नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
प्रविधि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको राजधानी काठमाडौँबाट २९० किलोमिटर टाढा सिद्धार्थनगरमा रहेको विमानस्थल हो। यो नेपालको एक प्रमुख र बेला बेलामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहने विमानस्थल हो। यो विमानस्थल नेपालको राष्ट्रिय विभूति बुद्धको जन्मस्थल लुम्बिनीबाट सबैभन्दा नजिकको विमानस्थल हो। यो विमानस्थल सन १९५८ देखि शुरूभएको हो यो विमानस्थलमा जेट बस्न सक्ने बनाइएपछि यात्रुको चाप अझ बढेर गएको छ। वि.सं. २०७८ कार्तिक ६ गते नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको करिब साढे दुई अर्ब रुपैयाँ बराबरको १८०० केजीको भगवान बुद्धको मुर्तिलाई भैरहवाको गौतम

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ १६३ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको राजधानी काठमाडौँबाट २९० किलोमिटर टाढा सिद्धार्थनगरमा रहेको विमानस्थल हो। यो नेपालको एक प्रमुख र बेला बेलामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहने विमानस्थल हो। यो विमानस्थल नेपालको राष्ट्रिय विभूति बुद्धको जन्मस्थल लुम्बिनीबाट सबैभन्दा नजिकको विमानस्थल हो। यो विमानस्थल सन १९५८ देखि शुरूभएको हो यो विमानस्थलमा जेट बस्न सक्ने बनाइएपछि यात्रुको चाप अझ बढेर गएको छ। वि.सं. २०७८ कार्तिक ६ गते नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको करिब साढे दुई अर्ब रुपैयाँ बराबरको १८०० केजीको भगवान बुद्धको मुर्तिलाई भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको छ। यो स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनले नि:शुल्क उपलब्ध गराएको हो।

नामाकरण

यो विमानस्थलको नाम नेपालमा जन्मिएका भगवान गौतम बुद्धको नामबाट राखिएको हो।

स्थिति

यो विमानस्थल सिद्धार्थनगर नगरपालिकाको पश्चिमी क्षेत्रको लुम्बिनी सडक नजिकै पूर्व पश्चिम लम्बिएर रहेको छ। नेपालको गौतम बुद्ध विमानस्थलको विमानस्थल कोड 'बिडब्लुए' हो।

विमान सेवाहरू

उडान

यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा निम्नलिखित सहरसम्म विस्तारित छ:

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q3275873
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ९१/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%97%E0%A5%8C%E0%A4%A4%E0%A4%AE%E0%A4%AC%E0%A5%81%E0%A4%A6%E0%A5%8D%E0%A4%A7_%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%B0%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF_%E0%A4%B5%E0%A4%BF%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%B2। हेरिएको: १२ नोभेम्बर २०२६।