नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
समाज र जीवनशैली

राष्ट्रिय परीक्षा बोर्ड (नेपाल)

उच्च माध्यमिक परिषद नेपालको स्थापना सन् १९८९मा भएको थियो। यसको प्रधान कार्यालय भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा अवस्थित छ।

अद्यावधिक: २५ फेब्रुअरी २०२६ ६४६ शब्द · ४ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

उच्च माध्यमिक परिषद नेपालको स्थापना सन् १९८९मा भएको थियो। यसको प्रधान कार्यालय भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा अवस्थित छ। शिक्षा (आठौँ संशोधन) ऐन, २०७३ कार्यान्वयनमा आइसकेको सन्दर्भमा उच्च माध्यमिक शिक्षा परिषद्को रुपान्तरण भई राष्ट्रिय परीक्षा बोर्ड क्रियाशील भइसकेको छ। साविकको उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्पादन हुँदै आएका सम्बन्धन विद्यालय अनुमति, छात्रवृत्ति,विद्यालय सञ्चालन सम्बन्धी कार्य शिक्षा विभागबाट व्यवस्थापन गरिने र पाठ्यक्रम निर्माण, विकास एवं समकक्षता निर्धारण सम्बन्धी कार्य पाठ्क्रम विकास केन्द्रबाट सम्पादन गर्ने गरी कार्यक्षेत्र तोकिएको छ।

एस.एल.सी.(कक्षा १०) को परीक्षा एवं कक्षा ११ र १२ को परीक्षा सम्बन्धी कार्यलाई एकीकृत अवयवको रूपमा राष्ट्रिय परीक्षा बोर्डको क्षेत्राधिकार भित्र आवद्ध गरिएको छ। साथै,कक्षा १० को परीक्षा क्षेत्रीय प्रान्त्तीय अवधारणा अनुसार सञ्चालनमा ल्याइने र कक्षा ८ को परीक्षालाई समेत व्यवस्थित गर्ने दायित्व राष्ट्रिय परीक्षा बोर्डको परिधि भित्र समाहित गरिएकोछ। ऐनमा भएको व्यवस्था अनुसार विद्यालय शिक्षाको परीक्षा सञ्चालन, व्यवस्थापन र उन्नयनका लागि स्थापना गरिएको राष्ट्रिय परीक्षा बोर्डको मूलकार्य परीक्षा पद्धतिको विकासमा केन्द्रित रहने छ।

राष्ट्रिय परीक्षा बोर्ड अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्थाको रूपमा शिक्षा ऐनमा परिभाषित गरिएको छ। बोर्डको सबै कामकारवाहीको निमित्त आफ्नो एउटा छुट्टै छाप रहेको छ। उच्च माध्यमिक शिक्षा परिषद्को परीक्षा नियन्त्रण कार्यालयबाट सम्पादन हुँदै आएका सबै कामकारवाही राष्ट्रिय बोर्डबाट सञ्चालन भइरहेका छन्। उच्च माध्यमिक शिक्षा परिषद्को नाममा रहेको चल /अचल सम्पत्ति तथा दायित्व बोर्डमा सरेको छ।

आधिकारीक वेबसाइट

www.hseb.edu.np अभिलेखिकरण २०२०-१०-०५ वेब्याक मेसिन

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q13179604
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६५/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “राष्ट्रिय परीक्षा बोर्ड (नेपाल)।” नेपाली विश्वकोश, २५ फेब्रुअरी २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF_%E0%A4%AA%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE_%E0%A4%AC%E0%A5%8B%E0%A4%B0%E0%A5%8D%E0%A4%A1_(%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2)। हेरिएको: १२ नोभेम्बर २०२६।