नुवाकोट दरबार शाह वंशीय राजा पृथ्वीनारायण शाहले १८औँ शताब्दीमा निर्माण गरेको एक दरबार हो र यो नुवाकोट जिल्लाको विदुर नगरपालिकाको नुवाकोटमा अवस्थित छ। वि. सं. १८१९ मा मकवानपुर विजय, मीरकासिम पराजय जस्ता उल्लेखनीय सफलता उनले पाएथे। यस सालको शुरूमा पृथ्वीनारायण शाहले नुवाकोट डाँडोमा दरबार बनाउन लगाए । जुन दरबार केही रूप बदलिए पनि साबुत रूपमा अहिलेसम्म कायम छ। पृथ्वी नारायण शाहले ललितपुरका कालिगढ झिकाई वि.सं. १८१९ मा भव्य नौतले दरबार बनाउन लगाएका थिए। पछि नब्बे सालको महाभूकम्पले गर्दा दुई तल्ला भत्किएर यो दरबार सात तले मात्र हुन पुगेको थियो। पुरातात्विकविद् डा. साफल्य अमात्यका अनुसार तत्कालीन अवस्थामा मल्ल राजाहरूले पाँच तल्ला र सर्व-साधारण जनताले तीन तल्लासम्मको घर बनाउने गरेका थिए। उपत्यकाका मल्ला राजाहरूको घमण्ड तोड्नकै लागि पृथ्वीनारायण शाहले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएका थिए। साततले दरबारलाई ग्रीष्मकालीन दरबारका रूपमा उपयोग गरी अर्को शीतकालिन दरबारका रूपमा वि.सं. १८२२ मा शेरा दरबारको निर्माण भएको थियो। सात तल्ला रहेको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिने र युद्ध बन्दीका लागि थुन्ने खोरका साथै दरबारको वास्तुकलालाई लिइन्छ। यस दरबार अघिल्तिरको तिलिङ्गा घर जसलाई पछि गएर गारद घर भन्न थालियो। साथै उत्तर पूर्व कुनाको रणबहादुर शाहको बैठक घर पनि शाह कालमा निर्माण भएको थियो।
दरबारलाई राष्ट्रियकरण गरेको थियो। सांस्कृतिक महत्त्व बोकेको दरबार भएकोले पुरातत्व विभागमा राखिएको थियो। २०६५ जेठ १५ मा गणतन्त्र घोषणा भएपछि २०६८ वैशाख १३बाट नुवाकोट दरबार; सङ्ग्रहालयका रूपमा परिणत भएको थियो। युनेस्कोले यस क्षेत्रलाई विश्व सम्पदा सूचीको सम्भावित सूचीमा समावेश गरेको छ ।
२०७२ को भूकम्प
२०७२मा दरबार क्षेत्र भूकम्पले तहसनहस भयो। भूकम्पपछि दरबारको मुख्य भवनका साथै रङ्गमहल, गारद घर, तलेजु भवानी मन्दिर, सेतोपाटी, लाम्पाटी र विष्णु मन्दिर जस्ता संरचनाहरू ध्वस्त भएका थिए। २०७२ को भूकम्पले अधिक क्षति पुर्याएको यो सम्पदाको पुनर्स्थापनाका लागि नेपाल र चीन सरकारबीच भएको सम्झौतापछि चिनियाँ टोलीले नै काम थालेको छ।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q24960303
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८६/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “नुवाकोट दरबार।” नेपाली विश्वकोश, ३ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%81%E0%A4%B5%E0%A4%BE%E0%A4%95%E0%A5%8B%E0%A4%9F_%E0%A4%A6%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%B0। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). नुवाकोट दरबार. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%81%E0%A4%B5%E0%A4%BE%E0%A4%95%E0%A5%8B%E0%A4%9F_%E0%A4%A6%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%B0
@misc{ne_446,
title = {नुवाकोट दरबार},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%81%E0%A4%B5%E0%A4%BE%E0%A4%95%E0%A5%8B%E0%A4%9F_%E0%A4%A6%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%B0}},
year = {2026},
note = {Accessed 2026-11-12}
}