
कीर्तिपुरको युद्ध (English: Battle of Kirtipur) १७६७को समयमा भयो।
बि.सं १८१४ जेठमा दहचोकबाट गोर्खाली सेनाले कीर्तिपुर माथि आक्रमण गर्यो। गोर्खा राज्यका तर्फबाट करिब १२ सय सैनिकले कीर्तिपुरमाथि धावा बोलेका थिए, आक्रमण गरेका थिए। सानो राज्य कीर्तिपुर करिब तीन सय मात्र सेनाको भरमा प्रतिकार गरिरहेको थियो। त्यसो त कीर्तिपुर एक्लैसँग त्यति सेना थिएनन्। उसले काठमाडौँ, ललितपुर र भक्तपुरसँग सैन्य सहयोग मागेर प्रतिकारमा उत्रिएको थियो। कीर्तिपुर-गोरखाको लडाइँमा गोरखाली सैनिकहरुको विरूद्धमा उपस्थित भएका तीन ओटै मल्ल राज्यका नियमित लडाका सैनिक तथा उत्साही नवयुवाहरुको कुल सङ्ख्या पुगनपुग दुई हजारजति थियो। पाटने सेनाको नेतृत्व राजा विश्वजित मल्लले नै गरी सहभागी भएका थिए। कान्तिपुरका राजा जयप्रकाश मल्ल पनि उपस्थित थिए। भक्तपुर राज्यका राजा रणजित मल्ल स्वयम् आएनन्। भक्तपुरे सैनिक तथा त्यहाँका नवयुवाहरुको नेतृत्व गर्दै त्यहाँका केही सेनानायकहरु भने मध्याह्नको करिबमा लडाइँका मोर्चाहरुमा सहभागी हुन आइपुगेका थिए ।
गोर्खाली सेनाले तीनथानातिरबाट आक्रमण गर्दा बल्खु खोलाको तीरमा काटाकाट चल्यो। गोरखालीहरूका सेनानायक कालू पाँडे त्यहीँ युद्धमा काटिए।
दुई पक्षबीच घमासान युद्ध भयो। युद्ध करिब ६ घन्टा चल्यो। धेरै गोरखाली सैनिकको मृत्यु भयो। सो युद्धमा गोर्खाली सेनाका सेनानायक कालु पाण्डे मारिए। शत्रुपक्षबाट आएको काँडले कालु पाँडेको शिरमा प्रहार गरी उनलाई ढलाई दियो । ढलेका सेनापति भाथि अरू वाण प्रहार भई उनको निधन भयो । अर्को एक श्रोतअनुसार युद्ध चलीरहेको अवस्थामा काजी धनवन्तका छोरा वीरनरसिंहले कालु पाँडेको गर्दनमा खुडा प्रहार गरी शिर छिनाली दिए। शिर विनाको उनको शरीर करीब ५० फिट जति दुगुरे पछि ठक्कर लागेर अड्कियो । तैपनि उनको हातमा तरबार छँदै थियो ।
कालु पाँडेको मृत्युपछि कीर्तिपुरे फौजले लखेट्दा पृथ्वीनारायण शाहलाई पनि ज्यान बचाउन मुस्किल परेको थियो। पृथ्वीनारायण शाह स्वयं कीर्तिपुरवासीको कब्जामा परे। तर, राजवध गर्न नहुने नैतिक नियमका कारण मात्र उनी बाँचेर मुक्त भएका थिए। उनलाई एक पुट्द्वार जातिको मानिसले बचाएपछि जयकृष्ण थापाको पिठ्युँमा चढी उनी दहचोक पुग्न सफल भए। भोलिपल्ट जयप्रकाश मल्लले घाइते गोरखाली सैनिकहरूलाई लैजाने आदेश दिएकाले तिनीहरू दहचोक ल्याई पुऱ्याइए । ती घाइते जवानहरूलाई देखी पृथ्वीनारायण शाह विव्हल भई यसरी अभिव्यक्त गरे - "काल्याले त भन्याथ्यो मेरा हट्ले लडाइ बिगर्यो” ।
यो पनि हेर्नुहोस्
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q4871446
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८१/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “कीर्तिपुरको युद्ध।” नेपाली विश्वकोश, ५ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A5%80%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A4%95%E0%A5%8B_%E0%A4%AF%E0%A5%81%E0%A4%A6%E0%A5%8D%E0%A4%A7। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). कीर्तिपुरको युद्ध. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A5%80%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A4%95%E0%A5%8B_%E0%A4%AF%E0%A5%81%E0%A4%A6%E0%A5%8D%E0%A4%A7
@misc{ne_736,
title = {कीर्तिपुरको युद्ध},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A5%80%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A4%95%E0%A5%8B_%E0%A4%AF%E0%A5%81%E0%A4%A6%E0%A5%8D%E0%A4%A7}},
year = {2026},
note = {Accessed 2026-11-12}
}

