नयनराज पाण्डे (अङ्ग्रेजी: Nayan Raj Pandey)(जन्म सन् १९६६, ९ जुन विक्रम सम्बत: २०२३, २७ जेठ) चर्चित नेपाली साहित्यकार हुन् । उनी नेपाली कथाकार, चलचित्रका पटकथा लेखक तथा समकालीन परिस्थितिलाई चित्रात्मक शैलीमा प्रस्तुत गर्ने प्रसिद्ध उपन्यासकार हुन् । उलार, लू, घामकिरी र सल्लीपिर उपन्यास उनका चर्चित उपन्यासमा पर्दछन् भने निदाएँ जगदम्बा, खोरभित्रको जोकर र चकलेट नामक कथासङ्ग्रह पनि चर्चित छन् । आख्यानकार पाण्डेका संस्मरणमात्मक कृति पहिलो गैरआख्यान पुस्तक "यार" पनि प्रकाशित भएको छ ।
उपन्यास
- नांगो मान्छेको डायरी, २०४४
- विक्रमादित्य, एउटा कथा सुन, २०४४
- अतिरिक्त, २०५०
- उलार, पहिलो संस्करण २०५३, २०५५, दोस्रो संस्करण २०६५, तेस्रो संस्करण मोटो गातामा २०७१ ,२० वर्षे संस्करण, २०७२, (त्रि.वि.वि.को स्नातक तह, तृतीय वर्षको ऐच्छिक नेपालीको पाठ्यक्रममा समावेश गरिएको)
- लू, २०६८
- घामकिरी, २०७० ।
- सल्लीपिर, चैत्र २०७२
कथा सङ्ग्रहः
- खोरभित्र जोकर, २०६०
- निदाएँ जगदम्बा, २०६५
- चकलेट, २०६९
- जियरा,२०७७
संस्मरण कृति
- यार ( २०७४)
बालसाहित्य
- सन्तोष र हराएको सूर्य, २०७१ (चित्रकथा)
- जरायोको साइकल,२०७३ (चित्रकथा)
चलचित्र लेखन
दुई दर्जन चलचित्रको लेखन ।
|
|
|
टेलिश्रृंखला लेखन
|
|
|
टेलिचलचित्रका करीब २ हजार भन्दा बढी श्रृंखलाहरूको लेखन ।
ठूलो पर्दाको चलचित्रको निर्देशन
- निर्मोही
टेलिश्रृंखला निर्देशन
- सुप्रसिद्ध नाटककार स्व. गोपालप्रसाद रिमालको बहुचर्चित नाट्यकृति “मसान”मा आधारित टेलिश्रृंखलाको निर्देशन । नेपाल टेलिभिजनबाट प्रसारित यो टेलिश्रृंखला “साँस्कृतिक संस्थान”(नाचघर)बाट २०५३ सालमा निर्माण गरिएको हो।
- सङ्गीत, चेष्टा, अर्थ लगायतका टेलिश्रृंखलाहरूको लेखन तथा निर्देशन ।
वृत्तचित्र निर्देशन तथा निर्माण
- युनिसेफ, आइ.एल.ओ., डि.एफ.आइ.डि, बाल विकास समाज, एबीसी नेपाल, तामाकोशी सेवा समिति, प्रतिलिपी अधिकार रजिष्टारको कार्यालय(नेपाल सरकार) लगायतका संस्थाका लागि दर्जनौ वृत्तचित्रहरूको निर्माण तथा निर्देशन ।
- टेलिभिजन कार्यक्रम उत्पादन -
- नेपाल टेलिभिजनका लागि विगतमा पटक पटक “अभिव्यक्ति”नामक साहित्यिक एवं साँस्कृतिक कार्यक्रमको निर्माण, निर्देशन र सञ्चालन ।
पुरस्कार तथा सम्मान
- सर्वश्रेष्ठ नाटक लेखन पुरस्कार— नेपाल प्रज्ञा प्रतिष्ठान, २०४५
- राष्ट्रिय प्रतिभा पुरस्कार, २०५३
- सारस्वत सम्मान, महेन्द्र पुस्तकालय, नेपालगञ्ज, २०५३
- लोकेन्द्र साहित्य पुरस्कार, २०५८
- सर्वश्रेष्ठ पटकथाका लागि मोशन पिक्चर अवार्ड, २०५८
- रामराज पन्त स्मृति पुरस्कार, २०६०
- तन्नेरी सम्मान, २०६१
- गरिमा सम्मान पुरस्कार, २०६२ (साझा प्रकाशन)
- पहलमानसिंह स्वाँर स्मृति सम्मान, २०६५
- मैना चलचित्रको पटकथाका लागि राष्ट्रिय पुरस्कार, २०६७
- नेपाल चलचित्र सङ्घले २०६९ सालमा चलचित्र लेखनमा योगदान पुर्याए वापत डायमण्ड शमशेर स्मृति लेखन सम्मान।२०६९
- मैनाली कथा पुरस्कार,२०७२
- पद्मश्री साहित्य पुरस्कार, २०७४
- पूर्णिमा साहित्य रत्न,२०७४, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर
- महाकवि देवकोटा पुरस्कार, २०७५, नेपाल सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय
प्रशासनिक सम्बद्धता
- चलचित्र विकाश बोर्ड सदस्य (२०६४–६५) नेपाल सरकारबाट नियुक्त ।
- साझा प्रकाशनको निर्वाचित संचालक सदस्य (२०६५ देखि २०७१सम्म)
- हालको आवद्दता - आर्को सिनेमा प्रालि
यो पनि हेर्नुहोस्
- जियरा- झननयाँ डट नयापत्रिकाडेली डटकम
- nayanrajpandey.blogspot.com
सन्दर्भ सूची
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q25620608
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६३/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “नयनराज पाण्डे।” नेपाली विश्वकोश, ६ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A4%AF%E0%A4%A8%E0%A4%B0%E0%A4%BE%E0%A4%9C_%E0%A4%AA%E0%A4%BE%E0%A4%A3%E0%A5%8D%E0%A4%A1%E0%A5%87। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). नयनराज पाण्डे. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A4%AF%E0%A4%A8%E0%A4%B0%E0%A4%BE%E0%A4%9C_%E0%A4%AA%E0%A4%BE%E0%A4%A3%E0%A5%8D%E0%A4%A1%E0%A5%87
@misc{ne_455,
title = {नयनराज पाण्डे},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A4%AF%E0%A4%A8%E0%A4%B0%E0%A4%BE%E0%A4%9C_%E0%A4%AA%E0%A4%BE%E0%A4%A3%E0%A5%8D%E0%A4%A1%E0%A5%87}},
year = {2026},
note = {Accessed 2026-11-12}
}
