
कंकालिनी मन्दिर सप्तरी जिल्लाको राजविराज देखि २३ किलोमिटर पूर्वी क्षेत्र हनुमाननगर कंकालिनी नगरपालिकामा पर्छ । कंकालिनी मन्दिरमा भक्तजनहरूको मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक पीठ मानिएको हुदा नेपाल र भारतका श्रधालुको ठूलो आस्था रहेको छ । यस मन्दिरमा हिन्दुहरूको महान् चाड दशैँमा ठुलो मेला लाग्ने गरेको छ ।
इतिहास
एतिहासिक किम्बदन्ती अनुसार भारदहमा मानव बस्ती बसाल्ने क्रममा जग्गा खनन गर्दा दुर्गाको ढुङ्गे प्रतिमा फेला परेको थियो । त्यसै प्रतिमालाई मन्दिरमा स्थापना गरेर स्थानीयले पुजा सुरू गरेका थिए ।
कंकालिनी मन्दिरमा मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको हुँदा यहाँ नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरूको बोका, भेडाँ, परेवा, हाँस र माछा आदि बलिदान सामग्रीसहित दिनहुँ घुइँचो लाग्ने गरेको छ । यहाँ प्रत्येक दिन ५० वटा भन्दा बढी तथा बडादसैँमा हजारौँ बोका, भेंडा, परेवा, हाँस र माछाको बलि चढाइन्छ । मनोकामना पूरा भएकाहरूले पञ्चबलिसमेत गर्छन् । यहा वर्षेनी ३० हजार भन्दा बढि बलि प्रदान हुने गरेको विश्वास गरिन्छ । कंकालिनी मन्दिरमा श्रद्धालु भक्तजनको दिनहु भिड हुने गरेको छ ।
मन्दिर वास्तुकला
यो मन्दिरलाई नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको छ । यहाँ रहेको मुख्य मन्दिर प्यागोडा शैलीमा रहेको पाइन्छ जुन अति सुन्दर रहेको छ । यस मन्दिरको पाँच स्तरको छाना रहेको छ ।
यो पनि हेर्नुहोस
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q19671049
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७८/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “कङ्कालिनी मन्दिर।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A4%99%E0%A5%8D%E0%A4%95%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%A8%E0%A5%80_%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BF%E0%A4%B0। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). कङ्कालिनी मन्दिर. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A4%99%E0%A5%8D%E0%A4%95%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%A8%E0%A5%80_%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BF%E0%A4%B0
@misc{ne_734,
title = {कङ्कालिनी मन्दिर},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A4%99%E0%A5%8D%E0%A4%95%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%A8%E0%A5%80_%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BF%E0%A4%B0}},
year = {2026},
note = {Accessed 2026-11-12}
}