खास्टे ताल नेपालमा कास्की जिल्ला भित्र लेखनाथ नगरपालिकाका सात ताल मध्य एक ताल हो। यो ताल नगरपालिकाको ४ नं. वडा खराने फाँट भित्र अवस्थित छ। लेखनाथ नगरपालिकाको तेस्रो ठूलो तालको रूपमा खाष्टे ताल रहेको छ। यस तालको क्षेत्रफल १३.५७ हेक्टर रहेको छ । यस तालले नगरपालिकाको ०.१७% भाग र ताल क्षेत्रको २.९% भाग ओगटेको छ।पोखरालाई रामसार क्षेत्रमा सूचिकरण पश्चात यस क्षेत्रको संरक्षणमा चासो बढेको देखिएको छ। लेखनाथ नगरपालिकाको ४ नं. वडाभित्र सिमाबद्ध भएको यस तालबाट हालका अवस्थासम्म बेगनास र रुपा तालबाट जतिको उपयोगिता नगरबासीहरूले लिन सकिरहेका छैनन्। यो ताल बेगनास ताल भन्दा २७ गुणा र रुपा तालभन्दा ८.४ गुणा सानो छ भने दिपाङ्ग ताल, गुँदे ताल, न्युरेनी ताल र मैदी ताल भन्दाक्रमस:१.५१,२.७२, ४.७९, ११.५१ गुणा ठुलो छ । यो ताल बेगनास, रुपा, मैदी, दिपाङ्ग भन्दा पश्चिममा गुँदे भन्दा पूर्वमा र न्युरेनी तालसंगै रहेको छ।
यो पनि हेर्नुहोस
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q18342275
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८६/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “खास्टे ताल।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%96%E0%A4%BE%E0%A4%B8%E0%A5%8D%E0%A4%9F%E0%A5%87_%E0%A4%A4%E0%A4%BE%E0%A4%B2। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). खास्टे ताल. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%96%E0%A4%BE%E0%A4%B8%E0%A5%8D%E0%A4%9F%E0%A5%87_%E0%A4%A4%E0%A4%BE%E0%A4%B2
@misc{ne_681,
title = {खास्टे ताल},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%96%E0%A4%BE%E0%A4%B8%E0%A5%8D%E0%A4%9F%E0%A5%87_%E0%A4%A4%E0%A4%BE%E0%A4%B2}},
year = {2026},
note = {Accessed 2026-11-12}
}