मल्ल शासन रहेको बेला नेपालमा कान्तिपुर नामको एक मध्यकालिन राज्य थियो। त्यस राज्यको नाम त्यसको राजधानीको नामबाट नै राखिएको थियो जुन संस्कृतमा थियो, अब त्यो ठाउँ काठमाडौँ नामले चिनिन्छ।
इतिहास
राजा यक्ष मल्लले आफ्नो अधिराज्यलाई आफ्नो छोराहरूलाई दिनलाई बाँडे पछि यो अधिराज्य अस्तित्वमा आयो। यो अधिराज्य अस्तित्वमा आएपछि भक्तपुर मुख्य व्यापारिक केन्द्रको रूपमा स्थापित भयो।ब्व
यक्ष मल्लको मृत्यु पछि उनका माहिला छोरा रत्न मल्लले वि.सं. १५४१ मा कान्तिपुरका महापात्रहरूलाई हात लिई भक्तपुर राज्यबाट टुक्राई त्यहाँको राजा भए। उनले ललित्पुर (पाटन) का पात्रहरू हर्षपाल र जगतपाललाई हात लिएर त्यहाँ पनि अधिकार गरे।
राजा शिवसिंह मल्लले वि.सं. १६७५ मा आफ्ना कान्छा नाति सिद्धिनरसिंह मल्ललाई पाटनको राजा र जेठा नाति लक्ष्मी नरसिंह मल्ल लाई कान्तिपुरको उत्तराधिकारी बनाए पछि पाटन राज्य कान्तिपुर बाट अलग भयो।
वि.सं. १८२५ को इन्द्रजात्राको रातमा बडामहाराजधिराज पृथ्वीनारायण शाहले यस राज्य माथि विजय प्राप्त गरे।
राजाहरू
| Portrait | Titular Name | जन्म | शासन | मृत्यु |
|---|---|---|---|---|
| 1 | रत्न मल्ल | |||
| सूर्य मल्ल | ||||
| अमर मल्ल | ||||
| नरेन्द्र मल्ल | ||||
| महेन्द्र मल्ल | ||||
| सदाशिव मल्ल | ||||
| शिवसिंह मल्ल | ||||
| लक्ष्मीनरसिंह मल्ल | वि.सं १६७७ -१६९८ | वि सं १७१४ | ||
| प्रताप मल्ल | ||||
| चक्रवर्त्येन्द्र मल्ल | ||||
| महिपतीन्द्र मल्ल | ||||
| जयनृपेन्द्र मल्ल | ||||
| पार्थिवेन्द्र मल्ल | ||||
| भूपालेन्द्र मल्ल | वि.सं १७३६ | वि.सं. १७४४ -१७५७
(6 years, 37 days) |
वि सं १७५७ (२१ वर्ष) अयोध्या, India | |
| भास्कर मल्ल | ||||
| महेन्द्रसिंह मल्ल | ||||
| जगज्ज्य मल्ल | ||||
| जयप्रकाश मल्ल | ||||
| ज्योतिप्रकाश मल्ल |
प्रशासन
मल्ल कालमा कर्मचारीहरूलाई पात्र वा महापात्र भनिन्थ्यो। युद्धपति, केन्द्र नायक भनिन्थ्यो। कुमारी चोक अड्डाबाट व्यवस्थित तरिकाले लेखा राख्ने र जाँच्ने चलन मल्ल कालदेखि नै सुरु भएको रहेछ। मल्ल राज्यकालमा नेपालमा प्रशासन अत्यन्त केन्द्रीकृत रहेको टिप्पणी पनि गरिन्छ।
मल्लकालीन पदहरू
- राजगुरु: राजपुरोहित
- सेनाध्यक्ष: राज्यको सुरक्षा हेर्ने
- उमराओ: राज्यप्रशासन र कर प्रशासन हेर्ने
- भण्डारनायक: राजाको भण्डार हेर्ने
- टक्सारी: सिक्का छाप्ने
- चरिदार: अनुसन्धान अधिकृत
- कोतवाल शान्ती सुरक्षा हेर्ने
यो पनि हेर्नुहोस्
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q6365496
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७९/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “कान्तिपुर राज्य।” नेपाली विश्वकोश, ३० जनवरी २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%AA%E0%A5%81%E0%A4%B0_%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). कान्तिपुर राज्य. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%AA%E0%A5%81%E0%A4%B0_%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF
@misc{ne_748,
title = {कान्तिपुर राज्य},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%AA%E0%A5%81%E0%A4%B0_%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF}},
year = {2026},
note = {Accessed 2026-11-12}
}
