नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
धर्म र दर्शन

वैद्यनाथ धाम (नेपाल)

वैद्यनाथ धाम, नेपालको चार तीर्थहरू मध्येको एक धाम हो। यो धाम अछाम जिल्लाको बुढीगङ्गा र सरस्वती नदीको दोभानमा अवस्थित छ। यहाँ शिवको स्थापना गरिएको छ। मन्दिरमा वेद पढाउने विद्यालय पनि रहेको छ जसलाई वेद विद्याश्रम भनिन्छ। २०२० मा, सरकारले वेद विद्याश्रमको स्तरोन्नति गर्न वैद्यनाथ धामलाई २० लाख रुपैयाँ विनियोजन गरेको थियो।

अद्यावधिक: ६ नोभेम्बर २०२६ १८३ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

वैद्यनाथ धाम, नेपालको चार तीर्थहरू मध्येको एक धाम हो। यो धाम अछाम जिल्लाको बुढीगङ्गा र सरस्वती नदीको दोभानमा अवस्थित छ। यहाँ शिवको स्थापना गरिएको छ। मन्दिरमा वेद पढाउने विद्यालय पनि रहेको छ जसलाई वेद विद्याश्रम भनिन्छ। २०२० मा, सरकारले वेद विद्याश्रमको स्तरोन्नति गर्न वैद्यनाथ धामलाई २० लाख रुपैयाँ विनियोजन गरेको थियो।

शिवरात्रिमा नेपाल र भारतका तीर्थयात्रीहरू यहाँ आउने गर्छन्।

पौराणिक कथा

स्कन्द पुराणको मानस खण्डको खण्डमा यस स्थानको उल्लेख गरिएको छ। रावणले कैलाश पर्वतमा तपस्या गरेर शिवको दर्शन गर्न नसकेपछि उनी तपस्याको लागि वैद्यनाथमा आएका थिए। यहाँ शिवले रावणलाई ९ वटा टाउको जोड्ने इच्छा पुरा गरिदिएका थिए। शिवले वैद्य (चिकित्सकको) रूपमा काम गरेकोले यस ठाउँलाई बैद्यनाथ भनिन्छ।

इतिहास

विसं १४४० मा अछामका राजा अभय मल्लले उक्त ठाउँको उल्लेख गरेका छन्। यस ठाउँमा सबै रोग निको पार्ने क्षमता रहेको उनले बताएका थिए। १७ औँ शताब्दीको शिलालेखमा शाह राजाहरूको उल्लेख पनि पाइएको छ। अभय मल्लको पालादेखि नै बैजु कुमाललाई द्वारपाल र जलखर जोशी वैद्यलाई यस मन्दिरको पुजारीको रूपमा नियुक्त गरिएको हो।

यस ठाउँमा गोर्खा सेनाले नेपाल एकिकरणका क्रममा छोडेका हतियार पनि राखिएको छ। गोर्खा सेना यस ठाउँमा आएपछि अन्धो भएर पछि हट्नुपरेको किंवदन्ती रहेको छ।

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q104848853
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८४/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “वैद्यनाथ धाम (नेपाल)।” नेपाली विश्वकोश, ६ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B5%E0%A5%88%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A4%A8%E0%A4%BE%E0%A4%A5_%E0%A4%A7%E0%A4%BE%E0%A4%AE_(%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2)। हेरिएको: १२ नोभेम्बर २०२६।