नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

मञ्जुश्री थापा

मञ्जुश्री थापा (काठमाडौँ, १९६८) अङ्ग्रेजी भाषामा लेख्ने नेपाली साहित्यकार हुन्।

अद्यावधिक: २० सेप्टेम्बर २०२६ १८१ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

मञ्जुश्री थापा (काठमाडौँ, १९६८) अङ्ग्रेजी भाषामा लेख्ने नेपाली साहित्यकार हुन्।

उनले अङ्ग्रेजी भाषामा आधा दर्जन जति पुस्तक लेखेकी छन्।

उनले Mustang Bhot in Fragments (१९९२), The Tutor of History २००१, आदि पुस्तक लेखेकी छन्। राजा ज्ञानेन्द्रले कू गरेर शासन सत्ता हातमा लिनुभन्दा एक हप्ता अघि निस्केको 'Forget Kathmandu: An Elegy for Democracy (२००५) नामक पुस्तक Lettre Ulysses Award २००६ का लागि मनोनयनमा परेको थियो।

२००७मा उनलेTilled Earth. र २००९मा 'A Boy from Siklis: The Life and Times of Chandra Gurung. लेखिन्।

त्यसपछिका कृतिमा 'Seasons of Flight' उपन्यास र २०११मा 'The Lives We Have Lost: Essays and Opinions on Nepal.' प्रकाशित भएका छन्। नेपालमा जन्मेर क्यानडा तथा अमेरिकामा हुर्केकी मञ्जुश्री अहिले क्यानडामा बसोबास गर्छिन्।

हाल उनी न्यु योर्क टाइम्स (न्यु योर्क टाइम्स)मा op-ed contributor लेख्ने गर्छिन्।

उनका बाबू पूर्व परराष्ट्रमन्त्री तथा पूर्व राजदूत डा. भेष बहादुर थापा नेपालका प्रसिद्ध परराष्ट्रविद् हुन् भनें आमा डा. रीता थापा नेपालमा मातृशिशु स्वास्थको अभियन्ताहरूमध्ये एक हुन्।

पुस्तक सूची

Fiction

  • Tutor of History (२००१)
  • Tilled Earth (२००७)
  • Seasons of Flight (२०१०)

Non-Fiction

  • Mustang Bhot in Fragments (१९९२)
  • Forget Kathmandu (२००५)
  • A Boy from Siklis (२००९)

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q467220
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७४/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “मञ्जुश्री थापा”। नेपाली विश्वकोश, २० सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/मञ्जुश्री_थापा (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/मञ्जुश्री_थापा · अद्यावधिक २० सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी