नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
इतिहास

तेश्रो नेपाल तिब्बत युद्ध

तेश्रो नेपाल-तिब्बत युद्ध (चिनियाँ: 廓藏戰爭; नेपाली: नेपाल-भोट युद्ध) तिब्बतमा १९११ देखि १९१२ सम्म लडिएको युद्ध हो। १९१२ पुस मा नेपाली र तिब्बती प्रतिनिधि मण्डल सन्धि बार्ता सुरु भयो। लामो छलफल पछि, प्रतिनिधि मण्डल बीच १९१२ चैत ८ मा थापाथली दरबारमा सन्धि भएपछि युद्ध अन्त्य भयो।

अद्यावधिक: ३१ अगस्ट २०२६ १,५१६ शब्द · ८ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

तेश्रो नेपाल-तिब्बत युद्ध (चिनियाँ: 廓藏戰爭; नेपाली: नेपाल-भोट युद्ध) तिब्बतमा १९११ देखि १९१२ सम्म लडिएको युद्ध हो। १९१२ पुस मा नेपाली र तिब्बती प्रतिनिधि मण्डल सन्धि बार्ता सुरु भयो। लामो छलफल पछि, प्रतिनिधि मण्डल बीच १९१२ चैत ८ मा थापाथली दरबारमा सन्धि भएपछि युद्ध अन्त्य भयो।

प्रधानमन्त्रीको रोलक्रम बसाउने राणा प्रथम प्रधानमन्त्री जङ्गबहादुर राणाको उदयपछि नेपालले राजनीतिक स्थायित्व पाइरहेको अवस्था थियो। जंग बहादुरले आफू शक्तिमा आएपछि सेनाको निरन्तर विकासमा लागे र उनी मानसिक रूपमा तिब्बतसँग लडाइँका लागि तयारी गर्न थाले। किनीक दोस्रो नेपाल तिब्बत चिन युद्ध पछि भएको बेत्रावती सन्धी अपमान पूर्ण र नेपालका लागि अहितकारी थियो जंग बहादुर नेपालीको राष्ट्रिय गौरब फर्काउन चाहन्थे, चिनियाँ र ब्रिटेनमा राख्ने कार्यमा सफल भइसकेपछि जंग बहादुरले १४००० नयाँ सेना भर्ती गरे।

केरूङ कब्जा

कुनै लडाइँं बिना नेपाली सेनाले केरूङ कब्जा गर्‍यो तर तिब्बती तामाङ/ शेर्पाहरू आफू अनुकुलको ठाँउमा लड्नका लागि ठुलो शक्तिका साथ बसी रहेका थिए जब नेपाली सेनाले त्यो कुरा थाह पाए जंग बहादुर राणाले थप ठुलो सेना तोप सहित जगत सम्शेर तथा कर्णेल भक्त जंग कुँवरको नेतृत्वमा त्यस तर्फ पठाए। बम बहादुरले कुकुरघाट सजिलै पार गरे दसदिन देखि झांग क्षेत्रमा लडाइँं चलिरहेकै थियो थुप्रै तिब्बती शेर्प्पा/तामााङ सेना मारिए र अन्तमा आत्मसर्मपण गरे।

उच्च पाहडकोको टुप्पामा रहेको र तुरून्तै शत्रुको चाल पाउन सकिने गुना गढीमा ६५०० को मजबुत तिब्बती सैनिक टोली थियो जब नेपाली गढीको नजिकपुगे। तिब्बती हरूले फाएर खोले। अत्यान्त चिसो जलवायु साथै ठुलो हिमपात पनि रहेको थियो तिब्बती भन्दा थुप्रै नेपाली सैनिक मारिए। अन्तमा दुई छुट्टै दिसाबाट आक्रमण गरेपछि नेपाली सेना सफल भयो ६००० तिब्बती तामाङ/शेर्पा युद्ध बन्दीको रूपमा समातिए।

झुंग गढीको लडाइँ

अर्को लडाइ झुंग गढीमा भयो जुन अत्यान्त कठा चट्टाने पाहडमा बनेको थियो र त्य गढीमा १० हजार सम्म सेना राख्न सकिने व्यवस्था थियो त्याह त्यति बेला ६००० तिब्बती सेना त्यसको सुरक्षाको लागि बसेका थिए। त्यांहा पनि नेपालीका लागि प्रतिकुल जलवायु थियो थुप्रै चोटी नेपाली हरूले गढी कब्जा गर्ने प्रयास गरे अन्तमा १७२१ तिब्बती मारिएपछि ११०० युद्ध बन्दी भएपछि लडाइँं सकियो त्यो लडाइँंमा ३७२ नेपालीले पनि वीरगती प्राप्त गरेका थिए।

चुसानको लडाइँ

कुती क्षेत्रमा अगाडि बढेका जनरल धिर सम्शेर अप्रील १८५५ मा चुसानमा लडाइँंको सामना गरे र कुती कब्जा गरीयो उनले तिब्बत पस्नु अगाडि दुगुनामा किल्ला बनाए त्यसै गरी लिस्ती गाँउ जाहाबाट लजिस्टीक सपोर्ट पाइएको थियोलाई पनि सुरक्षित बनाए। सोना गुम्ब एक मजबुत किल्ला थियो जांहा ८००० तिब्बतीहरू तोप सहित बसेका थिए धिर सम्शेरले अचानक आक्रमण गरे तर दुबै तर्फका धेरैको ज्यान गयो। गारै सँग नेपालले लडाइँं जित्यो

सन्धीको कुरा

तिब्बतीहरू पछाडी हटन थाले र लडाइँं भन्दा सन्धीको कुरा गर्न थाले एक चिनियाको नेतृत्वमा एक कुटनीतिक मिसन १३ अगस्त १८५५ मा कुराकानी गर्न काठमाडौँ आइपुग्यो तर सहमती हुन सकेन। नेपाली सेना तिब्बतमै थिए अर्को बैठक सिकारजोंगमा बस्यो तिब्बतसँग नेपालले ९००००० रूपैया युद्धको क्षतिपुर्ति माग्यो तिब्बतले तिर्न इन्कार गर्‍यो तर नेपाली सेना फिर्ता गर्नुपर्ने कुरा गर्‍यो किन भनें उनीहरू ठुलो सेना पुर्नसँगठन गर्दै थिए।

अन्तत १ नोभेम्बर १८५५ मा तिब्बती हरूले १५००० सेनाका साथ नेपाली हरूको कुती पोजीसनमा ठुलो प्रत्यक्रमण सुरू गरे नेपालीहरूका लागि यो अचानक आक्रमण थियो नेपाली सेना दुगुना गढी तथा लिस्ती फर्क्यो तर तिब्बती हरूले अर्को अचानक प्रत्यकक्रमण झुंगमा गरे तर कर्णेल प्रितम कुँवर राणा आफ्नो स्थानमा डटेर रहे जङ्गबहादुर राणाले जब यो खबर पाए अनि थप सेना झुंगा र कुती दुबै तर्फ पठाए धीर शमशेरले पुन चारै तिरबाट आक्रमण शुरू गरे नेपाली हरूले पुन दुवै ठाँउका युद्द जिते।

सन्धी

नेपाली अभियान रोक्न तिब्बती हरू सन्धी गर्न राजी भए र तिब्बती हरूको एक टोली नेपाली राजधानी आइपुग्यो जनवरी १८५६ मा एक महिना पछि थापाथली सन्धिमा नेपालका प्रधानमन्त्री जंगबहदुर राणा तथा तिब्बतका कोलान सत्रद्वारा हस्ताक्षर गरियो जुन सन्धी धेरै हदसम्म बेत्रावती सन्धीभन्दा नेपालको पक्षमा छ।

यो पनि हेर्नु होस्

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q2001528
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७२/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “तेश्रो नेपाल तिब्बत युद्ध।” नेपाली विश्वकोश, ३१ अगस्ट २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A4%E0%A5%87%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%8B_%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2_%E0%A4%A4%E0%A4%BF%E0%A4%AC%E0%A5%8D%E0%A4%AC%E0%A4%A4_%E0%A4%AF%E0%A5%81%E0%A4%A6%E0%A5%8D%E0%A4%A7। हेरिएको: १२ नोभेम्बर २०२६।