नेपाली भाषा साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्ट ठहरेका पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार दिइन्छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यो पुरस्कार प्रदान गर्छ ।
इतिहास
यस प्रतिष्ठानले वि. सं. २०६३ सालदेखि मोफसलमा प्रकाशित उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएकोमा वि. सं. २०६६ सालबाट देश तथा विदेशबाट समेत नेपाली भाषामा प्रकाशित उत्कृष्ट साहित्यिक कृतिलाई यो पुरस्कार प्रदान गर्दै आएको छ। पद्मश्री पुरस्कार पहिलोपटक पाउने स्रष्टा गणेश रसिक हुन्। उनलाई वि.सं. २०६३ मा 'दसगजामा उभिएर' भन्ने कृतिका लागि प्रदान गरिएको थियो भने वि. सं. २०७६ सालको पद्मश्री पुरस्कार भने साहित्यकार सञ्जिव उप्रेतीलाई उनको कृति हंसको लागि प्रदान गरिएको हो भने पद्यश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई दिइने घोषणा भएको छ।सञ्जीव उप्रेतीले पुरस्कार बहिष्कार गर्नु भएको हो ।
प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने हुन् । उनले आफ्ना मातापिताको सम्मानमा यो पुरस्कार स्थापना गरेका हुन् ।
पुरस्कार राशि
पुरस्कारको राशि एक लाख, दुई लाख रुपैयाँ हुँदै वि. सं. २०७६बाट तीन लाख रुपैयाँ पुर्याइएको छ । पुरस्कार हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिन्छ ।
पद्मश्री साहित्य पुरस्कार प्राप्त कृतिहरू
| वर्ष | कृति | कृतिकार |
|---|---|---|
| वि.सं. २०७६ | हंस | सञ्जीव उप्रेती |
| वि.सं. २०७५ | छुटेका अनुहार | रमेश सायन |
| वि.सं. २०७४ | यार | नयनराज पाण्डे |
| वि.सं. २०७३ | सागरमाथाको गहिराइ | नवराज पराजुली |
| वि.सं. २०७२ | चीरहरण | नीलम कार्की निहारिका |
| वि.सं. २०७१ | मान्ठा डराएको जुग | मोहन मैनाली |
| वि.सं. २०७१ | लाटो पहाड | उपेन्द्र सुब्बा |
| वि.सं. २०७० | अन्नपूर्णाको भोज | मनु ब्राजाकी |
| वि.सं. २०६९ | ताप | शारदा शर्मा |
| वि.सं. २०६८ | आफ्नै आँखाको लयमा | खगेन्द्र संग्रौला |
| वि.सं. २०६७ | अर्जुन दृष्टि | रवीन्द्र समीर |
| वि.सं. २०६७ | जीवन काँडा कि फूल | झमक घिमिरे |
| वि.सं. २०६६ | पानीको घाम | अमर न्यौपाने |
| वि.सं. २०६६ | अकल्पनीय | ध्रुव सापकोटा |
| वि. सं. २०६५ | समय हराएको बेला | कृष्ण बराल |
| वि.सं. २०६४ | हिमवत्खण्ड | भानुभक्त पोखरेल |
| वि.सं. २०६३ | दसगजामा उभिएर | गणेश रसिक |
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q97261204
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७०/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “पद्मश्री साहित्य पुरस्कार।” नेपाली विश्वकोश, १० अगस्ट २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AA%E0%A4%A6%E0%A5%8D%E0%A4%AE%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%80_%E0%A4%B8%E0%A4%BE%E0%A4%B9%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%AF_%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A4%B8%E0%A5%8D%E0%A4%95%E0%A4%BE%E0%A4%B0। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). पद्मश्री साहित्य पुरस्कार. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AA%E0%A4%A6%E0%A5%8D%E0%A4%AE%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%80_%E0%A4%B8%E0%A4%BE%E0%A4%B9%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%AF_%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A4%B8%E0%A5%8D%E0%A4%95%E0%A4%BE%E0%A4%B0
@misc{ne_722,
title = {पद्मश्री साहित्य पुरस्कार},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AA%E0%A4%A6%E0%A5%8D%E0%A4%AE%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%80_%E0%A4%B8%E0%A4%BE%E0%A4%B9%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%AF_%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A4%B8%E0%A5%8D%E0%A4%95%E0%A4%BE%E0%A4%B0}},
year = {2026},
note = {Accessed 2026-11-12}
}