नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
भाषा र साहित्य

याज्ञसेनी

याज्ञसेनी (अङ्ग्रेजी: en:Yajnaseni (Play) सुमन पोखरेलद्वारा लेखिएको एउटा नेपाली नाटक हो । यो नाटक प्रतिभा रायद्वारा उडिया भाषामा लेखिएको सोही शीर्षकको उपन्यासमा आधारित रहेको छ । सुमन पोखरेलले दृष्यमा याज्ञसेनीलाई मात्र ल्याएर उपन्यासलाई सोलो नाटकका रूपमा रूपान्तरण गरेका हुन् । पोखरेलले रायको उपन्यासको मर्मलाई नछोडी नाटकलाई आफ्नो अलग ढङ्गबाट प्रस्तुत गरेका छन् ।

अद्यावधिक: २९ सेप्टेम्बर २०२६ ३२२ शब्द · २ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

याज्ञसेनी (अङ्ग्रेजी: en:Yajnaseni (Play) सुमन पोखरेलद्वारा लेखिएको एउटा नेपाली नाटक हो । यो नाटक प्रतिभा रायद्वारा उडिया भाषामा लेखिएको सोही शीर्षकको उपन्यासमा आधारित रहेको छ । सुमन पोखरेलले दृष्यमा याज्ञसेनीलाई मात्र ल्याएर उपन्यासलाई सोलो नाटकका रूपमा रूपान्तरण गरेका हुन् । पोखरेलले रायको उपन्यासको मर्मलाई नछोडी नाटकलाई आफ्नो अलग ढङ्गबाट प्रस्तुत गरेका छन् ।

उपन्यास 'याज्ञसेनी'की लेखिका प्रतिभा राय र नाटक 'याज्ञसेनी'का लेखक सुमन पोखरेल
उपन्यास 'याज्ञसेनी'की लेखिका प्रतिभा राय र नाटक 'याज्ञसेनी'का लेखक सुमन पोखरेल

नाटकमा प्रसिद्ध पौराणिक महाकाव्य महाभारतकी पात्रा याज्ञसेनीका भोगाइ र भावनाहरूको प्रदर्शन रहेको छ । यो नाटकमा महाभारतको कथालाई द्रौपदीका दृष्टीबाट देखाएर नवव्याख्या गरिएको छ ।

यस नाटकलाई स्टेज प्रदर्शनका लागि पहिलोपल्ट आरोहणले तयार गरेको हो । यो नाटक पहिलोपल्ट दुई महिने अमेरिका यात्राको क्रममा सन् २०१६ अक्टोबर २ तारिकमा संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यको ड्यालसमा रहेको इर्भिङ आर्ट सेन्टरमा प्रदर्शन भएको थियो । आरोहणले तयार गरेको यो नाटकलाई सुनील पोखरेलले निर्देशन गरेका हुन् । नाटकमा याज्ञसेनीको भूमिकामा निशा शर्माले खेलेकी छन् ।

महाभारतको ठूलो क्यानभास र धेरै चरित्रको कथामा सोलो नाटक तयार पारि नेपाली भाषामा प्रस्तुत गरिएको 'याज्ञसेनी' पुनः कल्याणी कला मण्डलमले ६ दिनसम्म आयोजना गरेको १२औं रामधनु नाटय मेलामा नेपालका तर्फबाट आरोहण गुरुकुलको यस नाटक दोस्रो दिन मञ्चन गरिएको हो ।

कथानक‍‍‍

नाटकमा याज्ञसेनी अर्थात् द्रौपदीको जीवनमा चीरहरणको घटना सधैं अप्रिय बनेर रहयो । युधिष्ठिरले उनलाई जुवामा हारे । दुर्योधनले आफ्नै भाउजूको दु:शासनको हातबाट चीरहरण गर्न लगाउँदा समेत पाँच पाण्डवले केही गर्न सकेनन् । पछि महाप्रस्थानका लागि स्वर्ग जाँदै गर्दा बाटोमा चिप्लिएर लडेकी याज्ञसेनीलाई उनका पाँच पति कसैले उठाउनसमेत चाहेन । सहायताका लागि पुगेका भीमलाई समेत युधिष्ठिरले रोक्छन् र अगाडि बढ्न आदेश दिन्छन् । चिप्लिएर लडेकी याज्ञसेनी हिउँमा पुरिँदै गर्दाको मनोविज्ञानमा रहेर नाटक तयार पारिएको छ ।

नाटकको अन्त्यमा याज्ञसेनीले आफूलाई टुक्रयाएर बाँडिनुको पीडा, महाभारत युद्धमा पाँच छोरा गुमाउनुको पीडा र सभामा चीरहरणको अपमान सहनुपर्दाको पीडालाई सम्झँदै कृष्णलाई गुनासो गर्छिन्, ‘हे कृष्ण, मेरो जीवनमा जे भयो भयो । कुनै पनि नारीको जीवनमा कहिल्यै त्यस्तो नहोस् । कुनै नारीले एकैपल्ट एकभन्दा बढी पति कहिल्यै पनि राख्न नपरोस् । नारीलाई रूपवती बनाऊ तर पुरुषलाई त्यतिबिघ्न कामुक नबनाऊ ।

References

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q27104107
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८१/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “याज्ञसेनी।” नेपाली विश्वकोश, २९ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AF%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%9E%E0%A4%B8%E0%A5%87%E0%A4%A8%E0%A5%80। हेरिएको: १२ नोभेम्बर २०२६।