अन्नपूर्ण हिमालय समूह हिमालयमा अवस्थित नेपालको उत्तर-मध्यमा रहेको छ। यसमा रहेको एक हिमालयको उचाई ८,००० मिटर (२६,००० फिट) रहेको छ त्यसतै यस समूहको तेह्र वटा हिमालको उचाई ७,००० मिटर (२३,००० फिट)को छ र सोह्र भन्दा अधिक हिमालको उचाई ६,००० मिटर (२०,००० फिट) रहेको छ। यो हिमालय समूह ५५ किलोमिटर (३४ माइल) लामो रहेको छ भने यसको पश्चिम भागलाई कालीगण्डकी खोंच त्यस्तै यसको उत्तर र पूर्वलाई मर्स्याङ्दी नदी तथा यसको दक्षिण भागलाई पोखरा उपत्यकाले सीमाबद्ध गरेको छ। यस हिमाल समूहको पश्चिमी अन्तमा अन्नपूर्ण अभयारण्य भनिने उच्च बेसिन रहेको छ। अन्नपूर्ण प्रथम हिमाल विश्वको दशौं अग्लो र नेपालको नवौँ अग्लो हिमाल हो, यो हिमालको उँचाई ८,०९१ मिटर (२६,५४५ फिट) रहेको छ। मानव इतिहासमा आठ हजार हिमालहरू मध्ये सर्वप्रथम अन्नपूर्ण प्रथमको सफल आरोहण भएको थियो ।
यो पुरै हिमाल समूह तथा यस आसपासका ७,६२९ वर्ग किलोमिटर (२,९४६ वर्ग माइल) क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रद्वारा संरक्षित गरिएको छ। यो नेपालको सबैभन्दा पहिलो र सबैभन्दा ठुलो संरक्षण क्षेत्र हो। अन्नपूर्ण संरक्षण क्षेत्र विभिन्न पदयात्रीहरूको लागि घर हो जसमा अन्नपूर्ण सर्किट पनि रहेको छ।
ऐतिहासिक रूपमा अन्नपूर्ण हिमाल आरोहण गर्नका लागि विश्वको सबैभन्दा खतरनाक हिमाल मध्ये एक हो। सबैभन्दा नवीनतम इतिहासलाई हेर्दा सन् १९९० वा त्यसपछि कञ्चनजङ्घा हिमाल आरोहण गर्दा मृत्यु हुनेको सङ्ख्या बढी रहेको छ। मार्च २०१२ सम्ममा अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्नेको सङ्ख्या १९१ रहेको छ भने हिमाल आरोहान गर्दा ६१ को मृत्यु भइसकेको छ। यो शिखरसम्मको मृत्यु दर (३२%) रहेको छ जुन कुनै पनि आठ हजारी हिमालभन्दा बढी रहेको छ। समग्रमा हेर्दा दक्षिण धारबाट आरोहण सबैभन्दा कठिन रहेको छ। सन् २०१४ अक्टोबरमा हिमआँधी र हिमपहिरोले गर्दा अन्नपूर्ण हिमाल आरोहण गर्न गएका ३९ जनाको मृत्यु भएको थियो जुन नेपालको पदयात्रा इतिहासको सबैभन्दा ठुलो आपदा रहेको थियो।
अन्नपूर्ण संस्कृत भाषाको नाम हो, जसको अर्थ अन्नको पुरा अवस्था हुन्छ।
यो पनि हेर्नुहोस
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q159621
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८५/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “अन्नपूर्ण हिमशृङ्खला।” नेपाली विश्वकोश, ९ अक्टोबर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%A8%E0%A4%AA%E0%A5%82%E0%A4%B0%E0%A5%8D%E0%A4%A3_%E0%A4%B9%E0%A4%BF%E0%A4%AE%E0%A4%B6%E0%A5%83%E0%A4%99%E0%A5%8D%E0%A4%96%E0%A4%B2%E0%A4%BE। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). अन्नपूर्ण हिमशृङ्खला. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%A8%E0%A4%AA%E0%A5%82%E0%A4%B0%E0%A5%8D%E0%A4%A3_%E0%A4%B9%E0%A4%BF%E0%A4%AE%E0%A4%B6%E0%A5%83%E0%A4%99%E0%A5%8D%E0%A4%96%E0%A4%B2%E0%A4%BE
@misc{ne_536,
title = {अन्नपूर्ण हिमशृङ्खला},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%A8%E0%A4%AA%E0%A5%82%E0%A4%B0%E0%A5%8D%E0%A4%A3_%E0%A4%B9%E0%A4%BF%E0%A4%AE%E0%A4%B6%E0%A5%83%E0%A4%99%E0%A5%8D%E0%A4%96%E0%A4%B2%E0%A4%BE}},
year = {2026},
note = {Accessed 2026-11-12}
}