नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

दामोदर पाँडे

दामोदर पाँडे (वि.सं १८०८- १८६०) नेपालको प्रथम मूलकाजी वा पहिलो प्रधानमन्त्री हुन्। उहा नेपाल एकीकरणका नायक पृथ्वी नारायण शाहका बफादार काजी कालु पाण्डेका कान्छा छोरा थिए र वंशराज पाण्डेका भाइ हुन्। उनका छोरा रणदल पाण्डे र रणजङ्ग पाण्डे हुन्।

अद्यावधिक: १७ अगस्ट २०२६ ८४० शब्द · ५ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

दामोदर पाँडे (वि.सं १८०८- १८६०) नेपालको प्रथम मूलकाजी वा पहिलो प्रधानमन्त्री हुन्। उहा नेपाल एकीकरणका नायक पृथ्वी नारायण शाहका बफादार काजी कालु पाण्डेका कान्छा छोरा थिए र वंशराज पाण्डेका भाइ हुन्। उनका छोरा रणदल पाण्डे र रणजङ्ग पाण्डे हुन्।

मृत्युदण्ड

दुर्भाग्य नै भनौँ, षड्यन्त्रको शिकार भएर ५२ वर्षकै उमेरमा दामोदर पाँडेलाई मृत्युदण्ड दिइएको थियो भने उनका दाजु वंशराज पाँडेलाई समेत काटिएको इतिहासकारले बताएका छन्।

मूल–काजी दामोदर पाँडे र सरदार प्रवल राना राजा रणबहादुरको आदेशमा पक्रिई खुट्टामा नेल, हातमा हत्कडी पहिराएर ल्याई लुमडी थान (भद्रकाली) नेरको सत्तलमा बन्दी बनाएर राखियो । राति पहरेदार निदाएको मौकामा प्रवल रानाले भाग्ने मतो गर्दा ‘पाल्पा पुग्न सके पृथ्वीपाल सेन आफ्नो पक्षमा अउने र पाल्पा–पर्वतदेखि गढवालसम्म आफ्नो नियन्त्रण कायम गर्न सक्ने तर त्यसो गर्दा आफ्ना दिवंगत पिता काजी कालु पाँडे, दाजु काजी वंशराज पाँडे र आफैँले समेत प्राणको बाजी लगाई, रगत पसिना बगाई जोडेको मुलुक आफ्नै हातले दुई टुक्रा हुने र कालान्तरमा नेपाल नै फिरंगीहरूको सिकार बन्ने’ भनेर भाग्न अस्वीकार गरेका दामोदर पाँडेलाई १८६० चैत ३ गते लुमडी नजिकको घाट (अहिलेको सहिदगेटनेर ?) मा गिंडियो ।

दामोदर पाँडेका कलिला छोराहरू ललितबम, रणकेशर, गजकेशर पाँडे बिना कसुर त्यहीँ गिँडिए । टक्सारी भीम खवास र उनका एक छोरालाई विष्णुमती लगेर काटियो । खवासका अर्का एक छोरालाई टौदहको पोखरीमा डुबाएर मारियो भने अर्का छोरालाई तीन दिनसम्म खुट्टामा पासो लगाई रूखमा झुन्डयाउँदा पनि नमरेपछि काटेर मारियो । शङ्खधर खवासलाई खाडल खनी कुमसम्म पुरेर कपालमा खोटो दली आगो लगाई जिउँदै पोलियो । सरदार इन्द्रमान खत्री, द्वारे समनसिंह र सुवेदार मानधनलाई पनि गिंडियो र भीमसेन थापाको सत्ता आरोहको यात्रा रगतको भेलबाट रंगीन बनाएर सुरु गरियो ।

प्रधान सेनापति भइसकेका दामोदर पाँडे लुमडी मन्दिर (भद्रकाली) नजिकै काटिए। उनी नेपोलियन बोनापार्टको युगमा ‘ग्राउन्ड ब्याटल’ (स्थलयुद्ध) र अन्य रणनीतिका महारथि थिए। मुलकाजी कीर्तिमानसिंह बस्न्यातको हत्या र अङ्ग्रेजसँग व्यापार–सन्धि गरेको अभियोगमा दामोदर मारिए ।

दमन

दामोदर पाण्डे संगै वि.सं १८६० सालमा उनका धेरै समर्थकहरूले रणबहादुर शाहको कोपाभजनको शिकार बन्नु पर्यो। साठी सालको पर्वपछि भीमसेन थापाको लामो शासनकाल भरी दामोदर पाण्डेको योगदानका सबै कुरा दबेर बसे। यसलाई उजागर गर्ने प्रयास र साहस समेत कसैले नगरेर त्यसो गर्नु खतरा उठाउनु हो भन्ने महसुस मात्र गरे।

सन्तानहरू

  1. ललितबम पाँडे
  2. रणदल पाँडे
  3. रणजंग पाँडे
  4. करवीर पाँडे
  5. जंगकेशर पाँडे
  6. रणकेशर पाँडे

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q3274210
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८४/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “दामोदर पाँडे।” नेपाली विश्वकोश, १७ अगस्ट २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A6%E0%A4%BE%E0%A4%AE%E0%A5%8B%E0%A4%A6%E0%A4%B0_%E0%A4%AA%E0%A4%BE%E0%A4%81%E0%A4%A1%E0%A5%87। हेरिएको: १२ नोभेम्बर २०२६।