नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
धर्म र दर्शन

धुलेश्वर

धुलेश्वर पाँच थान पंचकोशी अन्तर्गत पर्ने एक स्थान हो। यो स्थल दैलेख जिल्लाको दुल्लु नगरपालिकाको वडा नंवर- ८ मा पर्दछ। यहाँ मन्दिर भित्र जमीनबाट धुलो निस्किन्छ। वैज्ञानीकहरू यसलाई मृत ज्वालामुखी बताउछन् भने धार्मीक मान्यता अनुसार यो एक दैविक शक्ती द्वारा धुलो निस्केको मानिन्छ। धुलेश्वर नेपालको एकमात्र ज्वालामुखी सङ्केत भएको स्थान हो। धुलेश्वर मन्दिरलाई पंचकोशी तिर्थस्थल अन्तरगत पर्ने पाँच स्थान पादुकास्थान, शिरस्थान, नाभिस्थान, कोटिलास्थान र धुलेश्वरमा मुख्य स्थान मानिन्छ। वैश्वानर पुराण र ज्वाला पुराणमा पंचकोशी अन्तरगत कोटिलास्थानलाई राखिएको छ। उक्त पुराणहरूका अनुसार पञ्चकोशी भित्र डुङ्गेश्वर

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ ९४९ शब्द · ५ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

धुलेश्वर पाँच थान पंचकोशी अन्तर्गत पर्ने एक स्थान हो। यो स्थल दैलेख जिल्लाको दुल्लु नगरपालिकाको वडा नंवर- ८ मा पर्दछ। यहाँ मन्दिर भित्र जमीनबाट धुलो निस्किन्छ। वैज्ञानीकहरू यसलाई मृत ज्वालामुखी बताउछन् भने धार्मीक मान्यता अनुसार यो एक दैविक शक्ती द्वारा धुलो निस्केको मानिन्छ। धुलेश्वर नेपालको एकमात्र ज्वालामुखी सङ्केत भएको स्थान हो। धुलेश्वर मन्दिरलाई पंचकोशी तिर्थस्थल अन्तरगत पर्ने पाँच स्थान पादुकास्थान, शिरस्थान, नाभिस्थान, कोटिलास्थान र धुलेश्वरमा मुख्य स्थान मानिन्छ। वैश्वानर पुराण र ज्वाला पुराणमा पंचकोशी अन्तरगत कोटिलास्थानलाई राखिएको छ। उक्त पुराणहरूका अनुसार पञ्चकोशी भित्र डुङ्गेश्वर पञ्चकोशी भित्र पर्छ कोटिलास्थान एक सिद्ध पिठ मात्र हो भन्ने रहेको नभएपनि केही व्याक्तिहरूले पञ्चकोशीमा मुख्य पाँच स्थानमा कोटिलास्थान नभएर डुङ्गेश्व हो भन्ने दावी गरेको पनि पाइएको छ। परापुर्व काल देखी पञ्चकोशीका पाँच स्थानमा कोटिलास्थानको नाम सुनिदै आएको छ। पञ्चकोशी तिर्थयात्राको नियम अनुसार पादुकास्थान, शिरस्थान र नाभिस्थान मन्दिरहरूको यात्रा गर्न धुलेश्वरबाट गएर बेलुका धुलेश्वरमा नै आएर वास बस्नु पर्ने नियम छ। वैश्वानर पुराणको हिम वंत खण्डमा दुल्लु वरीपरी सवालाख पर्वतहरूको बीचमा छरिएर रहेको ज्वाला पर्वत बद्रीनाथ र केदारनाथ भन्दा पनि बढी पुण्य दायक छ भनेर वर्णन गरिएको छ। वैश्वानर पुराणको हिमवत् खण्डमा दुल्लुवरिपरि सवालाख पर्वतको बीचमा छरिएर रहेको ज्वाला पर्वत बद्रीनाथ र केदारनाथभन्दा पनि बढी पुण्यदायक छ भनेर वर्णन गरिएको छ। धुलेश्वर मन्दिर परिसरमा ज्वालाघर, भैरव मन्दिर, मष्टा मन्दिर, गाधीघर र शिव मन्दिर रहेका छन्। ज्वालाघरमा दुईवटा नेपाली भाषाको शिलालेख रहेका छन्।

बाहिरीय लिङ्कहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q19679347
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८६/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “धुलेश्वर।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A7%E0%A5%81%E0%A4%B2%E0%A5%87%E0%A4%B6%E0%A5%8D%E0%A4%B5%E0%A4%B0। हेरिएको: १२ नोभेम्बर २०२६।