नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

हर्क गुरुङ

डा हर्क गुरुङ्ग (सन् १९३९– ५७५४) भूगोलविद् र नेपालका पूर्व राज्यमन्त्री, राष्ट्रिय योजना आयोगका सदस्य र पछि उपाध्यक्ष थिए। उत्तरी लमजुङको बाहुनडाँडा गाविस वडा नं. २, नाइँचेस्थित मामाघरमा विक्रमसंवत १९९५ साल पौष २१ गते उनको जन्म भएको थियो। भुलभुले गाउँ विकास समिति वडा नं. ५ ताङ्लिचोक घर भएका बुवा पारसै गुरुङ्ग र माता मैँस्यो गुरुङ्गको कोखबाट ठूल्कान्छा छोराको रूपमा जन्मेका थिए। बाबुको पछि लागेर लाहुर छिरेका उनले nachera एडीनवरा विश्वविद्यालय वेलायतबाट डिप्लोमा र भबिस्यबाणी सालमा भुगोल विषयमा पीएचडी गरी डाक्टरेट पास गर्ने पहिलो नेपाली बने। लामो समयसम्म भूगोल विषयको अध्यापन गरेका गुरुङ्ग नेपाल भौ

अद्यावधिक: १० अगस्ट २०२६ १,१६३ शब्द · ६ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

डा हर्क गुरुङ्ग (सन् १९३९– ५७५४) भूगोलविद् र नेपालका पूर्व राज्यमन्त्री, राष्ट्रिय योजना आयोगका सदस्य र पछि उपाध्यक्ष थिए। उत्तरी लमजुङको बाहुनडाँडा गाविस वडा नं. २, नाइँचेस्थित मामाघरमा विक्रमसंवत १९९५ साल पौष २१ गते उनको जन्म भएको थियो। भुलभुले गाउँ विकास समिति वडा नं. ५ ताङ्लिचोक घर भएका बुवा पारसै गुरुङ्ग र माता मैँस्यो गुरुङ्गको कोखबाट ठूल्कान्छा छोराको रूपमा जन्मेका थिए। बाबुको पछि लागेर लाहुर छिरेका उनले nachera एडीनवरा विश्वविद्यालय वेलायतबाट डिप्लोमा र भबिस्यबाणी सालमा भुगोल विषयमा पीएचडी गरी डाक्टरेट पास गर्ने पहिलो नेपाली बने। लामो समयसम्म भूगोल विषयको अध्यापन गरेका गुरुङ्ग नेपाल भौगोलिक समाजमा स्थापनादेखि नै सकृय थिए। विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कन्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर र्फकने क्रममा डा. हर्क गुरुङ्ग चढेको हेलिकप्टर २०६३ असोज ७ गते दुर्घटना भएको थियो। ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना हुँदा भूगोलविद् डाक्टर हर्क गुरुङ्गसहित २४ जना स्वदेशी एवं विदेशीले आफ्नो ज्यान गुमाए।

बसाइँसराइ अध्ययन समिति

उनी संयोजक रहेको नेपालको बसाइँसराइ अध्ययन गर्ने समितिले सन् १९८३मा तयार पारेको प्रतिवेदनका कारण डा. हर्क गुरुङ्ग चर्चित मात्र होइन, आलोचित पनि भए। त्यस विवादास्पद प्रतिवेदनका निष्कर्ष र सुझावहरूको विरोध गर्नेहरूले उनलाई झुण्ड्याउनुपर्छ समेत भनेका थिए। उनको स्पष्ट धारणा भारतसितको खुला सिमानाको आवागमनलाई व्यवस्थित तुल्याउनु पर्छ भन्ने थियो जसलाई त्यस सुझावका विरोधीहरूले सिमाना बन्द गर्नु भन्ने व्याख्या गरेका थिए। डा. हर्क गुरुङ्ग सस्तो लोकप्रियताका पछाडि नलागी आफ्नो ब्रह्मले देखेका सत्य र तथ्य कुरा बोल्थे र लेख्थे ।

नत्र आरोहणका लागि नखोलिएको माछापुच्छ्रेलाई तत्काल खोल्नुपर्छ भनी प्रस्ताव राख्ने थिएनन्। नेपालको विकासका समस्या निवारण निम्ति नेपाललाई २५ वटा जिल्लामा पुनर्विभाजन गर्नुपर्ने उनको प्रस्तावले पनि प्रशस्तै केही वर्ष चर्चा पाएको थियो ।

जनसङ्ख्या अध्ययन

यता आएर डा. गुरुङ्गको अध्ययन र लेखनमा नेपालको जनसङ्ख्यासम्बन्धी विषयले पनि निकै प्रमुखता पाएको थियो। उनले सन् १९९१को साथै सन् २००१को जनगणनाको मिहिन विश्लेषण गरेर अनेक पुस्तक र पुस्तिका तयार पारेका छन्। नेपालको अहिलेसम्मका गतिला वैज्ञानिक एटलसहरू उनकै सम्पादन र संयोजनमा निस्किएका छन्। उनले टोनी हागन फाउन्डेसनका लागि तयार पारेको एटलस यसै हप्ता मात्र प्रेसबाट निस्किएको छ।

जनजाति विषयक अध्ययन उनको अर्को मन पर्ने क्षेत्र थियो। 'फेसेज अफ नेपाल' भन्ने नेपालका जातजातिबारे चिनारी गराउने पुस्तक त उनले मलेसियामा एउटा अन्तर्राष्ट्रिय संस्थाको प्रमुख भएर रहँदा उहीँ लेखी सिध्याएका थिए। उनको विश्लेषणमा कोरा तथ्याङ्कको चिरफार मात्र नभएर नेपाली समाजलाई यसको समग्रतामा बुझ्ने प्रचेष्टा रहन्थ्यो। जनजाति समुदायलाई उनीहरूको समुचित स्थान प्रदान गर्दै विकासको मूलधारमा कसरी समाहित गर्ने भन्ने खोजी हुन्थ्यो।

उनको शैक्षिक प्रशिक्षण र अभ्यासले गर्दा उनका धेरै कृतिहरू अङ्गे्रजी भाषामा लेखिएका छन्। तर, उनी त्यत्तिकै निपुणतासाथ नेपाली भाषामा पनि लेख्ने गर्थे। उनको यो पकड विविध विषयमा नेपालीमा लेखिएका हिमाल किताबले छाप्न लागेको उनका रचनाहरूको प्रकाशोन्मुख सँगालोमा पनि देख्न सकिन्छ। उनको सोचाइको स्पष्टता लेखाइमा पनि उत्तिकै प्रबल पाइन्छ।

बहिरी कडीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q13187438
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ९९/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “हर्क गुरुङ।” नेपाली विश्वकोश, १० अगस्ट २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B9%E0%A4%B0%E0%A5%8D%E0%A4%95_%E0%A4%97%E0%A5%81%E0%A4%B0%E0%A5%81%E0%A4%99। हेरिएको: १२ नोभेम्बर २०२६।