जानकी मन्दिर पवित्र हिन्दु धर्मस्थल हो। जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ। यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ। नेपालको ख्याती प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ। विदेह राज्यको १,४८० वर्ग मिटर (१५,९३० वर्ग फिट) क्षेत्रफलमा पूर्ण रूपमा चम्किलो सेतो रंगमा निर्मित, यो ढुङ्गा र सङ्गमरमरले बनेको तीन तले संरचना हो। मन्दिरको भित्तामा मिथिला कला(मधुबनी) चित्रहरू छन्। यसका सबै ६० कोठामा नेपालको झन्डा, रंगीन काँच, नक्काशी र चित्रकला, जालीका झ्याल र बुर्जले सजाइएको छ।
प्राचीन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो। हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ। भारतको मध्य प्रदेश स्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ। सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो। मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो। मन्दिरको वाषिर्क क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप हुने गरेको छ। राम जन्मको अवसरमा हरेक चैतमा रामनवमी, वैशाखमा जानकी नवमी, मङ्सिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन-भदौमा झुला, फागुनमा परिक्रमालगायत मनाइनु यसका उदाहरण हुन्। प्रत्येक महिनाका पूणिर्मामा हजारौ श्रद्धालु भक्तजन सहभागी हुन्छन्। यस मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमा सुचिकृत गर्न प्रयास जारि राखेको छ। धार्मिक र सास्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरको रूपमा रहेको छ जानकीधाम।
रामायणका अनुसार राजा जनकले मिथिलाको तत्कालीन राजधानी जनकपुर क्षेत्रबाट विदेह राज्यमा शासन गरेका थिए। उनकी छोरी, जानकी (सीता), आफ्नो स्वयमवर (दुलहा छनोट समारोह) को समयमा, रामलाई आफ्नो पतिको रूपमा रोजिन्, र अयोध्याकी रानी बनिन्। उनीहरूको विवाह समारोह ५औँ शताब्दीमा यस मन्दिरसँग जोडिएको पुरातन विवाह मण्डपमा भएको मानिन्छ, जसलाई पछि अमरसिंह थापाले मर्मतका लागि पुनर्निर्माण गरेका थिए।यो साइटलाई सन 2008 मा युनेस्को अस्थायी साइट को रूप मा नामाकरण गरिएको थियो।
नजिकका मन्दिरहरू
लक्ष्मण मन्दिर, रामजानकी विवाहमण्डप, राजदेवी मन्दिर, राम मन्दिर
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q3161830
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८९/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “जानकी मन्दिर।” नेपाली विश्वकोश, ६ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9C%E0%A4%BE%E0%A4%A8%E0%A4%95%E0%A5%80_%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BF%E0%A4%B0। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). जानकी मन्दिर. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9C%E0%A4%BE%E0%A4%A8%E0%A4%95%E0%A5%80_%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BF%E0%A4%B0
@misc{ne_590,
title = {जानकी मन्दिर},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9C%E0%A4%BE%E0%A4%A8%E0%A4%95%E0%A5%80_%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BF%E0%A4%B0}},
year = {2026},
note = {Accessed 2026-11-12}
}
