नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

बिमल गुरुङ

बिमल गुरुङ गोर्खा जनमुक्ती मोर्चा (जीजेएम) को नेता हुन, जुन् पार्टीले भारतमा गोर्खाल्याण्ड राज्य स्थापनाको माग गरिरहेको छ।

अद्यावधिक: १० अगस्ट २०२६ ३२४ शब्द · २ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

बिमल गुरुङ गोर्खा जनमुक्ती मोर्चा (जीजेएम) को नेता हुन, जुन् पार्टीले भारतमा गोर्खाल्याण्ड राज्य स्थापनाको माग गरिरहेको छ।

पर्वतीय परिषद

पर्वतीय परिषद रुद्र प्रधानको दार्जिलिङमा हत्या भएपछि बिमल गुरुङ दार्जिलिङ गोरखा पर्वतीय परिषदमा तुकभिरबाट प्रतिनिधित्व गर्दै जीएनएलएफ पार्षद बनेका थिए। उनी जीएनएलएफको नेता र परिषदको अध्यक्षको सुवास घिसिङको एक जना नजीकको सहयोगी बनेका थिए।

इण्डियन आइडल र छैठो अनुसूची

परिषदको चौथो निर्वाचन २००४ मा हुने भनिएको थियो। यद्यपि, सरकारले निर्वाचन नगर्ने निर्णय गर्यो र यसको सट्टा, छैठो अनुसूचीमा परिषदको स्थापना नभएसम्म सुवास घिसिङलाई नै परिषदको एकमात्र कार्यवाहक बनाएको थियो। परिषद क्षेत्रमा केवल एक अल्पसंख्यक आदिवासीको जनसङ्ख्या थियो भनी अन्य धेरै राजनीतिक दलहरू र सङ्गठनहरूले छैठौ अनुसूचीको जनजातीय परिषदको स्थापनाको विरोध गरे। तेज गतीमा परिषदको पूर्व पार्षदहरूमा अप्रसन्नता पनि बड्यो। तिनिहरू मध्ये, बिमल गुरुगले जीएनएलएफ तोडेर हिडे। पछि उनी २००७ मा दार्जिलिङबाट इंडियन आइडलको उम्मेदवार भएका प्रशान्त तामाङको जनसमर्थन सक्रियसाथ लागेर हिडे। चाडै नै बिमलले प्रशान्तको समर्थनको लागि जनताको समर्थन पाए र उनले सत्ताको सीटबाट घिसिङलाई हटाए। घिसिङले मार्च २००८ मा परिषदको अध्यक्ष पदबाट राजीनामा दिए र जलपाईगुडीमा बसाई सरे। जीएनएलएफले धेरै जसो आफ्नो समर्थन र कार्यकर्ताहरू गोर्खा जनमुक्ती मोर्चासँग गुमायो, बिमल गुरुङ्ले नेतृत्व गरेको एउटा नया पार्टि।

गोर्खाल्याण्डको माग

जीजेएमको गठनको तत्कालै, बिमलले दार्जिलिङ जिल्ला र डुवर्सको धेरै क्षेत्रहरूलाई समेटेर गोर्खाल्याण्ड राज्यको स्थापनाको माग दोहोर्‍याए। प्रस्तावित राज्यको कुल क्षेत्रफल ६४५० बर्ग कि. मी. छ र बानरहाट, भक्तिनगर, बिरपारा, चाल्सा, दार्जिलिङ, जयगाऊँ, कालचिनि, कलिम्पोंग, कुमारग्राम, कुर्सियांग, मादरीहाट, मालबजार, मिरिक र नगरकट्टा जस्ता ठाउँ संलग्न छन्। १९८०को दशकको विपरीत जीजेएम परिपालना गरी आएको छ कि गोर्खाल्याण्डको लागि सङ्घर्ष अहिंसा र असहयोगको माध्यमले हुनेछ। उनको राज्यको दर्जा माग सन्दर्भमा दार्जिलिङ जिल्ला, डुवर्स र भारतको अन्य भागहरूको मानिसहरूबाट बिमलले जन समर्थन प्राप्त गरेका छन्।

२००९को लोकसभाको निर्वाचन

२००९ को निर्वाचनमा जीजेएम द्वारा समर्थित भाजपाका उम्मेदवार जसवन्त सिंहले दार्जिलिङ लोकसभा निर्वाचन २.५ लाख भन्दा धेरै मतको अन्तरबाट आफ्नो निकटतम सीपीआई (एम) को प्रतिद्वन्दी जीवेश सरकारलाई हराएर जिते। भाजपाले लोकसभा चुनावको लागि पार्टीको घोषणा पत्रमा गोर्खाल्याण्डको गठन उल्लेख गरी सकारात्मक दृष्टिकोण राखेको एवजमा जीजेएमले भाजपाको समर्थन गरेको थियो।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q4913679
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ९८/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “बिमल गुरुङ”। नेपाली विश्वकोश, १० अगस्ट २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/बिमल_गुरुङ (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/बिमल_गुरुङ · अद्यावधिक १० अगस्ट २०२६ · समीक्षा: समीक्षा बाँकी