प्रचण्ड गोर्खा नेपालमा राणा वंशलाई सत्ताबाट हटाउन सुरु गरिएको गोप्य संगठन थियो।
यसको स्थापना उपेन्द्र विक्रम शाह, खण्डमानसिंह बस्न्यात, खड्गमान सिंह, रंगनाथ शर्मा र मैना बहादुरले १९८८ साउन मा काठमाडौंमा गरेका थिए। यसलाई नेपालको पहिलो राजनीतिक दलको रुपमा लिइन्छ । 'प्रचण्ड गोर्खा' लाई नेपालको पहिलो राणाविरोधी राजनीतिक पार्टीका रूपमा लिइएको छ। यसले सशस्त्र क्रान्तिमा विश्वास गर्थ्यो।
स्थापना
भीम शमशेरको शासनकालमा वि.सं. १९८८मा खण्डमानसिंह बस्न्यात, मैनाबहादुर, खड्गमान सिंह, उमेशविक्रम शाह, रङ्गनाथ शर्मा, लक्ष्मण राजा, चन्द्रविक्रम शाह आदि सदस्य रहेको पहिलो राजनीतिक पार्टी 'प्रचण्ड गोर्खा' खुल्यो। उनीहरूको उद्देश्य नेपालमा संसदीय प्रणाली, संसदीय राजतन्त्र र बहुदलीय प्रजातन्त्र स्थापना गर्ने थियो। यिनीहरूले तिहारका बेलामा बम पड्काएर सबै राणाहरूलाई मार्ने योजना बनाएको थियो।
पतन
सदस्यमध्येकै लक्ष्मण राजाले पोल खोलिदिएकाले सबै गिरफ्तार भए। यस पर्वमा रङ्गनाथलाई ११ वर्ष र अरूलाई आजीवन काराबास पठाइयो।
सदस्यमा फुट
राणा शासनको अन्त्य गर्न संगठनको स्थापना भएपनी कसरी राणाहरूको अन्त्य गर्ने कुरामा एकमत हुन सकेन। बहुमत सदस्यको राय तिहारका बेलामा बम पड्काएर सबै राणाहरूलाई मार्ने योजना थियो। सदस्य लक्ष्मण जुद्धशमशेरका ज्वाँइ थिए। भीमशमशेर पछि रोलक्रममा जुद्धशमशेर थिए । त्यसैले पहिले भीम शमशेरलाई मात्र मार्नुपर्छ। त्यसपछि बाँकी अरु स्वतः सुध्रनेछन्। भन्ने उनको राय थियो। तत्कालीन महाराज भीमशमशेरलाई मारेपछि रोलक्रमले उनका ससुरा जुद्धशमशेर श्री ३ हुने थिए।
यही कारण लक्ष्मणको राय अन्य सदस्यसँग मिलेन। त्यसपछि उनी यो संगठनबाट बाहिरिए। लक्ष्मण राजाले पोल खोलिदिएकाले सबै गिरफ्तार भए।
धरपकड
यिनीहरूले तिहारका बेलामा बम पड्काएर सबै राणाहरूलाई मार्ने योजना बनाएकोमा पोल खुल्न गई यिनीहरूमाथि ठूलो दमन गरियो। तर एक सदस्यले त्यो कुराको भण्डाफोर गर्दा उमेशविक्रमलाई पाल्पा, अन्यलाई सर्वस्यसहित कारावास भयो। खण्डमानसिंह र मैनाबहादुर जेलमै मरे। बबरजंगकी छोरीले जुद्धशमशेरसँग अनुरोध गरी रंगनाथ शर्मालाई जेलमुक्त गराइन् । नेपाल नबस्ने सर्तमा रंगनाथ सन् १९३३ डिसेम्बरमा छुटेर भारत निर्वासित हुनपुगे । २००७ सालमा खड्गमानसिंह छुटे र २० वर्षमा गलफन्दी र नेलबाट मुक्ति पाए।
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q13183469
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७३/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “प्रचण्ड गोर्खा।” नेपाली विश्वकोश, १७ अगस्ट २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%9A%E0%A4%A3%E0%A5%8D%E0%A4%A1_%E0%A4%97%E0%A5%8B%E0%A4%B0%E0%A5%8D%E0%A4%96%E0%A4%BE। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). प्रचण्ड गोर्खा. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%9A%E0%A4%A3%E0%A5%8D%E0%A4%A1_%E0%A4%97%E0%A5%8B%E0%A4%B0%E0%A5%8D%E0%A4%96%E0%A4%BE
@misc{ne_813,
title = {प्रचण्ड गोर्खा},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%9A%E0%A4%A3%E0%A5%8D%E0%A4%A1_%E0%A4%97%E0%A5%8B%E0%A4%B0%E0%A5%8D%E0%A4%96%E0%A4%BE}},
year = {2026},
note = {Accessed 2026-11-12}
}