नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
भाषा र साहित्य

चम्पा (उपन्यास)

चम्पा महाकबि देवकोटाद्बारा लिखित औपन्यासिक कृति हो । साझा प्रकाशनले बजारमा ल्याएको यो पुस्तक लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको एकमात्र उपन्यास हो । यो उपन्यास देवकोटाको मृत्युपश्चात् बि सं. २०२४ सालमा प्रकाशन भए पनि यसको रचना भने बि.सं.२००४ सालमै भएको जानकारी यसको प्रकाशकीय बाट थाहा पाउन सकिन्छ ।

अद्यावधिक: २० अप्रिल २०२६ २१५ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

चम्पा महाकबि देवकोटाद्बारा लिखित औपन्यासिक कृति हो । साझा प्रकाशनले बजारमा ल्याएको यो पुस्तक लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको एकमात्र उपन्यास हो । यो उपन्यास देवकोटाको मृत्युपश्चात् बि सं. २०२४ सालमा प्रकाशन भए पनि यसको रचना भने बि.सं.२००४ सालमै भएको जानकारी यसको प्रकाशकीय बाट थाहा पाउन सकिन्छ ।

सारांश

यस उपन्यासको कथाले एक १२ वर्षीया केटी चम्पाको जीवनको वर्णन गर्दछ, जसको रामकान्तसँग विवाह भएको छ । आत्मनिर्भर भएको कारणले गर्दा चम्पा आफ्नो घरमा बस्न सक्दिनन् र उनी भाग्छिन् । कुनै रोगको कारणले गर्दा, रामकान्तले अन्य केटीहरूसँग शारीरिक सम्पर्क गर्न सक्दैनन् । एक दिन रामकान्तले घर छोड्ने निर्णय गर्छन्, किनभने उसलाई डर छ कि, यदि ऊ फेरि आफ्नी सुन्दर पत्नी चम्पाको नजिक गयो भने उसको जीवन जोखिममा पर्न सक्छ । यसका कारण चम्पालाई उनका सासुससुराले दोष दिन्छन् । यद्यपि, यस उपन्यासको कुनै छुट्टै अन्त्य भने छैन।

कथावस्तु‍‍

प्रकाशकबाट सामाजिक उपन्यास नाम दिइएको यस कृतिमा कविताका क्षेत्रमा स्वच्छन्दतावादी मानवतावादलाई आत्मसात गरेका देवकोटाले तत्कालीन समाजको यथार्थ चित्रण गर्न खोजेका छन् । 'चम्पा' देवकोटाका अन्य कृतिभन्दा भिन्न प्रवृत्तिका साथ देखा परेको उपन्यास हो । तत्कालिन राणाकालीन सामाजिक परिवेशका विकृति र त्यसमा नारीले भोग्नुपरेका विवशताहरूलाई देखाउन सक्षम यो कृति तत्कालीन पारिवारिक द्वन्द्वात्मक स्थिति र तनावको चित्रणमा पनि त्यतिकै सबल देखा पर्छ ।

पात्रहरू

  • चम्पा
  • रामकान्त
  • सुब्बा श्रीकान्त
  • निशा (सुब्बेनी बज्यै)
  • चुनु
  • बुलु
  • पण्डित रमाकान्त
  • सासू
  • जेठी बुहारी
  • कान्छी बुहारी

यो पनि हेर्नुहोस

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q13180920
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८७/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “चम्पा (उपन्यास)।” नेपाली विश्वकोश, २० अप्रिल २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9A%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%BE_(%E0%A4%89%E0%A4%AA%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B8)। हेरिएको: १२ नोभेम्बर २०२६।