कृष्णबहादुर महरा 'अमरसिंह' नेपालको सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाका पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य हुन् । उनी थुनामा बसेर जबर्जस्ती करणी प्रयासको मुद्दाको प्रतिरक्षा गरिरहेका थिए भने अदालतले उनलाई सफाई दिएको थियो।
महरा प्रकरण
सभामुख रहेकै अवस्थामा महराले आफ्नै कार्यालयकी एक विवाहित महिला कर्मचारीबाट बलात्कारको आरोप लागेपछि राजीनामा दिनुपरेको छ। यद्यपि महराले ती महिलासँग पुरानो पारिवारिक नाता रहेको र बिरामी हुँदा भेट्न मात्र गएको भन्दै आरोप अस्वीकार गरेका छन् । प्रधानमन्त्री, उपप्रधान तथा गृहमन्त्री, उपप्रधान तथा रक्षा मन्त्री समेत रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय भनिने एक उच्च तहको संयन्त्रले भने साँझपख विवाहित महिलाको डेरामा एक्लै भेट्न जानु अनैतिक हुने ठहर गर्दै सभामुख र सांसद दुवै पदबाट राजीनामा दिनुपर्ने निर्णय गरेको सोही पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चार माध्यमहरूलाई बताएका थिए ।
यसै प्रकरणमा पद र शक्तिको प्रयोग गरी विषयलाई राजनीतिकरण गरेको, प्रहरीलाई स्वतन्त्र अनुसन्धान गर्न सक्ने अवस्थामा व्यवधान सिर्जना गरेको र पीडितलाई दबाब दिएको हुन सक्ने भन्दै एक संवैधानिक अङ्ग राष्ट्रिय मानव अधिकार आयोगले आशंका व्यक्त गरेको थियो । । प्रहरीले जिल्ला अदालत काठमाडौँ र उपसभामुख शिवमाया तुम्वाहाङ्फेको अनुमति लिएर महरालाई हिरासतमा लिएको छ । । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा महरालाई जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगको मुद्दा चलाएको छ । अदालतको आदेशअनुसार महरा २०७६ कात्तिक १८ गतेदेखि डिल्लीबजार कारागारमा थुनामा छन् ।
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q1779490
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ५८/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “कृष्णबहादुर महरा।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A3%E0%A4%AC%E0%A4%B9%E0%A4%BE%E0%A4%A6%E0%A5%81%E0%A4%B0_%E0%A4%AE%E0%A4%B9%E0%A4%B0%E0%A4%BE। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). कृष्णबहादुर महरा. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A3%E0%A4%AC%E0%A4%B9%E0%A4%BE%E0%A4%A6%E0%A5%81%E0%A4%B0_%E0%A4%AE%E0%A4%B9%E0%A4%B0%E0%A4%BE
@misc{ne_458,
title = {कृष्णबहादुर महरा},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A3%E0%A4%AC%E0%A4%B9%E0%A4%BE%E0%A4%A6%E0%A5%81%E0%A4%B0_%E0%A4%AE%E0%A4%B9%E0%A4%B0%E0%A4%BE}},
year = {2026},
note = {Accessed 2026-11-12}
}