किरण चेम्जोङ (पुरा नाम: किरण कुमार चेम्जोङ लिम्बु; जन्म:सन् १९९० मार्च २०) नेपाल राष्ट्रिय फुटबल टोलीका वर्तमान गोकरक्षक र कप्तान हुन्। उनी एन्फा एकेडेमी उत्पादन पनि हुन्। सन् २०१७ देखि उनी व्यवसायिक फुटबल खेलका लागि माल्दिभ्सको क्लब टिसी स्पोर्ट्स क्लबमा अनुबन्धित भएका थिए भने सन् २०१९ देखि उनी भारतको आइलिगमा खेल्ने पञ्जाबको एक व्यवसायीक फुटबल क्लब मिनार्व पञ्जाबमा अनुबन्धित भएका छन्। किरण नेपाली फुटबल इतिहासका उत्कृष्ट फुटबल खेलाडीहरू मध्येका एक हुन्। किरण चेम्जोङ फुटबल मैदानमा गोलरक्षकक्षरको भुमिकामा विपक्षी टोली विरूद्व उत्रने गर्दछन्।
किरणले नेपालको नेपाल राष्ट्रिय लिग सहित अन्य दुई विदेशी राष्ट्रका प्रतिष्ठित लिग उपाधि समेत जिति सकेका छन्।
क्लब जीवन
थ्री स्टार
किरण चेम्जोङले थ्री स्टार क्लबमा हुदाँ नेपाल राष्ट्रिय लिग २०१५ को उपाधि सहित थुप्रै नेपाली घरेलु फुटबल प्रतियोगिता समेत जितेका थिए ।
टिसी स्पोर्ट्स
किरण चेम्जोङ २०१७ मा पहिलोपटक टिसी स्पोर्टस् क्लबका लागि अनुबन्ध भएका थिए। २०१६ मा नेपालले पहिलो एएफसी आधिकारिक प्रतियोगिताको उपाधि जित्दा उत्कृष्ट प्रदर्शनी गरेको आधारमा उनलाई टिसी स्पोर्ट्स क्लबले अनुबन्ध गरेको थियो। उनी सम्मिलित टिमले २०१७ मा भारतमा आयोजित सेख कमल अन्तराष्ट्रिय फुटबल प्रतियोगिता २०१७ जितेको थियोे। उनले पहिलो खेल टिसी स्पोर्ट्स क्लबको लागि फेब्रुअरी २०१७ मा बाङ्लादेशको क्लब विरुद्ध खेलेका थिए जसमा उनले निकै प्रभावशाली प्रदर्शन देखाएका थिए। उक्त खेल क्लबले १-० ले जित्न सफल भएको थियो। प्रतियोगिता अवधि भर उत्कृष्ट प्रदर्शनी गरेका कारण उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा गोलरक्षक समेत घोषित भएका थिए। किरण चेम्जोङ सम्मिलित टिसी स्पोर्ट्स क्लबले माल्दिभ्सको शीर्ष डिभिजन लिग २०१८ धिवेही प्रिमियर लिगको उपाधि जितेको थियो। लिग उपाधिसँगै किरण प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक चुनिएका थिए। किरणको टिसी स्पोर्ट्स क्लबले लिगको १६ खेलमा १३ जित, १ बराबर र २ हारसहित ४० अङ्क जोड्दै लिग उपाधिमाथि कब्जा जमाएको थियो। किरणले प्रतियोगिता अवधिभर खेलेका १६ खेल मध्ये ११ खेलमा क्लिन सिट राख्न सफल भएका थिए। उनले जम्मा ५ खेलमा मात्र गोल खाएका थिए। किरणलाई यसै प्रदर्शनलाई आधार मानेर सर्वोत्कृष्ट गोलरक्षकको उपाधि पनि प्रदान गरिएको थियो।
मिनर्वा पञ्जाब
२०१८ जनवरी २३, मा किरणले हिरो आई लिग क्लब मिनर्वा पञ्जाब फुटबल क्लबसँग उक्त संस्करणको आई लिगका लागि सम्झौता गरेका थिए। किरणले आफ्नो पहिलो खेल नेरोका एफसी विरूद्व उसैको घरेलु मैदानमा गरेका थिए। उनले इस्ट बङ्गाल फुटबल क्लब विरूद्वको खेलमा ५० औँ मिनेटमा एक उत्कृष्ट पेनाल्टी बचाउ समेत गरेका थिए साथै उनले उक्त खेलमा म्यान अफ दि म्याच वा हिरो अफ द म्याचको सम्मान प्राप्त गरेका थिए । किरणले यस क्लबबाट कुल ८ खेलहरू खेलेका थिए भने यसै क्लबबाट भारतको प्रतिस्थित लिग २०१७-१८ आई-लिगको उपाधि समेत जितेका थिए। सन् २०१९ देखि उनी भारतको आइलिगमा खेल्ने पञ्जाबको एक व्यवसायीक फुटबल क्लब मिनार्व पञ्जाबमा अनुबन्धित भएका छन्।
अन्तर्राष्ट्रिय जीवन
चेम्जोङ सन् २०१३बाट नेपाली टोलीको नियमित गोलकिपरबाट स्थान बनाई राष्ट्रिय टिमका लागि खेल्न सुरू गरेका हुन् ।
नेपाले पहिलो पटक एसियाली फुटबल महासङ्घ (एएफसी) ले आयोजना गरेको प्रतियोगिताको रूपमा २०१६ एएफसी सोलिडारिटी कपको उपाधि जित्ने क्रममा गोलरक्षक किरण चेम्जोङको महत्त्वपूर्ण भूमिका रहेको थियो । लाओसबिरुद्धको सेमिफाइनल खेलको पेनाल्टी सुटआउटमा तीन पेनाल्टी रोकेर नायक भएका उनी नेपाली टोलीका नम्बर एक गोलरक्षकका रूपमा स्थापित भए ।
उनले २०१८ मा सम्पन्न ओलम्पिक छनोटमा पनि जापानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा टोलीको कप्तानी समेत गरेका किरणको प्रदर्शन प्रभावशालि रहेको थियो ।
राष्ट्रिय टिम
- एएफसी सोलिडारिटी कप
- विजेता (१): सन् २०१६
- Winner (C) Three Nation Cup : 2021
क्लब
थ्री स्टार
- नेपाल राष्ट्रिय लिग (१) : २०१५
टिसी स्पोर्ट्स क्लब
- सेख कमल अन्तराष्ट्रिय कप (१) : २०१७
- धिवेही प्रिमियर लिग (१) : २०१८
मिन्नरेभा पञ्जाब
- आई लिग (१) : २०१७-१८
व्यक्तिगत सम्मान तथा पुरस्कार
- सेख कमल अन्तराष्ट्रिय फुटबल प्रतियोगिता २०१७ उत्कृष्ट खेलाडी
- सेख कमल अन्तराष्ट्रिय फुटबल प्रतियोगिता २०१७ उत्कृष्ट गोलकिपर
- पल्सर स्पोर्ट्स अवार्ड २०७३उत्कृष्ट वर्ष पुरूष खेलाडी
- २०१८ धिवेही प्रिमियर लिग उत्कृष्ट गोलरक्षक
- सहिद स्मारक ए-डिभिजन लिग २०६६-६७ उत्कृष्ट गोलरक्षक
- एन्फा अवार्ड २०७५ देश बाहिर व्यवसायिक क्लब फुटबल खेल्ने उत्कृष्ट खेलाडी
- दमक गोल्डकप २०७५ का उत्कृष्ट खेलाडी।
सन्दर्भ सामाग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q6414798
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ९१/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “किरण चेम्जोङ।” नेपाली विश्वकोश, ५ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A4%BF%E0%A4%B0%E0%A4%A3_%E0%A4%9A%E0%A5%87%E0%A4%AE%E0%A5%8D%E0%A4%9C%E0%A5%8B%E0%A4%99। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). किरण चेम्जोङ. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A4%BF%E0%A4%B0%E0%A4%A3_%E0%A4%9A%E0%A5%87%E0%A4%AE%E0%A5%8D%E0%A4%9C%E0%A5%8B%E0%A4%99
@misc{ne_691,
title = {किरण चेम्जोङ},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A4%BF%E0%A4%B0%E0%A4%A3_%E0%A4%9A%E0%A5%87%E0%A4%AE%E0%A5%8D%E0%A4%9C%E0%A5%8B%E0%A4%99}},
year = {2026},
note = {Accessed 2026-11-12}
}
