवरसिंह थापा, एक बगाले थापा काजी

पुस्तक

बाह्य सूत्र

यो पनि हेर्नुहोला

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q369816
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८१/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “थापा।” नेपाली विश्वकोश, ६ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A5%E0%A4%BE%E0%A4%AA%E0%A4%BE। हेरिएको: १२ नोभेम्बर २०२६।