नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
भाषा र साहित्य

वीरचरित्र

वीरचरित्र गिरिश बल्लभद्वारा बि.सं १९६० ताका लिखित मौलिक नेपाली तिलस्मी उपन्यास हो।

अद्यावधिक: ६ नोभेम्बर २०२६ २६३ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

वीरचरित्र गिरिश बल्लभद्वारा बि.सं १९६० ताका लिखित मौलिक नेपाली तिलस्मी उपन्यास हो।

विषय

बाग्लुङका पण्डित गणेशदत्त अनिकाल परेकोले श्रीमती सहित दुई छोरा लाई लिएर रिडीमा तपस्या गर्न गएदेखि कथा शुरु हुन्छ। कान्छा छोरा विष्णुदत्त मसानका राजाको सेनापति बनाउन मसानदेवीले लगेदेखि निजको खोजमा उनका दाजु अग्निदत्तले गरेको खोजयात्रामा कथा बग्छ। तर कथा झाँक्री,मसानको बेलिविस्तारमा मात्र अल्मलिँदैन। यसमा 'इन्द्रजाल' र विज्ञानको समन्वय छ। यहाँ टेलीग्राफ र हेलीग्राफको प्रयोग गरिन्छ।नयाँ र पुरानोलाई गिरिश बल्लभ एकै पार्छन्- उनका आइमाईहरू कोही मीम (खानदानी मेम साहेबहरूले लगाउने) लुगा लगाएर हिँड्छन्- कोही शुद्ध ज्यापूनीको पटासी लगाउने पनि हुन्छन्। लेखक गिरिश बल्लभ यूरोप अवश्य गएनन् होला तर त्यसमा बगैँचाहरूको वर्ण अद्वितीय नै छ- शायद उनले हिन्दुस्तानमा देख्ने मौका पाएका थिए।

अनुच्छेद

वीरचरित्रमा चार प्रकरण छन्।

  • पहिलोमा दोस्ती बाँधी आफ्नो मतलव सिद्ध गर्ने,
  • दोस्रो लडाइँ गरी आफ्नो मतलव सिद्ध गर्ने,
  • तेस्रो शत्रुलाई भिडाइ आफ्नो मतलव सिद्ध गर्ने र
  • चौथो सम्झौता गरी आफ्नो मतलव हासिल गर्ने।

विबरण

उत्सुक पाठकलाई यसले निराश बनाउने छैन। झाँक्रीहरूका बीचको सामान्यदेखि टुनामुनामा आधारित अनगिन्ती भिडन्तहरू छन्। नेपाली पढ्न जानेको अथवा वीरचरित्रको अङ्ग्रेजी अनुवाद छापिएको भए, हृयारी पोटर की लेखिका जे के रोलिङलाई वीरचरित्रबाट प्रभावित भन्न मिल्नेथियो।

यसमा एउटा नेपाली प्रवृत्तिको अनौठो चित्रण छः काम गराउन भएको घूसको प्रयोग। बाहुन छेत्रीकै बाहुल्य भए पनि वीरचरित्रमा चेपाङ, थारू, थकाली र भोटे पात्रहरूको प्रशस्त चर्चा छ। भारतका बङ्गाली र पन्जावी पात्रहरू छन्। महिलाको हैसियत परम्परागत तर तुलनात्मक रूपमा अलि बलियो छ। यो उपन्यास सहर वा कुनै एउटा जातिमा केन्द्रित छैन। घटनाहरू नेपालका पहाडमा घट्छन्- अचेलको गण्डकी, धौलागिरि र कर्णाली अञ्चलका ठाउँहरू। त्यसमा एकातिर पहाड-पहाडमा रेल-ट्राम चलेको बयान छ भने अर्कातिर पहाडमा हिँड्दा पर्ने दुःखहरूको पनि वयान त्यत्तिकै सजीव छ।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q13186196
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८६/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “वीरचरित्र।” नेपाली विश्वकोश, ६ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B5%E0%A5%80%E0%A4%B0%E0%A4%9A%E0%A4%B0%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0। हेरिएको: १२ नोभेम्बर २०२६।