नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
समाज र जीवनशैली

नेपालमा अन्तरलिङ्गी व्यक्तिहरूको अधिकार

नेपालको संविधानमा 'लैङ्गिक तथा यौनिक अल्पसंख्ख्यक' भनेर उल्लेख गरेतापनि नेपालमा अन्तरलिङ्गी व्यक्तिहरूको अधिकार स्थिति बारे स्पष्टता छैन । स्थानीय अधिकारकर्मीहरूले विभिन्न प्रकारका हननहरू पहिचान गरेका छन् जस्तैकि शारीरिक निष्ठाको अधिकार हनन र विभेदबाट रक्षाको अधिकार हनन ।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ २०६ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

नेपालको संविधानमा 'लैङ्गिक तथा यौनिक अल्पसंख्ख्यक' भनेर उल्लेख गरेतापनि नेपालमा अन्तरलिङ्गी व्यक्तिहरूको अधिकार स्थिति बारे स्पष्टता छैन । स्थानीय अधिकारकर्मीहरूले विभिन्न प्रकारका हननहरू पहिचान गरेका छन् जस्तैकि शारीरिक निष्ठाको अधिकार हनन र विभेदबाट रक्षाको अधिकार हनन ।

शारीरिक निष्ठा र स्वायत्तता

नेपालमा अन्तरलिङ्गी व्यक्तिहरूको शारीरिक निष्ठा र स्वायत्ततालाई सुरक्षा प्रदान गरेको छैन । अस्पष्ट यौनाङ्ग लिएर जन्मेका व्यक्तिहरूको यौनाङ्गमा जन्मन बित्तिकै वा शिशुवास्थामा शल्यक्रिया गर्ने गरिएको छ ।

सन् २०१६ जूनमा संयुक्त राष्ट्र बाल अधिकार समितिले नेपाल सरकारलाई अन्तरलिङ्गी बच्चाहरूको यौनाङ्ग कर्तन सम्बन्धी प्रश्न सोधेका थिए । उक्त समितिले देहायका तीन समस्याहरूलाई पहिचान गरे :-
क) नेपालमा अन्तरलिङ्गी बच्चाहरू सम्बन्धीका मुद्दाहरूमा जनचेतनाको कमी र अन्तरलिङ्गी बच्चाहरूले उच्चतम विभेद तथा लाञ्छना भोग्ने गरेका;
ख) अन्तरलिङ्गी बच्चाहरूले आफ्नो यौन/लैङ्गिक पहिचान अनुसार (आफूले इच्छाएको हिसाबमा) कागजपत्रहरू बनाउन चुनौतीहरू रहेको;
(ग) सुसूचित अनुमती दिन सक्ने हुनु भन्दा अघि नै अन्तरलिङ्गी बच्चाहरूमा चिकित्सकीय हिसाबले अनावश्यक शल्यक्रिया लगायत अरु प्रकृयाहरू गर्ने गरेको ।

दिवस

नेपालमा अन्तरलिङ्गी व्यक्तिहरू सम्बन्धी अक्टोबर २६ तारिखका दिन अन्तरलिङ्गी जनचेतना दिवस मनाइने गरिन्छ ।

अभियान

नेपालमा अन्तरलिङ्गी अधिकार क्षेत्रमा कार्यरत अन्तरलिङ्गी नेतृत्वको संस्था क्याम्पेन फर चेन्ज रहेको छ । सन् २०२०मा अन्तरलिङ्गी व्यक्तिहरूको पहिचानलाई मान्यता सम्बन्धी राष्ट्रिय अन्तरलिङ्गी मागपत्र जारी गरिएको थियो ।

हेर्नुहोस्

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q30641181
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७२/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “नेपालमा अन्तरलिङ्गी व्यक्तिहरूको अधिकार।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%AE%E0%A4%BE_%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%B0%E0%A4%B2%E0%A4%BF%E0%A4%99%E0%A5%8D%E0%A4%97%E0%A5%80_%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%B9%E0%A4%B0%E0%A5%82%E0%A4%95%E0%A5%8B_%E0%A4%85%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B0। हेरिएको: १२ नोभेम्बर २०२६।