नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा रहेको एक नेपाली राजनीतिक दल हो। यो वि.सं २०७१ सालमा, मोहन वैद्यको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) नामक दलको विघटन भई बनेको थियो।
दलको गठन र प्रतिबन्ध
विसं २०६९ असारमा तात्कालिक समयमा पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेतृत्व गरेका एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी नामक पार्टीबाट छुट्टिएका नेताहरूले मोहन वैद्यको नेतृत्वमा एक छुट्टै दल गठन गरेका थिए भने वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी पनि 'क्रान्तिकारी हुन नसकेको' भन्दै विसं २०७१ मङ्सिरमा उनले दल टुक्राउने घोषणा गरेका थिए भने यस दलको आधिकारिक नाम नेपाल कम्युनिस्ट पार्टीराखिएको थियो जसलाई सामान्यतया विप्लव माओवादी भनेर पनि चिन्ने गरिन्छ। केपी ओली नेतृत्वको सरकारले नेकपा विप्लव समूहलाई आपराधिक सङ्गठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो। मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिस्ट पार्टीलाई २९ फागुन २०७५ मा, समूहले आपराधिक क्रियाकलाप गरेको, विकासका पूर्वाधारहरूमाथि बम विस्फोट गरेको र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने लगायतका कार्यहरू गरेको भन्दै सरकारले यस दललाई प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध अगाडि पनि यस समूह कुनै पनि चुनावमा सहभागी भएको छैन। प्रतिबन्धसँगै उनी भूमिगत भएको समाचारहरू प्रकाशित भएका थिए। प्रतिबन्धसँग विभिन्न स्थानहरूबाट उनी निकटका व्यक्तिहरू प्रकाउ पर्ने क्रम जारी रहेको छ। पक्राउ परेकाहरूलाई रिहा गर्न र दल माथि लागेको प्रतिबन्ध फुकुवा गरेको खण्डमा सरकारसँग वार्ता गरिने उनले बताएका छन्।
सीमा विवादमा विरोध
भारतले सन् १९६२ नेपालको कालापानीमा आफ्ना सेनाहरू राखेर त्यस क्षेत्र कब्जा गर्दै आएको थियो भने भारतले कात्तिक २०७६ मा, विवादास्पद भूमिलाई समावेश गरेर नयाँ नक्सा जारी गरेको थियो जसलाई विप्लव समूहले अस्वीकार गरेको थियो। भारतले जारी गरेको नक्साको विरुद्धमा विप्लव निकटका विद्यार्थी सङ्गठनले माइतीघर प्रदर्शन गरेका थिए भने प्रदर्शनकारी मध्ये तीनजनालाई पक्राउ गरिएको थियो।
दर्ता
विप्लवले लेनिनवादी आन्दोलनलाई चुनाव र संसदतर्फ मोड्दै गर्दा पार्टी आधिकारिक रूपमा ११ कात्तिक २०८२ मा निर्वाचन आयोगमा दर्ता भएको थियो।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q21055924
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७३/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “नेपाल कम्युनिस्ट पार्टी (माओवादी)।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2_%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A8%E0%A4%BF%E0%A4%B8%E0%A5%8D%E0%A4%9F_%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%9F%E0%A5%80_(%E0%A4%AE%E0%A4%BE%E0%A4%93%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A5%80)। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). नेपाल कम्युनिस्ट पार्टी (माओवादी). In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2_%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A8%E0%A4%BF%E0%A4%B8%E0%A5%8D%E0%A4%9F_%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%9F%E0%A5%80_(%E0%A4%AE%E0%A4%BE%E0%A4%93%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A5%80)
@misc{ne_438,
title = {नेपाल कम्युनिस्ट पार्टी (माओवादी)},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2_%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A8%E0%A4%BF%E0%A4%B8%E0%A5%8D%E0%A4%9F_%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%9F%E0%A5%80_(%E0%A4%AE%E0%A4%BE%E0%A4%93%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A5%80)}},
year = {2026},
note = {Accessed 2026-11-12}
}
