अतृप्ति (उपन्यास) मन्जु विमलीद्वारा लेखिएको र पैरबि बुक हाउस प्रा.लि.ले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो । साहित्कार मन्जु विमलीको यो तेस्रो कृति हो । उपन्यास नारी मनोविज्ञानमा आधारित रहेको छ भने मानिस कमजोरी सहितको विषयवस्तु उपन्यासमा प्रस्तुत गरिएको छ ।
यो उपन्यास किशोरकालीन प्रेमभावबाट प्रारम्भ भएर युवा उमेरसम्म पुग्दा भइरहने फरक फरक आकर्षणका अनुभूतिहरूमा केन्द्रित छ । आफूले चाहेको र मनले मागेको माया नपाउँदा मानिस आँफै भित्र कसरी कुण्ठित हुन्छ भन्ने मनोदशालाई समेट्न खोजिएको छ । शरीरको विकास हुँदै जाँदा हुने विपरीत लिङ्गी आकर्षण र त्यसलाई व्यक्त गर्न नसक्दा उत्पन्न हुने मनोदशालाई समेट्न खोजिएको छ ।
उपन्यास ३ ओटा अध्याय र १३ ओटा उपअध्यायसहित १७३ पृष्ठसम्मको आयाममा विस्तारित छ । लेखकीयसम्मको पृष्ठलाई नगन्ने हो भने उपन्यासको कथावस्तुले १६४ पृष्ठ ओगटेको छ ।
पुस्तक विमोचन
साहित्कार मन्जु विमलीको तेस्रो कृतिका रुपमा उपन्यास ‘अतृप्ति’ विसं २०७८ भदौ १५ गते विमोचन भएको थियो । कपन आकाशेधारास्थित आफ्नै घरम ९१ वर्षीय आमा राममाया विमलीको हातबाट अतृप्ति लोकार्पण गरिएको थियो । कार्यक्रममा कृतिका प्रकाशक पैरवी बुक हाउस प्रालिका अध्यक्ष, परिवारका सदस्यहरू र साहित्यकार कृष्ण धराबासीको उपस्थिति रहेको थियो ।
श्रव्य वाचन
यस झरेको पात (उपन्यास) उज्यालो रेडियो एफएममा समेत वाचन भएको थियो। उज्यालो एफएममा हरेक हप्ताको मंगलबार र शुक्रबार प्रसारण हुने श्रुति संवेग नामक कार्यक्रममा कृति वाचन कार्यक्रमममा अच्युत घिमिरेद्वारा यस उपन्यास वाचन भएको थियोे । उक्त कार्यक्रममा यस उपन्यसका कुल १४ पूर्ण श्रृङ्खलाहरूमा वाचन भएको थियो ।
बाह्य कडीहरु
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८३/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “अतृप्ति (उपन्यास)।” नेपाली विश्वकोश, २५ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%85%E0%A4%A4%E0%A5%83%E0%A4%AA%E0%A5%8D%E0%A4%A4%E0%A4%BF_(%E0%A4%89%E0%A4%AA%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B8)। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). अतृप्ति (उपन्यास). In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%85%E0%A4%A4%E0%A5%83%E0%A4%AA%E0%A5%8D%E0%A4%A4%E0%A4%BF_(%E0%A4%89%E0%A4%AA%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B8)
@misc{ne_808,
title = {अतृप्ति (उपन्यास)},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%85%E0%A4%A4%E0%A5%83%E0%A4%AA%E0%A5%8D%E0%A4%A4%E0%A4%BF_(%E0%A4%89%E0%A4%AA%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B8)}},
year = {2026},
note = {Accessed 2026-11-12}
}